- संगालोखबर सम्वाददाता

धनकुटा, २१ पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै आवहन गरिएको आमहड्ताल सफल बनाउँन बन्दकर्ताहरु रातभर पनि खटिने गरेका छन् । बन्दकर्ताहरु सडकमै त्रिपाल ओछ्याएर बस्ने गरेका छन् ।

संगालोखबरले शुक्रबार राती गरेको स्थलगत अनुगमनका क्रममा यस्तो पाईयो : 

धनकुटाको जिरोपईन्टमा राती १० बजेसम्म पनि दर्जनौ बन्दकर्ताहरु उपस्थित थिए । सडकवीचमा आगो बालिएको थियो । ओरपर त्रिपाल ओछ्याएर बसेका बन्दकर्ताहरु आगो ताप्न तछाडमछाड गर्दै थिए । अधिकांस युवाहरु सडकमा थिए भने केही बृद्ध–बृद्धापनि सडकमा बसेका थिए ।

Advertisement

राती सवारी साधन त खासै आएनन् । एम्वुलेन्स, प्रेस लगायतका सवारीलाई पनि बन्दकर्ताले निगरानीका साथ सोधपुछ गर्दै थिए । सडकमा ढाट राखेर बसेका बन्दकर्ताले बाईकसम्म पनि गुड्न दिएनन् । सडकमा शसस्त्र र जनपथ प्रहरीको बाक्लो उपस्थिती थियो । राष्ट्रिय अनुसन्धानका कर्मचारी पनि आसपास क्षेत्रमा देखिन्थे । बन्दकर्तालाई खाना खानका लागि बेग्लै भान्सा तयार थियो । बन्दकर्ताहरु पालो–पालो खाना खाएर आई सडक अवरुद्ध गर्न बसेका थिए ।

यता धनकुटाको सरस्वती चौक परतिर (टाईगरहिल) मा पनि बन्दकर्ताहरु सडकमा बसेको भेटिए । करिव तीन दर्जनको संख्यामा रहेका बन्दकर्ताहरुले त्रिपाल ओछ्याएर बसेका थिए । त्यहा पनि सडकमा आगो बालिएको थियो । केहि बन्दकर्ताहरु आगो ताप्दै थिए । त्यहाबाट पनि बाईकसमेत वारपार गर्न दिईएन । बन्दकर्ताहरु भन्दै थिए ‘यो हाम्रो जीवन मरणको लडाई हो ।’

तस्वीरहरु हेर्नुहोस् …

तस्वीरहरु : रबिन कटेल/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!