उदयपुरमा काँग्रेस उम्मेदवारको घरमा बम विष्फोटन, सातजना पक्राउ
गाईघाट, १२ मंसिर । जिल्लाको त्रियुगा नगरपालिका–७ भाण्टाबारीस्थित नेपाली काँग्रेसका पूर्वसभापति तथा वर्तमान प्रदेशसभा सदस्यका उम्मेदवार हिमाल कार्कीको घरमा अज्ञात समूहले बम विष्फोट गराएको छ ।
आज बिहान ३ बजेतिर केही अज्ञात समूह आएर घरमा बम राख्न लागेको बेला आफ्नै बुबाले देखेपछि ती समूह बम फालेर भाग्दा विष्फोट भएको उम्मेदवार कार्कीले बताए ।
बम विष्फोटनबाट कार्कीको गोठमा रहेको एक भैँसी र गाई घाइते...
























