सुनसरी, २४ साउन । सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला अस्पतालमा बिरामीले तिरेको १९ लाखभन्दा बढी रकम हिनामिना भएको छ । बिरामीले नाम दर्ताका लागि तिरेको रकम कर्मचारीले बैंकमा दाखिला नगरी आफैँ चलाएको भेटिएको हो ।

Advertisement

प्रयोगशालाका विकेश श्रेष्ठ एक्लैले १० लाख ६४ हजारभन्दा बढी रकम हिनामिना गरेको पाइएको छ । नाम दर्ता गराउने ठाउँमा कार्यरत कर्मचारी कविता पोद्दारका नाममा झन्डै पाँच लाख र अजय प्रधानको नाममा तीन लाख ६९ हजारभन्दा बढी बक्यौता छ । सरु भट्टराईको नाममा १३ हजार ६ सय ९७ रुपैयाँ बाँकी देखिन्छ ।

असार मसान्तअघिसम्म भट्टराईको नाममा १७ लाख ६१ हजारभन्दा बढी बक्यौता थियो । उनले सो रकम असार मसान्तमा बुझाएको देखिन्छ । अन्य कर्मचारीको नाममा पनि असार मसान्तअघि ठूलो रकम बक्यौता देखिए पनि पछि केही तिरेको देखिएको हो ।

रकम हिनामिना भएको विषय सार्वजनिक भएपछि कर्मचारीले कम्प्युटर प्रणालीबाटै डाटा मेटाउने प्रयाससमेत गरेको देखिन्छ । महालेखा परीक्षकको कार्यालयले खोजी गर्दा कुनै विवरण नभेटिएपछि सफ्टवेयर प्राविधिकमार्फत जाँच गरेको थियो । कर्मचारीले मेटाएको डाटा प्राविधिकले निकालेका थिए । आजको नयाँ पत्रिका दैनिकबाट

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!