धनकुटा, ९ फागुन । धनकुटा नगरपालिका–१० डुम्म्रे सान्नेमा शिवपञ्चायन मन्दिर निमार्ण गरिएको छ । नौ लाख रुपैया बरावरको लागतमा निमार्ण गरिएको मन्दिरको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।
वडा अध्यक्ष कमल कार्कीले मन्दिर उद्घाटन गरेका हुन् । मन्दिर निमार्णका लागि धनकुटा नगरपालिका, जिल्ला समन्वय समिति तथा स्थानीयबाट आर्थिक संकलन गरिएको स्थानीय सञ्चारकर्मी गोविन्द दाहालले जानकारी दिए ।

मन्दिर तथा धार्मिक स्थल नभएकाले स्थानीयलाई धार्मिक क्रियाकलापमा सहजताका लागि मन्दिर निमार्ण गरिएको मन्दिर व्यवस्थापन समिति सचिव निरवहादुर अधिकारीले वताए ।
मन्दिर उद्घाटन कार्यक्रमको अवसरमा लघुरुद्री, ज्येष्ठ नागरिक सम्मान तथा मन्दिर निमार्णमा सहयोग गर्ने दातालाई सम्मान गरिएको छ । १५ जना ज्येष्ठ नागरिक र २५ जना दातालाई दोसल्ला ओढाएर सम्मान गरिएको शिवपञ्चायन मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।