मन्त्रिपरिषद्काअपारदर्शी निर्णय : निर्णय ७० वटा, सार्वजनिक गरिए ७ वटा मात्रै

मन्त्रिपरिषद्काअपारदर्शी निर्णय : निर्णय ७० वटा, सार्वजनिक गरिए ७ वटा मात्रै

काठमाडौं, २९ पुस । पछिल्ला केही दिनयताका मन्त्रिपरिषद्का निर्णय अपारदर्शी हुने क्रम बढेको छ। प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि बसेका हरेक मन्त्रिपरिषद् बैठकमा नियमितभन्दा मन्त्रीको खल्तीबाट आउने ठाडो प्रस्तावको संख्या अत्यधिक हुने गरेको पाइएको छ। मन्त्रिपरिषद्को शुक्रबारको बैठकमा ४० वटा नियमित एजेन्डा थिए तर ३० भन्दा बढी आकस्मिक रूपमा आएका प्रस्ताव रहेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। ...
गरिबका लागि बनेका अपार्टमेन्ट प्रयोगविहीन

गरिबका लागि बनेका अपार्टमेन्ट प्रयोगविहीन

काठमाडौं, २९ पुस । सरकारले सहरी गरिब तथा न्यून आय भएका परिवारका लागि १२ करोडभन्दा धेरै खर्चेर काठमाडौंको इचंगुनारायणमा बनाएका अपार्टमेन्ट प्रयोगविहीन छन् । कस्ता गरिब तथा विपन्न परिवारलाई भवन हस्तान्तरण गर्ने भन्ने निक्र्योल नहुँदा अपार्टमेन्ट खाली छन्। मापदण्ड बनाउनेबारे सहरी तथा गरिबी निवारण मन्त्रालय, सहरी विकास मन्त्रालय र उपत्यका विकास प्राधिकरणबीच समन्वय हुन सकेको छैन । जसका कारण भवन प्रय...
१९५० को सन्धि परिमार्जन गर्न भारत सहमत

१९५० को सन्धि परिमार्जन गर्न भारत सहमत

काठमाडौं, २९ पुस । नेपाल र भारत प्रबुद्ध समूह (ईजीपी) को छैटौँ बैठकले १९५०को सन्धिका चार धारा परिमार्जन गर्ने निस्कर्ष निकालेको छ। नयाँ दिल्लीस्थित ईजीपी सचिवालयमा बिहीवार र शुक्रवार बसेको बैठकले दुई महिनापछि सातौँ वैठकबाट संशोधित सन्धिको मस्यौदा तयार गर्ने निर्णयसमेत गरेको छ। बैठकले साझा प्रतिवेदन लेखन शुरु गर्ने निर्णय गरेको छ भने नेपाल पक्षले मस्यौदा लेख्ने जिम्मा पाएको खबर आजको नयाँ पत्रिका...
२०७४ पुस २९ गते शनिबारको राशिफल

२०७४ पुस २९ गते शनिबारको राशिफल

वि.सं. २०७४ साल पुस २९ गते। शनिबार। इश्वी सन् २०१८ जनवरी १३ तारिख। नेपाल संवत् ११३८ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– द्वादशी, २५:०२ बजेउप्रान्त त्रयोदशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) सामान्य काममा धन र श्रम खर्चनुपर्ला। समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्य...
फेसबुकले न्युज फिडमा महत्वपूर्ण परिवर्तन गर्दै

फेसबुकले न्युज फिडमा महत्वपूर्ण परिवर्तन गर्दै

न्युयोर्क, २८ पुस ।  सामाजिक सञ्जाल फेसबुकले न्युड फिडमा परिवर्तनको योजना सार्वजनिक गरेको छ। फेसबुकका प्रमुख मार्क जुकरबर्गले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत ‘व्यवसाय, ब्राण्ड र मिडियालाई पोस्टको कम महत्व र यसको सट्टा परिवार र साथीसँग कुरा गर्ने सामग्रीमा जोड दिनेगरी’ परिवर्तन गर्न लागेको जानकारी दिएका छन्। उनका अनुसार अब फेसबुकमा परिवारका सदस्यसँगको साथीसँगको सम्वादलाई प्रोत्साहित गर्ने सामग्...
नहरमा डुवेको अवस्थामा मृत फेला

नहरमा डुवेको अवस्थामा मृत फेला

मोरङ,२८ पौष। मोरङको विराटनगर महानगरपालिका- १९ स्थित धनपुरा नहरमा शुक्रबार विहान एक पुरुष डुवेको अवस्थमा मृत भेटिएका छन्। नाम थर वतन खुल्न नसकेका अन्दाजी ४५ बर्षिय पुरुषलाई स्थानियले डुवेको अवस्थमा भेटेपछी प्रहरीमा खबर गरेका थिए। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरीको टोली खटिगई थप अनुसन्धान भइरेहको छ।
वाम गठबन्धनमा पुन ६०/४० कै भागबन्डा

वाम गठबन्धनमा पुन ६०/४० कै भागबन्डा

काठमाडौँ, २८ पुस । वाम गठबन्धनले राष्ट्रिय सभाको चुनाव, प्रदेश मुख्यमन्त्री र सभामुख पदमा पनि यसअघिकै जस्तो ६० र ४० प्रतिशतका आधारमा भागबन्डाको तयारी गरेका छन् । एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभाको उम्मेदवार, प्रदेश सरकार गठनलगायत विषयमा मापदण्ड तयार गर्न बनाएको कार्यदलले विगतको सहमतिकै आधारमा छलफल अघि बढाएको छ । यसअघि प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा एमालेले ६० र माओवादीले ४० प्रतिशत भ...
चमेलियाको १५ मेगाबाट राष्ट्रिय प्रसारणमा

चमेलियाको १५ मेगाबाट राष्ट्रिय प्रसारणमा

दार्चुला, २८ पुस । चमेलिया जलविद्युत आयोजनाले आजदेखि १५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडेको छ । तीस मेगावाट क्षमताको आयोजनाको एक युनिट अर्थात् १५ मेगावाट बिजुली नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजना प्रमुख अजयकुमार दाहालले जानकारी दिए । ‘आज दिउँसो ३ः३५ बजे ग्रिडमा सिन्क्रोनाइज गरेका छौँ’ दाहालले भने । आयोजना निर्माण सम्पन्न गर्ने निर्धारित लक्ष्यभन्दा साढे ...
३८ बर्षपछि खाल्साका शहीद परिवारमा खुशीयाली

३८ बर्षपछि खाल्साका शहीद परिवारमा खुशीयाली

धनकुटा, २८ पुस । पञ्चायती ब्यवस्था बिरुद्ध लडेर ज्यान गुमाएका अभिभावकलाई चार दशक बित्न लाग्दासमेत राज्यले शहीद घोषणा नगर्दा निरास बनेका छिन्ताङका शहीदपुत्र बलराम राई शुक्रवार एकाएक खुशीले भक्कानिए । आफ्ना वावु पुत्रमानसहित छिन्ताङ हत्याकाण्डमा ज्यान गुमाएका १६ जनालाई ३८ बर्षपछि सरकारले शहीद घोषणा गरेको खबर सुनेपछि राईमा खुसीको सीमानै रहेन । ‘यो खबर सुन्दा खुशीले मन थाम्नै सकिन ।’ भक्कानिदै राईले ...
सूचना महामार्गमा नेपालको अर्को ठूलो फड्को, जोडिए अब नेपाल र चीन

सूचना महामार्गमा नेपालको अर्को ठूलो फड्को, जोडिए अब नेपाल र चीन

काठमाडौँ, २८ पुस । नेपाल र उत्तरी छिमेकी मुलुक चीन व्यावसायिक तवरले सूचना महामार्ग (इन्टरनेशनल कनेक्टिभिटी) मा जोडिएका छन् ।  निरन्तरको प्रयासपछि नेपालको नेपाल टेलिकम र चीनको चाइन टेलिकम ग्लोबलबीच ‘क्रसबोर्डर अप्टिकल फाइबर लिंक’ को आजबाट औपचारिकरुपमै व्यावसायिक सेवा शुरु भएको हो । योसँगै दुई कम्पनीले एक अर्काका देशमा दूरसञ्चार व्यवसाय विस्तार गर्न पाउने छन् । नेपाल १ दशमलब ५ जिबी प्रतिसेकेण्ड क...
डडेल्धुरामा निमोनियाका बिरामीको संख्या बढ्दै

डडेल्धुरामा निमोनियाका बिरामीको संख्या बढ्दै

डडेल्धुरा, २८ पुस । चिसो बढेसँगै उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा निमोनियाबाट प्रभावित बिरामीको संख्या बढिरहेका छन् । अस्पतालका अनुसार अहिले दैनिक १ सय २० जनाभन्दा बढीको संख्यामा निमोनियाका बिरामी अस्पतालमा उपचार गर्न आउन थालेको पछिल्लो तथ्यांकले देखाएको छ । ५० शैयाको अस्पतालमा बिरामीको चाप बढेपछि बेडबाहिरै राखेर उपचार गर्नुपरेकोे जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन प्रमुख ड.जितेन्द्र कँडेलल...
नक्कली नेपाली रुपैयाँ बनाउने दुई भारतीय पक्राउ

नक्कली नेपाली रुपैयाँ बनाउने दुई भारतीय पक्राउ

भीमदत्तनगर, २८ पुस । प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित नेपाल–भारत दशगजा क्षेत्रमा नक्कली नेपाली नोट बनाइरहेका दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । बिहीबार राति विशेष सुराकीका आधारमा बेलौरीको दशगजा क्षेत्रमा खटिएको ब्यूरोको टोलीले नेपाली रु एक हजारको नक्कली नोट बनाइरहेको अवस्थामा भारतको पिलिभित जिल्ला सारतपुरी बलाह बजारघाटका २२ वर्षीय ब...
सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्यो नयाँ रणनीति

सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्यो नयाँ रणनीति

  काठमाडौँ, २८ पुस । स्वास्थ्य मन्त्रालयले सूर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउन ‘सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति’ सार्वजनिक गरेको छ ।  रणनीतिले नीति निर्माता, सेवा प्रदायक, यससँग सम्बन्धित मन्त्रालय, निकाय एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई सूर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रम विकास र कार्यान्वयनमा मार्गदर्शन गर्नेछ । राष्ट्रिय स्वास्थ्य शिक्षा...
अब मोबाइलको स्क्रीनमै फिंगरप्रिन्ट

अब मोबाइलको स्क्रीनमै फिंगरप्रिन्ट

स्मार्टफोन उत्पादनको क्षेत्रमा नयाँ प्रविधि भित्रिएको छ । हालसम्म स्मार्टफोनको मुनी वा पछाडिपट्टी फिंगरप्रिन्ट स्क्यानर राखिँदै आइएकोमा अब भने यस्तो फिंगरप्रिन्ट मोबाइलको स्क्रीनमै हुने भएको छ । विश्वकै पहिलो स्क्रीनमै फिंगरप्रिन्ट भएको मोबाइल सार्वजनिक गरेको छ चिनीयाँ कम्पनी भिभोले । वनप्लस कम्पनीको अब आउने स्मार्टफोनमा स्क्रीनमै फिंगरप्रिन्ट हुने चर्चा चलिरहँदा चीनकै कम्पनी भिभोले अमेरिकामा च...
बेजोस सबैभन्दा धनी, जुकरबर्ग चौथो नम्बरमा

बेजोस सबैभन्दा धनी, जुकरबर्ग चौथो नम्बरमा

काठमाडौं, २८ पुस । अमेजन डट कमका फाउन्डर जेफ बेजोस माइक्रोसफ्टका फाउन्डर बिल गेट्सलाई पछि पार्दै लगातार तेस्रोपटक संसारकै धनी व्यक्तिको सूचीमा परेका छन् । गत मंगलबार अमेजनको कमाइ लगभग १ दशमलव ४ प्रतिशतले बढेर बेजोसले विश्वकै धनी व्यक्तिमा आफूलाई अझै दर्‍याएका हुन् । ब्लुमबर्गका अनुसार विश्वका पाँच धनी व्यक्ति यी हुन् : १. जेफ बेजोस जेफ बेजोसको कुल सम्पत्ति अहिले १ सय ६ अर्ब डलर छ । गत वर्ष २७ ...
देवघाटमा माघे संक्रान्ति : हिन्दी गीतमा ‘डान्स’ गर्न नपाइने

देवघाटमा माघे संक्रान्ति : हिन्दी गीतमा ‘डान्स’ गर्न नपाइने

देवघाट, पुष २८ । धार्मिकस्थल देवघाटमा माघे संक्रान्ति मेलाको तयारी तीव्ररुपमा गरिएको छ । बर्सेनि माघ १ गते तनहुँ र चितवनको संगमस्थल देवघाटमा माघे संक्रान्ति मेला लाग्दै आएको छ । मेला व्यवस्थापनको तयारी गर्न देवघाट क्षेत्र विकास समितिले १ सय ५१ सदस्यीय मेला व्यवस्थापन समिति गठन गरेको छ । समितिले यतिबेला धमाधम मेलाको तयारी गरिरहेको छ । सडक डिभिजन कार्यालय भरतपुरले देवघाट मेलामा जाने सडकको निर्माण...
ट्यूव चढेर नदी तर्ने क्रममा एक बेपत्ता

ट्यूव चढेर नदी तर्ने क्रममा एक बेपत्ता

खोटाङ, २८ पुस। ट्यूव चढेर नदी तर्नेक्रममा खोटाङमा वडाध्यक्षको छोरा बेपत्ता भएका छन्। हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईको १४ वर्षीय छोरा किरण राई दुधकोसीमा बेपत्ता भएका हुन्। साथीहरुसँग माछा मार्नका लागि दुधकोसीमा गएका बेला ट्यूव चढेर नदी तर्नेक्रममा बिहीबार किरण बेपत्ता भएको प्रहरीले जनाएको छ। दुधकोसी र सुनकोसीको संगमस्थल नजिकै जोर्तीघाटबाट ट्यूव चढेर नदी तर्नेक्रममा ...
इलामकाे श्रीअन्तुमा अागलागी, ९ लाख बराबरकाे क्षति

इलामकाे श्रीअन्तुमा अागलागी, ९ लाख बराबरकाे क्षति

मंगलबारे,२८ पुस ।  इलामको पर्यटकीय क्षेत्र श्रीअन्तुमा सञ्चालित ‘अन्तु कटेज’ मा आगलागी भएको छ । सूर्योदय नगरपालिका–४ मा रहेको कटेजमा शुक्रबार बिहान करिब ५ बजे आगलागी भएको हो । आगलागीबाट कटेजको गोदाम कोठा र बार पूर्णरुपमा जलेर नष्ट भएको बताइएको छ । के कारणले आगलागी भएको भन्ने विषयमा अझै खुल्न सकेको छैन । सञ्चालक धरणी घिमिरेले भने, “विद्युत् चुहावट भएर पनि होइन, आगो बालिएको पनि छैन खै कसरी आगो ल...
समायोजन नरोज्ने कर्मचारीका लागि सरकारले थाल्यो यस्तो तयारी

समायोजन नरोज्ने कर्मचारीका लागि सरकारले थाल्यो यस्तो तयारी

काठमाडौँ, २८ पुस। सामान्य प्रशासन मन्त्रालयले तीन तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको तयारी गरेको छ । मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको तयारी थालिएको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए । कर्मचारी समायोजन ऐन, २०७४ कार्यान्वयन भएको तीन महिनाभित्रमा समायोजनमा नजाने कर्मचारीका लागि स्वेच्छिक अवकाशको प्रावधानअनुसा...
अफगानिस्तानमा सन् २०१७ मा बीसजना सञ्चारकर्मी मारिए

अफगानिस्तानमा सन् २०१७ मा बीसजना सञ्चारकर्मी मारिए

एजेन्सी– अफगानिस्तानमा सन् २०१७ मा कम्तीमा पनि २० जना सञ्चारकर्मी मारिएका समाचारमा जनाइएको छ ।  ‘अफगान जर्नालिस्ट सेफ्टी कमिटी (एजेएससी) र इन्डिपेन्डेन्ट् मिडिया सेफ्टी गु्रप प्रोटेक्टिङ्ग द रिपोर्टरस् राइट्स्’ ले शुक्रबार सो विषयमा जानकारी दिएका छन् ।  गत बर्ष अर्थात सन् २०१७ मा अफगानिस्तानमा पत्रकारहरुमाथि माथि भीषण आक्रमण भएको पनि सो समाचारमा जनाइएको छ । पत्रकार हत्यामा विशेषगरी अफगानिस्तानम...
बसको ठक्करबाट दाङमा एक बालकको मृत्यु

बसको ठक्करबाट दाङमा एक बालकको मृत्यु

दाङ, २८ पुस। स्कुल बसको ठक्करबाट दाङमा एक बालकको मृत्यु भएको छ । लमही नगरपालिका–५ चौलाहीमा आज बसको ठक्करबाट स्थानीय रामजान अदलीका एक वर्षीय छोरा अब्दुल अनसारीको मृत्यु भएको लमही वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए । आज बिहान साधना मन्टेश्वरी स्कुलको लु १ क १३५३ नंको बसले बालकलाई अनसारीलाई ठक्कर दिएपछि गम्भीर घाइते भएका उनकोे लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएक...
जिल्ला अस्पतालमा छैन निःशुल्क औषधि

जिल्ला अस्पतालमा छैन निःशुल्क औषधि

लमजुङ, २८ पुस । जिल्ला अस्पताल लमजुङमा दुई महिनादेखि निःशुल्क औषधि छैन । सरकारले औषधि खरिदको बजेट नपठाउँदा निःशुल्क दिनुपर्ने ७२ प्रकारका औषधि सकिएको हो । अस्पतालमा मंसिरदेखि नै निःशुल्क औषधिको अभाव भएको प्रशासकीय प्रमुख युवराज देवकोटाले जानकारी दिए । यो वर्ष औषधि खरिदको बजेट नआएकाले निःशुल्क औषधि खरिद गर्न नसकिएको देवकोटाले बताए । उनले भने, ‘स्वास्थ्यसम्बन्धी सबै बजेट स्थानीय तहमा गएपछि जिल्ला...
अस्ट्रेलियामा वैज्ञानिकहरूले तापक्रमवृद्धिबारे अनुसन्धान गर्ने

अस्ट्रेलियामा वैज्ञानिकहरूले तापक्रमवृद्धिबारे अनुसन्धान गर्ने

अस्ट्रेलियाली वैज्ञानिकहरूले जलवायु परिवर्तनको असरका बारेमा गहन अनुसन्धान गर्ने जनाएका छन् । पछिल्लो समयमा अस्ट्रेलियाको तापक्रम अस्वाभाविक रूपमा वृद्धि भएपछि वैज्ञानिकहरूले यसबारे अनुसन्धान गर्न लागेका हुन् । अस्ट्रेलियाको औद्योगिक अनुसन्धान संस्थाका वैज्ञानिकहरूको एउटा समूहले दक्षिणी समुद्रमा उच्च तापबारे अध्ययन गर्न लागेका हुन् । यसै साता सिड्नीको तापक्रम ४७ डिग्री सेल्सियससम्म पुगेको थियो ।...
राष्ट्रियसभाको चुनावः सात प्रदेशमा कुन पार्टीको मत कति ?

राष्ट्रियसभाको चुनावः सात प्रदेशमा कुन पार्टीको मत कति ?

काठमाडौं,२८ पुस । राष्ट्रियसभा निर्वाचनको मिति र निर्वाचन केन्द्रसमेत तोकिएपछि अब दलहरुले आ-आफ्नो मत संख्या जोड्न थालेका छन् । राष्ट्रियसभा निर्वाचन प्रदेशगतरुपमा हुने भएकाले ५६ जनाको चुनाव भए पनि प्रत्येक प्रदेशका मतदाताले आफ्नो प्रदेशका उम्मेदवारलाई मात्र मत दिन पाउनेछन् । प्रत्येक प्रदेशका तीन महिला र तीन खुला सदस्यको निर्वाचन एकल संक्रमणीय प्रणाली अनुसार भए पनि दलित र अपांग/अल्पसंख्यकको निर...
छिन्ताङमा मारिएका १६ जनालाई ३८ बर्ष पछि सरकारले गर्यो शहिद घोषणा

छिन्ताङमा मारिएका १६ जनालाई ३८ बर्ष पछि सरकारले गर्यो शहिद घोषणा

काठमाडौं, २८ पुस। सरकारले २०३६ सालमा धनकुटाको छिन्ताङमा राज्यपक्षबाट मारिएका १६ जनालाई शहिद घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले घटनाको ३८ बर्ष पछि मृतकलाई शहिद घोषणा गर्ने निर्णय गरेको हो । २०३६ साल कात्तिक २७ गते धनकुटाको खोकु छिन्ताङमा तात्कालिन भूमिगत विद्रोही समुहले गरेको कार्र्यक्रममा राज्य पक्षका सुरक्षाकर्मीद्धारा चलाईएको गोली लागि १६ जनाको मृत्यु भएको थियो । तीनै मृतकला...
आज पनि तोकिएन प्रदेश प्रमुख र अस्थायी मुकाम

आज पनि तोकिएन प्रदेश प्रमुख र अस्थायी मुकाम

काठमाडौं,२८ पुस । सरकारले प्रदेश प्रमुख र अस्थायी मुकामबारे आज पनि निर्णय गरेको छैन । आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख र अस्थायी मुकामबारे निर्णय गर्ने बताइएको थियो । तर सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले आजको बैठकबाट त्यसको निर्णय नभएको बताए । सम्भवतः आगामी बैठकबाट प्रदेश प्रमुख तोक्ने र अस्थायी मुकाम तोकिने छ । संविधानमा प्रदेशसभाको निर्वाचन परिणाम प्...
तयार भयो हेटौँडामा क्रिकेट मैदान

तयार भयो हेटौँडामा क्रिकेट मैदान

हेटौँडा, २८ पुस। मकवानपुरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको छ । मकवानपुर क्रिकेट संघको प्राविधिक सहयोग र जिल्ला खेलकुद विकास समितिको संयोजनमा हेटौँडाको हुप्रचौरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको हो । मैदान तयार हुन २ वर्ष लागेको आयोजकले जनाएका छन् । करिब ३० लाखको लागतमा क्रिकेट पिच, मैदानसहित मर्निङ ट्र्याकसमेत निर्माण भएको छ । सरकारी बजेटमा निर्माण भएको योे क्रिकेट मैदान...
सन्धि–सम्झौता परिमार्जनमा भारत लचिलो

सन्धि–सम्झौता परिमार्जनमा भारत लचिलो

काठमाडौँ, २८ पुस । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को छैटौं बैठकसम्म आइपुग्दा नेपालले उठाउँदै आएको विभिन्न असमान सन्धिसम्झौता र मुद्दा परिमार्जनमा भारतीय पक्ष अलि लचक देखिएको छ । दिल्लीस्थित इन्स्टिच्युट फर डिफेन्स एन्ड एनालाइसिस (आईडीएसए) मा बिहीबार बिहान सुरु भएको ईपीजीको दुईदिने बैठकमा भारतले पहिलोपटक यस्तो लचकता प्रदर्शन गर्दै १९५० को सन्धि परिमार्जन, बुँदाको संशोधनलगायत थप सकारात्म...
केही वर्षसम्म बैंकहरुले कर्जाको माग धान्न नसक्ने !

केही वर्षसम्म बैंकहरुले कर्जाको माग धान्न नसक्ने !

काठमाडौं, २८ पुस । बढ्दो कर्जाको माग हेर्दा केही वर्षसम्म बैंकहरुलाई धान्न गाह्रो हुने देखिएको छ । गत कात्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले एक खर्ब २० अर्ब थप कर्जा लगानी गरेका छन् । यो भनेको गत असार मसान्तको तुलनामा ६ दशमलव नौ प्रतिशतको वृद्धि हो । संस्थाहरुले कात्तिकसम्ममा कुल २१ खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । चालु आवको मौद्रिक नीतिले कुल आन्तरिक कर्जा २७ दशमलव आठ प्रतिशतसम्मले ब...
मौसमी सूचना प्रणालीलाई आधुनिकीकरण गर्न राडार जडान

मौसमी सूचना प्रणालीलाई आधुनिकीकरण गर्न राडार जडान

काठमाडौँ, २८ पुस। मुलुकको मौसमी सूचना प्रणालीलाई विश्वस्तरको बनाउने लक्ष्यसहित जल तथा मौसम विज्ञान विभागले अत्याधुनिक मौसमी राडार जडान प्रक्रिया शुरु गरेको छ । विभागले मौसमी सूचनालाई व्यवस्थित र प्रभावकारी बनाउन नेपालमा पहिलो पटक सुर्खेत, पाल्पा र उदयपुरमा राडार जडान गर्न थालेको हो । मौसमी प्रणालीलाई आधुनिकीकरण गर्न तीनवटा मौसमी राडार जडानको प्रक्रिया शुरु भइसकेको विभागका महानिर्देशक डा ऋषिराम ...
आर्यन र प्रियंकाको बटरफ्लाई

आर्यन र प्रियंकाको बटरफ्लाई

काठमाडौं, २८ पुस । एउटा महलभित्र विभिन्न प्रयोग गरेर बस्ने एक युवा वैज्ञानिकको भेट एक युवतीसँग हुन्छ । उनीहरूबीच प्रेम हुन्छ र दुवैले प्रेमका गीत गाउँछन् । असाध्यै मन पराए पनि वैज्ञानिक युवकले आफ्नो केही रहस्य प्रेमिकालाई बताएको हुँदैन, तर जब प्रेमिकाले उसको रहस्य थाहा पाउँदै जान्छे अनि रहस्यमाथिको पर्दा उघ्रिँदै जान्छ । रहस्यमय प्रेमकथामा आधारित ओमप्रतीक गुरुङको लेखन तथा निर्देशनको चलचित्र ‘बट...
error: Content is protected !!