डेंगुको प्रकोप फैलिरहेकाले सतर्कता अपनाउन डाक्टरको आग्रह
काठमाडौं, २५ असोज । डेंगु रोगको प्रकोप फैलिरहेकाले सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १७ जिल्लामा डेंगुको संक्रमण देखिएको छ र यो अझै फैलने अवस्थामा छ ।
अझै १०/१२ दिन डेंगु रोगको जोखिम उच्च रहेको महाशाखाका निर्देशक डा. भीम आचार्यले बताउनुभयो । पानी परेका कारण सडक लगायत घर आसपासमा जमेको खाल्डाखुल्डीका कारण लामखुट्टे सक्रिय भएकाले संक्रमणको खतरा भ...




















