ज्यो.प.तुलसी भारद्वाज निरौला

मेष– कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसर पाइनेछ ।

वृष– गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ ।

Advertisement

मिथुन– एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् ।

कर्कट– नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । गरी आएको कामलाई भने निरन्तरता दिनु होला ।

सिंह– भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ ।

कन्या– व्यापारमा फाइदै हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला ।

तुला– अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनत गर्दा सफलता प्राप्त होला ।

वृश्चिक–अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला । यसले आफ्नो स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ।

धनु– लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ ।

मकर– आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

कुम्भ– धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन्। व्यवसायमा लाभ होला ।

मीन– निश्चय भएको काम अचानक बिग्रन सक्छ । साथीभाइबाट धोका होेला ।

ज्यो.प.तुलसी भारद्वाज निरौला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!