धनकुटेलीले सरकारलाई नागरिकता फिर्ता दिने, घर-घरमा कालो झण्डा गाडिने
धनकुटा, ५ माघ । धनकुटाबासीले सरकारलाई नागरिकता फिर्ता दिने भएका छन् । बिराटनगरलाई प्रदेशको अस्थायी मुकाम तोकेपछि बिरोध प्रदर्शनलाई चर्काएका जिल्लाबासीले शनिवारबाट नागरिकता संकलन गरेर सरकारलाई फिर्ता पठाउँने भएका हुन् ।
शुक्रबार साँझ बसेको आन्दोलन परिचालन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारले धनकुटेलीलाई नागरिक सरह ब्यवहार नगरेको भन्दै बिरोध स्वरुप जिल्लाबासीले नागरिकता फिर्ता दिने निर्ण...





























