खुकुरी प्रहारबाट दुईको मृत्यु
बाजुरा, २८ असोज । त्रिवेणी नगरपालिका–८ कालापानीमा खुकुरी र खुँडा प्रहारबाट आज बिहान ७ बजे दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही वडाका मोहन गिरीका छोरा २७ वर्षीया नौले र ३२ वर्षीय अर्जुन गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार नौलेको घटनास्थलमै र अर्जुनको उपचारका क्रममा अछामको बयालपाटामा मृृत्यु भएको हो । घटनामा नरेश गिरी खुकुरी प्रहारबाट घाइते भएको निमित्त प...























