प्रदेश नं २ का मुख्यमन्त्री राउतले आज विश्वासको मत लिने
महेन्द्रनगर, धनुषा, १० फागुन । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज संसद्मा विश्वासको मत लिनुहुने भएको छ ।
प्रदेश संसद् सचिवालयका उपसचिव रञ्जितकुमार यादवले दिएको जानकारीअनुसार आज दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले सम्बोधन गर्दै विश्वासको मतका लागि प्रस्ताव गर्नुहुनेछ । संविधानको धारा १६८ को उपधारा ४ बमोजिम बहुमत सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका ...




























