नेता शरतसिंह भण्डारीको घरअगाडि बम विस्फोट
महोत्तरी, १० मंसिर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्य शरतसिंह भण्डारीको घरअगाडि बम विस्फोट भएको छ । आज बिहान २ बजेको समयमा भण्डारीको महोत्तरीस्थित औरही निजी निवासअगाडि बम विस्फोट भएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले भण्डारीको घरअगाडि रहेको पोखरीको डिलमा सो विस्फोट भएको र त्यसले कुनै किसिमको क्षति नभएको जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कुवेर ...

























