बेलबारी, ९ फागुन । मोरङको बेलबारी ३ मा रहेको सञ्जय सुवेदीको पुरानो घर (गुवाली) मा खोले पकाउने क्रममा आगलागी हुँदा बुधबार बिहान लाखौको क्षति भएको छ ।

बिहान करिब ५ बजे भएको आगलागीमा ३० लाख बढीको क्षति भएको छ ।  गाईलाई खोले पकाउने क्रममा आगलागी भएको  इलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक रामजी कटुवालले जानकारी दिएका छन ।

Advertisement

आगलागीपछि सुन्दरहरैचा, इटहरी र बिराटनगरबाट आएका दमकल र स्थानीय बासी सहित प्रहरीको सहयोगमा करिब २ घण्टामा आगो नियन्त्रणमा लिईएको थियो । खोले पकाउने क्रममा भुस र दाउराबाट सल्किएर आगलागी भएको र आगलागीबाट चौपायालाई सामान्य क्षति भएको साथै  गुवालीमा रहेका काठपात सहित अन्य सामाग्रीहरु जलेर नष्ट भएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!