काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध रु दश अर्ब दुई करोडभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

कर निर्धारण गर्दा अनियमितता गरेको आरोपमा आयोगले महानिर्देशक शर्मासहित कर फछ्र्याेट आयोगका सदस्य लुम्बध्वज महत र उमेश ढकालविरुद्ध रु १० अर्ब दुई करोड १९ लाख एक हजार ८४२ बिगोसहितको मुद्दा दायर गरेको विशेष अदालतका प्रवक्ता जगन्नाथ पौडेलले जानकारी दिए

आयोगले गत असार २९ गते तीन जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दर्ता गर्ने निर्णय गरेको थियो । आयोगको इतिहासमै यो सबैभन्दा ठूलो भ्रष्टाचारसम्बन्धी विषय हो । शर्मा अहिले पनि आयोगको हिरासतमा छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!