- संगालोखबर सम्वाददाता

धनकुटा, २२ पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै चार दिनदेखि जारीे अनिश्चितकालिन आमहड्ताल शनिवार साँझबाट केही खुकुलो बनाईएको छ । बन्दका कारण सर्वसाधरणमा परेको सास्तीलाई मध्यनजर गर्दै साँझ ५ बजेबाट बिहान ८ बजेसम्मका लागि सवारी आवागमन खुल्ला गरिएको आन्दोलन परिचालन समितिले जनाएको छ ।

सरकारले तत्काल प्रादेशिक राजधानी नतोक्ने भएपछि आमहड्ताल खुकुलो बनाईएको भएपनि आवश्यकता अनुसार कडाई गरिने आन्दोलन परिचालन समिति संयोजक सुन्दरवावु श्रेष्ठले संगालोखबरलाई जानकारी दिएका छन् ।

उनका अनुसार आईतबारबाट बिहान ८ देखि अपरान्ह ४ बजेसम्म ८ घण्टा मात्र यातायात बन्द हुँनेछ । बन्दका कारण रोकिएर बसेका सयौ सवारी साधन सञ्चालनमा आएका छन् । बन्द खुल्ला भएपछि कोशी राजमार्गमा सवारी साधनको चाप बढेको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले बताएका छन् ।

बन्द खुल्ला भएपछि सञ्चाल भएका सवारी । तस्वीर: रबिन कटेल/संगालोखबर

यता बजारपसल पनि बिहान ८ देखि अपरान्ह ४ बजेसम्म मात्र बन्द गर्ने निर्णय भएको छ । प्रशासनीक गौडा हुँदै पूर्वाञ्चल बिकास क्षेत्रको सदरमुकामसमेत भईसकेको धनकुटामा पर्याप्त भौतिक पुर्वाधार, १ नम्बर प्रदेशका सवै जिल्लाको केन्द्रमा पर्ने, उपयुक्त हावापानी, मजवुत सुरक्षा ब्यवस्था लगायत कारणले प्रादेशिक राजधानी बनाईनुपर्ने जिल्लाबासीको माग छ ।

राजधानी माग्दै धनकुटामा २३ दिनदेखि प्रदर्शन जारी राखिएको छ ।धनकुटालाई राजधानी माग्दै काठमाण्डौमा पनि दवावमुलक कार्यक्रम भईरहेको प्रादेशिक राजधानी अभियान समिति संयोजक एवं सांसद निरन राईले जानकारी दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!