अपराधीलाई कानूनी दायरामा ल्याउँछु: प्रहरी अतिरिक्त महानिरीक्षक नेपाल
बाजुरा, ५ पुस। प्रदेश नं ७ का प्रहरी अतिरिक्त महानिरीक्षक माधवप्रसाद नेपालले अपराधका क्रियाकलाप गर्नेलाई कानूनी दायरामा ल्याउने बताउनुभएको छ ।
त्रिवेणी नगरपालिका–९ पैमामा निर्माण भएको बडीमालिका प्रहरी चौकीको उद्घाटन गर्दै नेपालले शान्तिपूर्ण वातावरणमा रहेको समाजलाई बिगार्ने र विभिन्न अपराध गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याएर कारबाही गर्ने बताउनुभयो ।
अहिलेको प्रदेश मुकामको विषयलाई लिएर बन...




























