संगालोखबर संवाददाता

जाजरकोट,२२ पुस । जाजरकोटमा एक साता पहिलेदेखि फैलिएको भाइरल ज्वरो र रुघाखोकी कारण ८ दिने नाबालक सहित ९ जनाको मृत्यु भएको छ । ज्वरो र रुघाँखोकीका कारण जुनीचाँदे गाउँपालिकामा तीन सय भन्दा बढी गाउँलेहरु विरामी परेको स्वास्थ्य चौकी बड्कुलेका ईञ्चार्ज हरिबहादुर सिंहले बताए। उनले दैनिक स्वास्थ्य चौकीमा उपचारका लागि आउने झण्डैं ६० देखि ७० जना भाइरल विरामी नै आउने गरेको बताए ।

Advertisement

ज्वरो र रुघाँखोकी कारण जुनीचाँदे गाउँपालिका -२, मजकोटका ६५ वषर्ीया धनसरा नाथ, ५७ वर्षीया आइती तिरुवा, -३, का ६७ वर्षीय करसिंह टमाटा, ७५ वर्षीय सतरुप शाही र ५ जना नाबालकको मृत्यु भएको छ । मृत्यु हुने बालबालिकामा एक महिनाका २ जना, ८ दिनका २ जना र ४ वर्षको १ जना छन् ।

जिल्ला सदरमुकाम खलंगाबाट झण्डै दुई दिन पैदल दुरीमा पर्ने जुनीचाँदेमा मौषम परिवर्तनसँगै अत्यधिक चिसो बढेको कारण भाइरल प्रकोप फैलिएको ईञ्चार्ज सिंहको भनाइ छ । शुरुमा जुनीचाँदे गाउँपालिका -१, २ र ३ नम्बर वडामा फैलिएको भाइरल ज्वरो र रुघाँखोकी नियणन्त्रणमा नआउँदा पुरै गाउँपालिकामा नै फैलिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटबाट रोग पहिचानका लागि स्रोतव्यक्ति एवं ल्याव टेक्नीसियन कृष्ण खत्रीसहित डाक्टरहरुको टिम घटना स्थलमा पठाइएको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement