भक्तपुर।  सूर्यविनायक नगरपालिका– ८ सिपाडोलस्थित डोलेश्वर र आशापुरी महादेव मन्दिरमा आजदेखि एकमहिने साउने मेला सुरु भएको छ ।

आज बिहान ७ बजे चन्द्रविनायक गणेशमन्दिरदेखि ‘केदारनाथको शिर’ डोलेश्वर मन्दिरसम्म कलश यात्रा गरी मेला सुरु भएको डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष विदुरमानसिंह बस्नेतले जानकारी दिनुभयो । आजदेखि सुरु भएको मेला महिना एक महिनासम्म चल्ने छ ।

Advertisement

समितिका वरिष्ठ उपाध्यक्ष किरण थापाले मेलामा संकलित रकम मन्दिरको गुरुयोजना निर्माणमै खर्च गरिने बताउनुभयो । उहाँका अनुसार लामबद्ध भएको एक घण्टामै दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

त्यसैगरी सूर्यविनायक नगरपालिका–८ मै रहेको आशापुरी महादेव मन्दिरमा पनि आजदेखि एकमहिने मेला सुरु भएको छ । सो मन्दिरको दर्शन गरेमा मनको इच्छा पूरा हुने जनविश्वास रहँदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!