
राजविराज – सप्तरीको छुट्टाछुट्टै ठाउँमा एक बालकसहित दुईजना मृत अवस्थामा फेला परेका छन् । सप्तकोशी नगरपालिका–८ स्थित कमलपुरमा एकजना पुरुष आज मृत फेला परेका छन् । नाम र ठेगाना खुल्न नसकेका अन्दाजी ४५ वर्षीय पुरुष सो ठाउँमा मृत फेला परेको इलाका प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।
यस्तै, जिल्लाको डाकनेश्वरी नगरपालिका–५ स्थित पश्चिम नहरको छेउमा छ महिने बालक मृत अवस्थामा फेला परेको इप्रका, पातोले जनाएको छ । उक्त बालकको हालसम्म सनाखत हुन नसकेको प्रहरीको भनाइ रहेको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । ती पुरुषको के कारणले कसरी मृत्यु भएको हो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।















