धरानमा बम विस्फोट, मतदाताको भागदौड
सुनसरी, २१ मंसिर । सुनसरीको धरान उपमहानगरपालिका–१६ चन्द्र संस्कृत मतदान केन्द्रमा बम विस्फोट भएको छ।
मतदाता भोट खसाल्न लामबद्ध रहेको बेला एक्कासि बम विस्फोट भएको हो। ठूलो अवाजसँगै विस्फोट भएपछि लाइनमा बसेका मतदाताहरु भागाभाग भएका छन्।
बम कसले पड्काएको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ। मतदान केन्द्रसँगै जोडिएको आन्तरिक राजश्व कार्यलतर्फबाट बाम फालिएको हुनसक्ने प्रहरी अनुमान छ।
बम विस्फोटपछ...





























