दाङ, ८ फागुन ।  दाङको तुलसीपुरमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर–१९ निवासी पार्टीका जिल्ला सदस्य वासुदेव चौधरी, सोही ठाउँ निवासी विद्यार्थी संगठनका प्रकाश गिरी र तुलसीपुर–५ निवासी प्रेम परियार रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

Advertisement

परियारले बन्दको अवज्ञा गरेको भन्दै बसपार्कमा मोटरसाइकल पल्टाइदिएको र चौधरी तथा गिरीले ग्वारखोलामा सवारीचालकमाथि हातपात गरेको आरोप लागेको छ । पक्राउ परेका तीनैजनालाई आदेशअनुसार कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!