पोखरा। गाई काटेको अभियोगमा यहाँ दुई जनालाई पक्राउ गरिएको छ ।

पोखरा लेखनाथ महानगरपालिका–२४ स्थित शेराको जङ्गलमा गाई काटेको अभियोगमा स्थानीयवासी ५४ वर्षीय रामबहादुर नेपाली र ३६ वर्षीय कृष्ण नेपालीलाई पक्राउ गरेको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

जङ्गलमा गाई काटेको सुराकीका आधारमा सो स्थानमा पुगेको प्रहरी टोलीले गाईको टाउको, खुट्टा र आलो मासुसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विश्वबन्धु पोख्रेलले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!