खोटाङ, २२ पुस। हलेसीका अग्निपीडितलाई बौद्ध धर्मावलम्बीले राहत बाँडेका छन् । मंगलबार राति भएको आगलागीमा घरसहित सर्वस्व गुमाएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका अग्निपीडित परिवारलाई बौद्धमार्गीले शुक्रबार जनही रु पाँच हजारका साथमा ५० केजी चामल बाँडेका छन् ।

Advertisement

जिल्ला दैवीप्रकोप उद्धार समिति, रेडक्रस, उद्योग वाणिज्य संघ, नगरपालिका, खोटाङ प्राकृतिक प्रकोप सहयोग कोष, नगरपालिकालगायतले राहत तथा बन्दोबस्तीका सामान प्रदान गरिसकेका छन् । अग्निपीडित परिवारको पुनःस्थापनाका लागि नगरपालिकाको अगुवाइमा बुधबारदेखि राहत संकलन शुरु गरिएको हो ।

आगलागीपीडितको सहयोगार्थ काठमाडौँमा पनि राहत संकलन भइरहेको छ । अग्निपीडित परिवार शेरगण मुढे ब्यारेकका नेपाली सेना र सशस्त्र प्रहरी बल हलेसी गुल्मका सशस्त्र प्रहरीले बनाइदिएको अस्थायी टहरामा बसिरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!