महोत्तरी, २२ पुस । नेपाल कृषि अनुसन्धान परिषद्मा कार्यरत धानसम्बन्धी वैज्ञानिक उज्ज्वल केआरएस कुशवाहालाई सन् २०१८ का लागि ‘इ–लाइफ एम्बेसाडोर’ घोषणा गरिएको छ ।

Advertisement

सर्लाहीमा जन्मिका कुशवाहा यसअघि सन् २०१६ मा ‘कालो चामलः अनुसन्धान, इतिहास र विकास’ नामक पुस्तक प्रकाशन गरी चर्चामा आएका थिए । हाल उनी भारतस्थित गोविन्दबल्लभ पन्त कृषि तथा प्रौद्योगिक विश्वविद्यालय पंतनगरमा आनुवंशिकी र बाली प्रजनन विषयमा विद्यावारिधि गर्दैछन् ।

कुशवाहाका हालसम्म चार दर्जनभन्दा बढी अनुसन्धानपत्र विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन् । उनले करिब एक दर्जन राष्ट्रिय र अन्तरराष्ट्रिय पुरस्कार पाइसकेका छन् । केही समय पहिले नोभेम्बर २०१७ मा भारतमा भएको वैज्ञानिक सम्मेलनमा उनलाई वेस्ट पेपर अवार्ड दिइएको थियो ।

इ–लाइफ अन्तरराष्ट्रिय विज्ञान प्रकाशन समूह हो जसको प्रमुख कार्यालय बेलायतमा छ । इ–लाइफको प्रमुख सम्पादन नोवेल अवार्ड विजेता रन्डी स्चेक्मनले गर्छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!