मोरङको बेलबारीमा आगलागी हुँदा ३० लाखको क्षति
बेलबारी, ९ फागुन । मोरङको बेलबारी ३ मा रहेको सञ्जय सुवेदीको पुरानो घर (गुवाली) मा खोले पकाउने क्रममा आगलागी हुँदा बुधबार बिहान लाखौको क्षति भएको छ ।
बिहान करिब ५ बजे भएको आगलागीमा ३० लाख बढीको क्षति भएको छ । गाईलाई खोले पकाउने क्रममा आगलागी भएको इलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक रामजी कटुवालले जानकारी दिएका छन ।
आगलागीपछि सुन्दरहरैचा, इटहरी र बिराटनगरबाट आएका दमकल र स्थानीय बासी स...





























