धनकुटामा नमूना मतदानले ल्यायो निर्वाचनको छनक
धनकुटा, २८ कात्तिक । महिला पुरुष लामबद्ध थिए । निर्वाचन अधिकृतले मतपत्र वितरण गरिरहेका थिए । मतदाता मतपेटिकामा आफ्ना उमेद्वारलाई मत खसालिरहेका देखिन्थे ।
झट्ट नियाल्दा निर्वाचनमा मतदान भइरहेको छनक हुन्थ्यो । तर त्यहॉ वास्तविक नभएर नमुना मतदान कार्य भइरहेको थियो । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मतदान गर्ने तौरतरिकाबारे जिल्ला निर्वाचन कार्यालयले नमुना मतदान गराएको थियो ।
निर्वाचन मिति नजिकीरह...























