पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीलाई विराटनगरमा नागरिक अभिनन्दन
विराटनगर, १ मङ्सिर । प्रदेश नं १ का प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङले पूर्वउपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारी सिद्धान्त निष्ट र इमान्दार नेता भएको बताएका छन ।
विराटनगरका गौरव पूर्वउपपधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको आज आयोजित नागरिक अभिनन्दन समारोहमा उनले अधिकारीलाई अभिनन्दन गरे ।
अधिकारीले तत्कालिन नेकपा एमाले गठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्दै प...


























