लागुऔषध मुद्दामा फरार एभरेष्ट होटलका सञ्चालक लारी पक्राउ
काठमाडौँ, २५ माघ । लागुऔषध तस्करी मुद्दामा एभरेष्ट होटलका सञ्चालक मस्कुर अहमद लारीलाई प्रहरीले पक्राउ गरेको छ ।
आज महानगरीय प्रहरी कार्यालयका नायब महानिरीक्षक गणेश केसीले लारीलाई महाराजगञ्जबाट पक्राउ गरेको जानकारी दिनुभयो ।
अदालतको पत्रका आधारमा फरार सूचीमा रहेका उनलाई पक्राउ गरिएको केसीले जानकारी दिनुभयो ।
सन् १९९७ मा जर्मनीको फ्यांकफर्ट विमानस्थलमा फेला परेको चरेशमा संलग्नताको मुद्दामा दो...































