सफ्ट टेनिस राष्ट्रिय प्रतियोगिता शुरु
विराटनगर, ४ माघ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले १०औँ राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताको आज यहाँ उद्घाटन गर्नुभयो ।
मोरङ जिल्ला सफ्ट टेनिस संघको आयोजनामा विराटनगरको बैजनाथपुर रंगशालाको कोर्ट र जुट मिलको कोर्टमा शुरु भएको प्रतियोगितामा पाँच विकास क्षेत्र र दुई विभागीय नेपाल प्रहरी र सशस्त्र प्रहरीका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी ९८ जनाको सहभागिता रहेको छ ।
प्रतियोग...



























