विराटनगर,२२ पुस।  विराटनगरका ग्यास विक्रेता खाना पकाउने (एलपीजी) ग्यास बिक्री ठप्प पारेका छन् ।जाडो मौसममा बढी खपत हुने ग्यासको बिक्री ठप्प हुँदा उपभोक्तालाई सास्ती भएको छ ।

Advertisement

विराटनगरका ग्यास विक्रेताले उद्योगले दिने गरेको कमिसन बढाउनुपर्ने माग राख्दै चार दिनयता डिलर बन्द गरेका हुन् ।ग्यास बिक्रेता महासंघका केन्द्रीय सदस्य तेजराज श्रेष्ठले भने,

-हामीले १५ बर्षदेखि प्रतिसिलिन्डर ३५ रुपैयाँ कमिसनमा व्यवसाय गर्दै आएका छौं । यो अवधिमा यति धेरै महँगी बढिसक्यो तर हामीले पाउँदै आएको सुविधा बढाउन ध्यान दिइएन ।

माग पुरा नहुन्जेल त्रिक्री खुला नगरिने उनको भनाई छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!