काठमाडौँ, ९ फागुन । नेपाली कामदारको बाक्लो उपस्थिति रहेको मलेसियाको जोहरबारुमा त्यहाँ कार्यरत नेपाली कामदारको हकहित तथा नेपाली दूतावासबाट प्राप्त हुने सेवा, सुविधाबारे सचेतना कार्यक्रम आयोजना गरिएको छ ।

क्वालालम्पुरस्थित नेपाली दूतावासले आयोजना गरेको उक्त कार्यक्रममा वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, श्रम मन्त्रालयलगायत निकायबाट प्राप्त हुने सेवा र मलेसियामा रहँदा नेपाली श्रमिकले ख्याल राख्नुपर्ने श्रमसम्बन्धी विषयमा जानकारी दिइएको थियो । कार्यक्रममा नेपाली कामदारले उद्धार, क्षतिपूर्ति तथा श्रमिकको अकाल मृत्युको कारण र अपनाउनुपर्ने सावधानीबारे सरकारी अधिकारीसँग जिज्ञासा राखेको दूतावासले आज जनाएको छ ।

Advertisement

क्वालालम्पुरस्थित नेपाली दूतावासका कावा राजदूत सुधीर भट्टराईले नेपाली श्रमिकलाई आतिथेय मुलुकको कानूनको बर्खिलाफ हुने गरी गतिविधि नगर्न आग्रह गर्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!