समन्वयपछि भारतद्वारा सडक निर्माण स्थगन
महेन्द्रनगर, २४ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित नेपाल–भारत सीमा पिल्लर नं ३ को विवादित क्षेत्रमा बुधबार दिउँसोदेखि भारतीय पक्षले सडक निर्माण स्थगन गरेको छ ।
लामो समयदेखि ब्रह्मदेवको सीमा पिल्लर नं ३ हराएको क्षेत्रमा भारतले सडक विस्तार गर्न खोजेपछि केही दिनयता विवाद बढेको थियो । स्थानीय प्रशासनले भारतको उत्तराखण्डका डिएम (प्रमुख जिल्ला अधिकारी) स्तरमा विवादित क्षेत्रमा तत्का...





























