तमोर नदीमा भेटियो बेवारिसे शव
धनकुटा, २१ भदौ । धनकुटाको मुलघाट नजिक तमोर नदीमा आज एक पुरुषको वेवारिसे शव फेला परेको छ । धनकुटा नगरपालिका–९ स्थित माङखोला र तमोरको दोभानमा शव फेला परेको प्रहरीले जनाएको छ ।
मंगोलियन अनुहार भएको गहुगोरो बर्णको करिव ३०–३५ बर्षीय पुरुषको शव नदिमा फेला परेको मुलघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजेश श्रेष्ठले संगालोखबरलाई जानकारी दिए ।
उनका अनुसार शव कुहिन लागेको अवस्थामा भेटिएको हो । ...



















