कञ्चनपुरको भुजेलामा गोली चल्यो, दुईजना घाईते
काठमाडौं । कञ्चनपुरको भुजेलामा बिहीबार राति गोली चलेको छ । गोली चल्दा दुईजना भारतीय नागरिक घाइते भएका छन् ।
भारतको वनवासास्थित महाकाली नदीमा रहेको शारदा ब्यारेज पुलमा कार्यरत कर्मचारी ५० वर्षीय जगतसिंह चौहान र ५२ वर्षीय चन्द्र किशोर सिंह गोली लागेर घाइते भएका हुन् । चौहानको पाखुरामा र सिंहको पिठ्यूमा गोली लागेको बताइएको छ ।
घाइते दुवै जनालाई राति नै उपचारका लागि भारततर्फ लगिएको छ । चौहानको अवस...



















