धनकुटामा दुई घण्टे चक्काजाम, सरकारलाई खबरदारी गर्दै प्रदर्शन

धनकुटामा दुई घण्टे चक्काजाम, सरकारलाई खबरदारी गर्दै प्रदर्शन

धनकुटा, २८ पुस । लगातार एक महिनादेखि प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका धनकुटाबासीले आज सरकारलाई खबरदारी गर्दै प्रदर्शन गरेका छन् । आफ्नो माग गम्भीरतापुर्वक सुनुवाई हुनु पर्ने भन्दै उनीहरुले प्रदर्शन सहित दुई घण्टा यातायात बन्द समेत गरेका छन् । आज बस्ने मन्त्री परिषदको आकस्मिक बैठकले धनकुटाको पक्षमा उचित ध्यान दिनु पर्ने आन्दोलनरत पक्षको माग रहेको छ । धनकुटा बजारस्थित जीरो प्वाइन्ट...
बाह्रविसे कर्थली सडक कालोपत्र हुँदै, स्थानीय खुशी

बाह्रविसे कर्थली सडक कालोपत्र हुँदै, स्थानीय खुशी

सिन्धुपाल्चोक, २८ पुस। सिन्धुपाल्चोकको पूर्वी उत्तरी क्षेत्र कर्थलीमा दोलखा हुँदै छिमेकी मित्रराष्ट्र चीनसितको फलाटे नाका जोड्ने बाह्रविसेदेखि कर्थलीसम्मको नौ किलोमिटर बाटो कालोपत्र हुन लागेपछि स्थानीयबासीमा खुशियाली छाएको छ । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको बतासेदेखि दोलखा हुँदै चीनको सीमास्थित फलाटे नाकासम्म जोड्ने छोटो सडकमार्ग अन्तर्गतको कर्थलीमा नौ किलोमिटर बाटो कालोपत्र हुन लागेपछि ...
धरानमा पदमार्ग र होमस्टेबारे अध्ययन शुरु

धरानमा पदमार्ग र होमस्टेबारे अध्ययन शुरु

इनरुवा, २८ पुस । सुनसरीको धरान उपमहानगरपालिकामा पर्यटनको विकास तथा प्रवद्र्धनको विषयमा लामो समयदेखि चर्चा चले पनि त्यो व्यावहारिक रुपमा कार्यान्वयन हुन सकेको थिएन । यो विषय चर्चामा मात्रै सीमित थियो । तर अब स्थानीय सरकार बनेपछि बल्ल उपमहानगरपालिकाले स्थलगत अध्ययन शुरु गरेको छ । समितिले पहिलो चरणअन्तर्गत धरानमा पदमार्ग र होमस्टेबारे अध्ययन शुरु गरेको धरान उपमहानगरपालिकाका प्रेस संयोजक योगेश बा...
बञ्चरो प्रहार गरेर कल्पनाले गरिन् सौताको हत्या

बञ्चरो प्रहार गरेर कल्पनाले गरिन् सौताको हत्या

रुकुम, २८ पुस। सल्यानमा एक महिलाले आफ्नै सौतालाई बञ्चरो प्रहार गरेर हत्या गरेकी छन् । जिल्लाको दार्मा गाउँपालिका–३, फारुलाचौरकी २६ वर्षीया कल्पना चन्दले आफ्नै सौता ३२ वर्षीया रुपा खत्रीलाई बञ्चरो प्रहार गरेर बुधबार साँझ हत्या गरेको जिल्ला प्रहरी कार्यालय, सल्यानले जानकारी दिएको छ । बुधबार साँझ सामान्य विवाद हुँदा जेठी सौताको हत्या गरेको प्रहरीको भनाइ छ । हत्या गर्ने कल्पना चन्द अहिले फरार रहे...
अाधाजस्तो सीमास्तम्भ गायब

अाधाजस्तो सीमास्तम्भ गायब

जनकपुरधाम, २८ पुस । नेपाल र भारत दुई देशलाई छुट्टयाउने सीमास्तम्भमध्ये आधाजसो गायब भएका छन् । सिमाना सुरक्षामा खटिएका दुवै देशका सुरक्षा अधिकारीहरूको सहभागितामा नेपाल र भारतको संयुक्त प्राविधिक टोलीले सीमा सर्वेक्षण सुरु गर्दा ५० प्रतिशत सीमा स्तम्भहरू हराएको पाइएको हो । आजको अन्नपूर्ण पोस्टमा खबर छ । सर्वेक्षणको प्रारम्भिक अनुगमनका क्रममा सिमानामा रहेका पिलरमध्ये ३० प्रतिशत मात्र काम लाग्ने अव...
सप्तरीमा चिसोबाट थप ३ को मृत्यु

सप्तरीमा चिसोबाट थप ३ को मृत्यु

राजविराज,२८ पुस । अत्यधिक चिसोका कारण सप्तरीमा बिहीबार साँझ तीन जनाको मृत्यु भएको छ । छिन्नमस्ता गाउँपालिका–२ रामपुरा बस्ने ५२ वर्षीया सरोदेवी मुखिया र ७० वर्षीया सरस्वतीदेवी साह तथा सुरुङ्गा नगरपालिका–१ निवासी ५१ वर्षीय अम्बरबहादुर पुलामीको चिसोका कारण मृत्यु भएको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएक...
प्रदेश प्रमुख तोक्ने अन्तिम गृहकार्यमा सरकार

प्रदेश प्रमुख तोक्ने अन्तिम गृहकार्यमा सरकार

काठमाडौं, २८ पुस। प्रधानमन्त्री शेरबहादुर देउवाले सात वटै प्रदेश प्रमुखका लागि सम्भावित व्यक्तिको नाम तय गर्ने आन्तरिक गृह कार्य थालेको समाचारलाई नागरिक दैनिकले भित्री पृष्ठमा लेखेको छ । शुक्रबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकमा सातवटै प्रदेशमा प्रदेश प्रमुखको मनोनयन गर्ने तयारी सरकारले गरेको सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतको भनाइलाई उद्धृत गर्दै नागरिक दैनिकले समाचार लेखेको छ । समा...
नुवाकोटको गोरुजात्रा माघ १ गते, २८ हल गोरु जुधाइँदै

नुवाकोटको गोरुजात्रा माघ १ गते, २८ हल गोरु जुधाइँदै

नुवाकोट,२८ पुस। नुवाकोटमा यो वर्षको माघे संक्रान्तिमा २८ हल गोरु जुधाइने भएको छ । जिल्लाको तारुका र बेत्रावतीमा हरेक वर्ष माघे सङ्क्रान्तिमा गोरु जुधाउने गरिन्छ । तारकेश्वर गाउँपालिका–२, तारुकामा यो वर्ष १८ हल गोरु जुधाइने भएको छ । मेला आयोजक समितिका अनुसार तारुकामा माघे संक्रान्तिमा जुधाउनका लागि किसानले १८ हल गोरु दर्ता गराएका छन् । तारुकेश्वर–२ का वडाध्यक्ष समरबहादुर आलेमगरले गोरु जुधाइ मेल...
पश्चिम सेती आयोजना अन्योलमा

पश्चिम सेती आयोजना अन्योलमा

काठमाडौं, २८ पुस । विभिन्न बहानाबाजी देखाएर अत्तो थाप्दै आएको चाइना थ्री गर्जेज इन्टरनेसनल (सीटीजीआई) ले निर्माणसम्बन्धी ‘कार्ययोजना पठाइरहनुको अर्थ छैन’ भन्दै सरकारलाई पत्राचार गरेपछि जलाशययुक्त पश्चिम सेती (७५० मेगावाट) को भविष्य अन्योलमा परेको छ। ‘आयोजना निर्माणसम्बन्धी कार्य योजना’ पठाउनुको कुनै तुक नरहेको भन्दै सीटीजीआईले पश्चिम सेती समन्वय गरिरहेको लगानी बोर्डलाई अघिल्लो साता पत्राचार गरेप...
बचतको पनि ब्याज बढाउँदै बैंक

बचतको पनि ब्याज बढाउँदै बैंक

काठमाडौं, २८ पुस । मुद्दती खाताको ब्याजदर नबढाउने भद्र सहमति गरेका बैंकहरुले उत्त खाताको ब्याज नबढाए पनि सर्वसाधारणले सबैभन्दा बढी प्रयोग गर्ने बचत खाताको ब्याज भने बढाउन थालेका छन् । केही बैंकहरुले तरलता अभावमा ऋण दिनै रोकेको बेला केहीले ब्याज बढाएका हुन् । आजको नागरिक दैनिकमा खबर छ । लगानीयोग्य पुँजीको अभाव भएको भन्दै बैंकहरुले धमाधम बचत खाताको ब्याजदर बढाउन लागेका हुन् । बचत खातामा ६ देखि ...
कर्मचारी स्वेच्छिक अवकाशको प्याकेज घोषणा हुँदै

कर्मचारी स्वेच्छिक अवकाशको प्याकेज घोषणा हुँदै

काठमाडौं, २८ पुस। सरकारले स्वेच्छिक अवकाशमा जाने कर्मचारीलाई लक्षित गरी शुक्रबार राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ । समायोजनमा जानुअघि निजामती कर्मचारीलाई स्वेच्छिक अवकाशमा जाने अवसर दिने समायोजन ऐनको व्यवस्थाअनुसार सरकारले सूचना प्रकाशित गर्ने तयारी गरेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । आजको नयाँ पत्रिकामा खबर छ । मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले शुक्रबार मन्त्रिपरिषद् ...
संघीय संसद् सञ्चालनको खाका कोर्दै सचिवालय

संघीय संसद् सञ्चालनको खाका कोर्दै सचिवालय

काठमाडौं, २८ पुस। संघीय संसद् सञ्चालनका लागि नियमावली निर्माण प्रक्रिया अघि बढेको छ । राष्ट्रिय सभा र प्रतिनिधिसभा गरी दुई सदनात्मक संघीय संसद् सञ्चालन गर्न तीनवटा नियमावली आवश्यक पर्ने निष्कर्ष संसद् सचिवालयले निकालेको छ । विगतको अभ्यासअनुसार पनि प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै कार्यसञ्चालन नियमावली आवश्यक पर्ने, तल्लो र माथिल्लो सदनको संयुक्त बैठक सञ्चालन गर्न अर्को नियमावली बनाउनु...
२०७४ पुस २८ गते शुक्रबारको राशिफल

२०७४ पुस २८ गते शुक्रबारको राशिफल

वि.सं. २०७४ साल पुस २८ गते। शुक्रबार। इश्वी सन् २०१८ जनवरी १२ तारिख। नेपाल संवत् ११३८ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– एकादशी, २३:१८ बजेउप्रान्त द्वादशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) दौडधुपमै समय बित्नेछ भने आँटेको काम स्थगित हुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्...
बोधेमा मीस नेशनल आईकन सेकेन्ड रनरअप तुम्सालाई सम्मान

बोधेमा मीस नेशनल आईकन सेकेन्ड रनरअप तुम्सालाई सम्मान

धनकुटा, २७ पुस। चौविसे गाउँपालिका ५ बोधेमा मीस नेशनल आईकन २०१७ को सेकेन्ड रनरअप मेरिना तुम्सालाई सम्मान गरिएको छ ।आदर्श ईनरजेटिभ युथ ग्रुप र शान्ति आदर्श बाल समुह बोधेको संयुक्त आयोजनामा तुम्सालाई सम्मान गरिएको हो । कार्यक्रममा वडाध्यक्ष पदमकुमार देवानले सम्मानपत्र प्रदान गरि तुम्सालाई सम्मान गरे । आदर्श ईनरजेटिभ युथ ग्रुपका संयोजक मनोज हिङमाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष देवान,...
महिला फुटबल लिगको उपाधि एपिएफलाई

महिला फुटबल लिगको उपाधि एपिएफलाई

काठमाडौँ , २७ पुस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत सोह्रौँ राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । एपिएफको जीतमा सावित्रा भण्डारीले दुई गोल गरिन् । सावित्रीले १७ औँ र ७५ औँ मिनेटमा दुई तथा सरु लिम्बूले १९ औँ मिनेटमा एक गोल गरे । चौँतीसौँ मिनेटमा पुलिसकी नीरु थापाले गोल गरेकी थिइन् । सुपर लिगमा सबै तीन खेल जित्दै एपिएफ ९ अंक जोड...
आफ्नै मालिक हानेर घाइते बनाउने राँगामाथि गोली प्रहार

आफ्नै मालिक हानेर घाइते बनाउने राँगामाथि गोली प्रहार

पोखरा, २७ पुस । कास्कीको मादी गाउँपालिका–११ सैमराङमा आफैँले पालेको राँगाले हान्दा आज सोही ठाउँका ४९ वर्षीय भीमबहादुर काफ्ले गम्भीर घाइते भएका छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । उक्त राँगालाई एक राउण्ड गोली प्रहार गरी मारिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न परिषद्लाई आग्रह

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न परिषद्लाई आग्रह

काठमाडौँ, २७ पुस । संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा दुर्गाबहादुर थापाले नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा लगानी बढाउन विश्व ऊर्जा परिषद्लाई आग्रह गरेको छ ।  परिषद्का लागि स्थायी प्रतिनिधिसमेत रहेका डा. थापाले सो परिषद्का महासचिव क्रिस्टोफ फ्रेइसँग बुधबार लण्डनमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्दै सो आग्रह गरेको हो । शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगेको र मुलुकका राजनीतिक स्...
२४ लाखको लागतमा विद्यालय निमार्ण गरी समुदायलाई हस्तान्तरण

२४ लाखको लागतमा विद्यालय निमार्ण गरी समुदायलाई हस्तान्तरण

लमजुङ, २७ पुस । पूर्वि लमजुङको दुधपोखरा गाउँपालिका वडा नम्बर ४ स्थित ईलम पोखरीको मुगोमा निमार्ण गरिएको चम्पावती प्राथमिक विद्यालय विहिबार एक कार्यक्रमका बीच समुदायलाई हस्तान्तरण गरिएको छ । एडेट एक्सन र वेल्ड फाउन्डेशनको  आर्थिक तथा प्राविधिक सहयोगमा दलित सेवा संघ लमजुङद्धारा उक्त विद्यालय निमार्ण गरिएको हो । २४ लाखको लागतमा सिद्धिविनायक निमार्ण सेवाले निमार्ण गरेको उक्त विद्यालय प्रदेश नम्बर ४ ...
पोखरामा महिन्द्राको मोजो ३०० बाइक सार्वजनिक

पोखरामा महिन्द्राको मोजो ३०० बाइक सार्वजनिक

पोखरा,२७ पुस । महिन्द्रा ग्रुप अन्तर्गतको महिन्द्रा टु  ह्वीलर्सका आधिकारीक वितरक अग्नि ग्रुप अन्तर्गत अग्नि मोटो इन्कले वहु प्रतिक्षित मोजो बाइक हालै पोखरामा आफ्नो आधिकारीक विक्रेता एसियन अटो मोबाइलस् मार्फत विक्री प्रारम्भ गरेको छ । यस बाइकलाई सफल राष्ट्रिय औद्योगिक व्यापार मेला सुभारम्भ गरिएको छ । यस मेला अवधिभर खरिद गर्नुहुने प्रथम केही ग्राहक हरुलाई अग्निमोटो इन्कले अफिसियल मोजो ज्याकेट प्...
आठ घण्टाभन्दा कम सुत्नेलाई यस्तो खतरा !

आठ घण्टाभन्दा कम सुत्नेलाई यस्तो खतरा !

दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशाको समस्या देखिएको एक अध्ययनले देखाएको छ ।अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनले सो तथ्य पत्ता लागेको जनाएको थियो । सुत्ने समयावधि र मानसिक अवस्था बीचको सम्बन्धको तुलनात्मक अध्ययन गर्दा कम सुत्नेमा बढी मानसिक समस्या र चिन्ता देखिएको सो अध्ययनमा पत्ता लागेको हो ।विश्वविद्यालयले अध्ययनपछि सा...
राष्ट्रिय परिचय–पत्र वितरण तयारी अन्तिम चरणमा

राष्ट्रिय परिचय–पत्र वितरण तयारी अन्तिम चरणमा

पाँचथर, २७ पुस । लामो समयदेखि चर्चामा रहेको राष्ट्रिय परिचय पत्र वितरणको तयारी तिव्र बनाइएको छ । पूर्वको पाँचथर जिल्लाबाट परिचयपत्र वितरण गर्नका लागि गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयत्रप व्यवस्थापन केन्द्रले तयारी तिव्र बनाएको हो । सरकारले  पूर्वको पाँचथर र सिंहदरवारका कर्मचारीहरुबाट सुरु गर्ने अनुरुप वितरणका लागि प्रचारात्मक कार्यक्रम अघि बढाइएको छ । केहि दिन देखि विवरण संकलनका लाग...
ढालिएको विजयपुर स्मारक उठ्यो

ढालिएको विजयपुर स्मारक उठ्यो

धरान, २७ पुस । पूर्वको ऐतिहासिक स्थलका रूपमा रहेको विजयपुरमा विजयपुर स्मारक अनावरण गरिएको छ । पाँच वर्षअगाडि तोडफोड गरिएको स्मारकको मर्मतपश्चात पुनः अनावरण गरिएको हो । लिम्बु विद्यार्थी मञ्चको अगुवाईमा स्थापना गरिएको स्मारक क्षतविक्षत भएपछि अलपत्र अवस्थामा रहेको थियो । बिहीबार एक कार्यक्रमका बीच स्तम्भको पुनः अनावरण गर्दै नेपाल आदिवासी जनजाति महासङ्घ धरानका अध्यक्ष सुवासचन्द्र हुक्पा चोङवाङले भन...
मेचीनगरमा एक अर्ब ३२ लाखको बजेट पारित

मेचीनगरमा एक अर्ब ३२ लाखको बजेट पारित

काँकडभिट्टा, २७ पुस । मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७४/०७५ का लागि रु एक अर्ब ३२ लाखको बजेट विनियोजन गरेको छ ।  नगरपालिकाको आयोजित प्रथम नगरसभाबाट सो बजेट पारित भएको हो । नगरसभाको बैठकमा उपप्रमुख मीना उप्रेतीले सो बजेट प्रस्तुत गरेका थिए । बजेटमा आयतर्फ आन्तरिक स्रोतबाट रु चार करोड ५६ लाख २७ हजार ३१६, बाह्य स्रोतबाट रु ९३ करोड ६८ लाख ६० हजार ७४० र अन्य स्रोतबाट रु दुई करोड सात लाख...
क्यालिफोर्नीयामा पृथ्वी जयन्ती

क्यालिफोर्नीयामा पृथ्वी जयन्ती

न्यूयोर्क, २७ पुस । अमेरिकाको क्यालिफोर्नीयामा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाइएको छ । लामो समयदेखि उक्त बर्क्ली क्षेत्रमा बसोबास गर्ने समाजसेवी बुद्धिजिवी तथा समाजका अगुवाहरुले २ सय ९६ औं पृथ्वी दिवस मनाएका हुन् । एकता दिवसको दिन बिहीबार बुद्धिजिवीहरुले पृथ्वीनारायण शाहको एकीकरण तथा एकताको बारेमा बोलेका थिए । साथै सबैजसो वक्ताहरुले आफू बसेको ठाउँमा एकता देखाउँदै सामुदायिक भबनको चाडै ...
पाथीभरा बहुमुखी क्याम्पसको स्तरोन्नतिका लागि महायज्ञ

पाथीभरा बहुमुखी क्याम्पसको स्तरोन्नतिका लागि महायज्ञ

ताप्लेजुङ, २७ पुस । ताप्लेजुङमा रहेको पाथीभरा बहुमुखी क्याम्पसको स्तरोन्नतिका लागि सहयोग संकलन गर्न श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिने भएको छ । स्नातकोत्तर तहको सम्बन्धन लिई पठनपाठन सञ्चालन गर्न र क्याम्पसको भौतिक पूर्वाधारको विकासका लागि आवश्यक आर्थिक रकम जुटाउन महायज्ञ आयोजना गर्न लागिएको क्याम्पसले जनाएको छ । ख्यातिप्राप्त विद्वान एवं प्राज्ञको वाचकत्वमा क्याम्पस परिसरमा सञ्चालन...
विपन्न तथा मुसहर समुदायलाई न्यानो कपडा वितरण

विपन्न तथा मुसहर समुदायलाई न्यानो कपडा वितरण

उदयपुर, २७ पुस । उदयपुरमा अत्याधिक जाडोले कठयाङग्रीका विपन्न तथा गरिब परिवारलाई विपत व्यवस्थापन कोषबाट न्यानो कपडा बितरण गरीएको छ । त्रियुगा नगरपालिको वडा नम्बर २ जोगिदहले वडास्तरीय कार्यक्रमबाट विपन्न तथा गरिब ५० घर परिवारलाई ब्याङकेट वितरण गरेको हाे । शितलहर बढेसंगै अति बिपन्न मुसहर समुदायलाई न्यानो कपडा वितरण गरिएको त्रियुगा नगरपालिका–२ का वडाध्यक्ष घमानसिंह खत्री (ध्रुव)ले बताए । केही दिन य...
तथ्यांक नहुँदा पुल मर्मतमा समस्या

तथ्यांक नहुँदा पुल मर्मतमा समस्या

काठमाडौँ, २७ पुस । विभिन्न विदेशी कम्पनीले निर्माण गरेका नेपालका साना ठूला गरी एक हजार २०० भन्दा बढी पुलको तथ्यांक नै नरहेको पाइएको छ ।  पूर्व पश्चिम राजमार्ग, सिद्धार्थ राजमार्ग र अरनिको राजमार्ग लगायतका राजमार्गमा विदेशी प्राविधिक र निर्माण व्यवासायीले निर्माण गरेका पुलको विवरण पाउन नसक्दा मर्मत–सम्भारमा समस्या पैदा भएको हो । तत्कालीन सोभियत संघको सहयोगमा निर्माण भएको पूर्व पश्चिम राजमार्गको ...
पोखरामा राष्ट्रिय औद्योगिक मेला सुरु

पोखरामा राष्ट्रिय औद्योगिक मेला सुरु

पोखरा, २७ पुस ।आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयातमुखी अर्थतन्त्रलाई विस्थापन गर्न स्वदेशी उत्पादनको बृद्धि गर्नुपर्ने बताएका छन् । बिहीबार कास्की उद्योग वाणिज्य संघको आयोजनामा पोखरामा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७४ लाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका  ढकालले उक्त कुरा बताएका हुन् । ४ नम्बर प्रदेश श्रोत र साधनले सम्पन्न रहेको उल्लेख गर्दै...
सकियो वार्षिक खेलकुद प्रतियोगिता

सकियो वार्षिक खेलकुद प्रतियोगिता

भद्रपुर, २७ पुस । ‘अनुशासनका लागि खेल, व्यावहारिक शिक्षाका लागि प्रयोगात्मक ज्ञान’ नाराका साथ भद्रपुर नगरपालिका– ३ मा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।  मुनाल एकेडेमीले सञ्चालन गरेको तीन दिवसीय वार्षिक खेलकुद कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद उप्रेतीको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । अतिरिक्त ज्ञान र...
इलाममा भाइले गरे दाजुको हत्या

इलाममा भाइले गरे दाजुको हत्या

मंगलबारे, २७ पुस । इलामको देउमाई नगरपालिकामा भाइले दाजुको हत्या गरेका छन् ।  देउमाई नगरपालिका–४ मंगलबारेका डिल्ली बाँस्तोलाले आफ्नै सहोदर दाजु गंगा बाँस्तोलाको आज दिउँसो हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । सामान्य भनाभनपछि डिल्लीले गंगालाई करिब १ बजेतिर दाउराले हानेर हत्या गरेको बताइएको छ । मादकपदार्थ सेवन गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको भए पनि थप...
राजस्थानी ऊँट महोत्सवको आकर्षण

राजस्थानी ऊँट महोत्सवको आकर्षण

बागलुङ, २७ पुस । ‘माया जहिले रिसाउनी’ गीतको लयमा ऊँटले खुट्टा र शरीरको चाल मिलाएपछि सबै दङ्ग देखिन्थे । जीवनमा कहिल्यै ऊँटै नदेखेका त झन् ‘उँटको नाच’ हेरेर आश्चर्यमा परे ।  भारतको राजस्थानदेखि दुई हजार ५ सय ५५ किमी यात्रा तय गरेर यहाँ ल्याइएको ऊँट हेर्ने मौका सजिलै मिलेको भने होइन । मरुभूमिमा पाइने ऊँटलाई चिसो हावापानीयुक्त पहाडी भूमिमा देखाउने आँट बागलुङ उद्योग वाणिज्य संघले गरेको हो । ‘सोनु’ ...
error: Content is protected !!