संगालोखबर संवाददाता

काठमाडौं,२२ पुस। माओवादी केन्द्र सम्वद्ध अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले मिर्गौला पीडित श्यामबहादुर मगरलाई उपचार सहयोग स्वरुप १ लाख १८ हजार रुपैयाँ हस्तान्तरण गरेका छन्।

Advertisement

झापाको कमल गाउँपालिका १ निवासी २४ वर्षीय मगरका दुवै मिर्गौलाले काम गर्न छाडेपछि हाल उनी शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत छन् । चिकित्सकका अनुसार उनको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएको छ।

मिर्गौला प्रत्यारोपण गर्न आर्थिक अभाव भएपछि पीडित मगरलाई सहयोग गर्न क्रान्तिकारी अध्यक्ष तामाङले फेसबुकमार्फत सार्वजनिक अपिल गरेका थिए । संकलित सहयोग रकम तामांगले आज पीडित मगरलाई हस्तान्तरण गरेका हुन् ।

तामाङले व्यक्तिगत रुपमा २० हजार र उनकै आह्वानमा हङकङ बस्ने खड्गबहादुर गुरुङले उपलब्ध गराएको ९३ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन्।

अखिल क्रान्तिकारीको सामाजिक सरोकार विभागद्वारा आयोजित सोही कार्यक्रममा कैलालीको घोडाघोडी नगरपालिकाका मिर्गौला पीडित रामबहादुर बोहरालाई बीस हजार रुपैयाँ उपलब्ध गराइएको विभागका प्रमुख एवम् क्रान्तिकारी उपाध्यक्ष विजय गौतमले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement