छ करोडको लागतमा मन्दिर निर्माण

छ करोडको लागतमा मन्दिर निर्माण

बागलुङ, २० फागुन। बागलुङ नगरपालिका–४ कुँडुलेमा निर्माणाधीन श्रीरंगवेंकटेश मुक्तीनारायण मन्दिरको निर्माण अन्तिम चरणमा पुगेको छ । रु छ करोडको लागतमा बन्न लागेको मन्दिरको ८५ प्रतिशत काम पूरा भएको जनाइएको छ । विसं २०४२ मा निर्मित मन्दिर जीर्ण बनेपछि नयाँ बनाउन लागिएको हो । मन्दिर निर्माणमा विभिन्न क्षेत्रबाट दाताको सहयोग जुटेको निर्माण समितिले जनाएको छ । अखण्डज्योति बाबा स्वामी श्रीजी च्यारिटेबल ट्...
विश्वकप छनोटमा नेपालको यात्रा: टेस्ट मान्यता प्राप्त जिम्बाबेसँग भिड्दै नेपाल

विश्वकप छनोटमा नेपालको यात्रा: टेस्ट मान्यता प्राप्त जिम्बाबेसँग भिड्दै नेपाल

काठमाडौँ, २० फागुन।  एक दिवसीय विश्वकप छनोटका निम्ति आज नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्दैछ । खेल जिम्बाबेको घरेलु मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजे खेल शुरु हुनेछ । आज हुने खेलले नेपालको दिशा निर्धारण गर्ने भएकाले नेपाल जित्नै पर्ने दबाबमा छ । पराजित गर्न सके नेपाललाई अघि बढ्न मार्गप्रशस्त हुनेछ । तर नतिजा जिम्बाबेको पक्षमा गएमा विश्वकप छनोटमा नेपालको यात्रा सहज हुनेछैन । टेस्ट...
हुचिल र सालकको मासुसहित दुई जना पक्राउ

हुचिल र सालकको मासुसहित दुई जना पक्राउ

नुवाकोट, २० फागुन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र यहाँको प्रहरीको सहयोगमा तीन हुचिल र सालकको सुकेका मासु (सुकुटी)सहित दुई जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा बेलकोटगढी नगरपालिका–७ रातमाटेका कृष्णलाल श्रेष्ठ र तार्केश्वर गाँउपालिका–२ तारुकाका बलराम श्रेष्ठ रहेको नुवाकोट प्रहरी प्रमुख बसन्त कुँवरले जानकारी दिनुभयो । लामो समयदेखि वन्यजन्तुको ओसारपसार गर्दै आएको जानक...
मोरङ–सुनसरी करिडोर महिला मजदुरको भरमा

मोरङ–सुनसरी करिडोर महिला मजदुरको भरमा

पथरी, मोरङ, २० फागुन ।  गाउँमा पुरुष कमै देखिन्छन् । कामदार खोज्दै उद्योगमा जाँदा पनि मजदुर फेला पर्दैनन् । अन्तत: गर्न सक्ने काममा महिला नै प्रयोग गर्ने निचोडमा पुग्दै यतिबेला मोरङ–सुनसरी करिडोरका दर्जनौँ ठूला उद्योगले महिलालाई कामदारका रुपमा प्रयोग गर्न थालेका छन् । महिला पनि घरमै त्यसै बस्नुभन्दा दैनिक रु ४०० सम्म आम्दानी हुने काममा लाग्न थालेका छन् । अहिले करिडोरका सयभन्दा बढी ठूला उद्योगमा...
धनकुटा महोत्सव आजदेखि सुरु

धनकुटा महोत्सव आजदेखि सुरु

धनकुटा, २० फागुन । धनकुटामा आजबाट प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं चौथो धनकुटा महोत्सव सुरु हुँदैछ । स्थानीय तल्लो टुडिखेलमा सञ्चालन हुँने महोत्सवको मुख्यमन्त्री शेरधन राईले बिहान साँढे ११ बजे उद्घाटन गर्ने कार्यक्रम छ । धनकुटा उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सव फागुन ३० गतेसम्म चल्नेछ । ११ दिनसम्म चल्ने महोत्सवमा कृषि, पर्यटन, स्थानीय उद्योग र उत्पादनलाई प्राथमिकत...
चौविसेको शारदा माविलाई श्रेष्ठले दिए १५ लाखको पुस्तकालय भवन

चौविसेको शारदा माविलाई श्रेष्ठले दिए १५ लाखको पुस्तकालय भवन

धनकुटा, २० फागुन । धनकुटाको चौविसे गाउँपालिका–१ छ नं.वुधवारेको शारदा माध्यमिक बिद्यालयलाई १५ लाख लागतमा निर्माण गरिएको पुस्तकालय भवन हस्तान्तरण गरिएको छ । छ नं.वुधवारे घर भई अमेरिका वस्दै आएका युगेशप्रसाद श्रेष्ठले स्वर्गिय आमा वुवाको स्मृतिमा पुस्तकालय भवन निमार्ण गरि विद्यालयलाई हस्तान्तरण गरेका हुन् । पुस्तकालयका लागि चार कोठे भवन निमार्ण गरि श्रेष्ठले विद्यालयलाई हस्तान्तरण गरेको विद्यालयका ...
छोरी जन्मिए खातामा २५ हजार ! २० वर्ष नपुग्दै बिहे गरे रकम नपाइने

छोरी जन्मिए खातामा २५ हजार ! २० वर्ष नपुग्दै बिहे गरे रकम नपाइने

काठमाडौं, २० फागुन। रुपन्देहीको ओमसतिया गाउँपालिकाले छोरी जन्मिए मुद्दती खाता खोलेर २५ हजार जम्मा गर्ने कार्यक्रम ल्याएको छ । लिंग पहिचान गरी छोरी भएमा गर्भपतन गर्ने क्रम बढेपछि त्यसलाई निरुत्साहित गर्न गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको हो । छोरीको पहिचान गरी गर्भपतन नगरून भनेर स्थानीय तहले विशेष अभियान सञ्चालनको तयारी गरेको हो । गाउँपालिकाले चालू आर्थिक वर्षमा एक करोड २१ लाख बजेट बिनियोेजन गर...
कांग्रेस संसदीय दलको निर्वाचन सोमबार हुदैँ, देउवालाई दुईतिहाइ मतले जिताउने प्रयास

कांग्रेस संसदीय दलको निर्वाचन सोमबार हुदैँ, देउवालाई दुईतिहाइ मतले जिताउने प्रयास

काठमाडौं, २० फागुन । नेता रामचन्द्र पौडेलले सर्वसम्मत रूपमा संसदीय दलको नेता बन्न नदिने भएपछि कांग्रेस संस्थापन पक्षले सभापति शेरबहादुर देउवालाई दुईतिहाइ मतले जिताउने प्रयास थालेको छ । संस्थापन पक्षका नेताहरू शनिबार दिनभर पौडेल पक्षका सांसद्हरूसँग भेटघाट तथा छलफलमा व्यस्त रहे । आफैँ प्रधानमन्त्री भएका वेला गरेका तीनवटै निर्वाचनमा पार्टीले अप्रत्यासित पराजय व्यहोरेकाले नैतिकताका आधारमा दलको नेता...
ठेकेदारले बढी मूल्य पाएपछि अनुदानको चामल बाटोमै बिक्री

ठेकेदारले बढी मूल्य पाएपछि अनुदानको चामल बाटोमै बिक्री

काठमाडौं, २० फागुन । नेपाल खाद्य संस्थानको कालिकोट थिर्पु डिपोबाट बिक्री हुनुपर्ने चामल ठेकेदारले बढी मूल्य पाएपछि बीचबाटोमै बिक्री गर्ने गरेको पाइएको छ । कारोबार दैनिकका अनुसार संस्थानको डिपो कार्यालय पलाता गाउँपालिकाको थिर्पुमा ९ सय २० रुपैयाँमा बिक्री गर्नुपर्ने चामल बाटोमै बिक्री भएको हो । बंगालादेशी उसिना मोटो चामल विशाल निर्माण सेवा र सिद्धार्थ ढुवानी सेवाले पचाल झरनाको जारकोटबाट ९ सय ८० रु...
भूकम्पपीडितको पैसाबाट ब्याज कमाउँदै बैंक

भूकम्पपीडितको पैसाबाट ब्याज कमाउँदै बैंक

काठमाडौं, २० फागुन। भूकम्पपीडितका लागि घर पुनर्निर्माण गर्न सरकारले दिएको अनुदान रकम अर्कै खातामा राखी बैंकहरुले ब्याज कमाउने गरेको भेटिएको छ । कान्तिपुर दैनिकका अनुसार सीधै लाभग्राहीको खातामा राखेर वितरण गर्नुपर्नेमा केही बैंकहरुले ‘सन्ड्री खता’ मा राखेर अन्यत्र लगानी गरी ब्याज कमाउने र न्यूनतम तरलता व्यवस्थापनका लागि उक्त रकम प्रयोग गर्ने गरेको भेटिएको हो । भूकम्पपीडितको गुनासोका आधारमा स्थल...
यस्तो बन्दै छ एकीकृत पार्टीको सांगठनिक संरचना

यस्तो बन्दै छ एकीकृत पार्टीको सांगठनिक संरचना

काठमाडौं, २० फागुन। एमाले र माओवादीले पार्टी एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको सांगठनिक संरचनाबारे छलफल केन्द्रित गरेका छन् । संघीय ढाँचाअनुसार केन्द्रीय कमिटीको आकार र संरचना कस्तो बनाउने भन्ने अनौपचारिक छलफलमा उनीहरू व्यस्त छन् । एकीकृत पार्टीको केन्द्रीय कमिटीको आकार १ सय ५० कि ३ सय ५० सदस्यीय भन्नेमा छलफल चलिरहेको कार्यदलका एक सदस्यले बताए । १ सय ५० सदस्यीय नभए अहिलेको एमालेको २ सय ...
२०७४ फागुन २० गते आइतबारको राशिफल

२०७४ फागुन २० गते आइतबारको राशिफल

वि.सं. २०७४ साल फागुन २० गते। आइतबार। इश्वी सन् २०१८ मार्च ४ तारिख। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– तृतीया, २७:१५ बजेउप्रान्त चतुर्थी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रयत्न गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ। अधिकारका लागि संघर्षमा उत्रनुपरे पनि प्रतिद्वन्द्वीलाई परास्त गर्न सकिनेछ। प्रतिस्पर्धाले थप हिम्मत जुटाउला। केही चुनौतीहरू देख...
पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनुहुन्न : नेता थापा

पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनुहुन्न : नेता थापा

चितवन १९ फागुन । नेपाली काँग्रेसका नेता गगन थापाले अहिलेको परिवेशमा पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनु उपयुक्त नभएको बताउनुभएको छ ।  थापाले आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीलाई पूर्ववत् अवस्थामा फर्काउनुपर्ने महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै उहाँले दुई तिहाई बहुमत पु¥याउन लागेको कम्युनिष्ट सरकारसँग संसद्मा भिड्नुपर्ने भएकाले एकै व्यक्तिले दुई मोर्चामा रहेर काम गर्न नसक...
बार्षिक ५० लाख पर्यटक भित्रयाउँछौ : मुख्यमन्त्री पोखरेल

बार्षिक ५० लाख पर्यटक भित्रयाउँछौ : मुख्यमन्त्री पोखरेल

काठमाडौं, १९ फागुन । लुम्बिनीमा वार्षिक पर्यटक आगमनमा कमी भइरहेको बेला प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले बार्षिक ५० लाख पर्यटक भित्रयाउने बताएका छन् । सो कुरा उनले आज शनिवार बुद्धजन्म स्थल लुम्बिनी साँस्कृतिक नगरपालिकाद्वारा खुल्ला दिसामुक्त समारोहलाई सम्बोद्धन गर्दै बताएका हुन् । आफनो जिम्मेवारी सम्हालेको पहिलो पटक बुद्धजन्मस्थल लुम्बिनीमा सार्वजनिक समारोहमा बोल्दै मुख्यमन्त्री पोखरे...
सिटी सेन्टरकाे चौथो तलाबाट खसालेर सुरक्षा गार्डको हत्या, यस्ताे छ हत्याकाे रहस्य

सिटी सेन्टरकाे चौथो तलाबाट खसालेर सुरक्षा गार्डको हत्या, यस्ताे छ हत्याकाे रहस्य

काठमाडौं, १९ फागुन । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरका सुरक्षा गार्ड रविन भुजेलको हत्या भएको पुष्टि भएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा मृतक भुजेलको अाफ्नै साथिबाट हत्या भएकाे खुलेकाे हाे। महानगरीय प्रहरी परिसर काठमाडौं र वृत्त कमलपोखरीको संयुक्त टोलीले गरेको अनुसन्धानमा मृतक भुजेललाई अत्यधिक मदिरा सेवन गराई मलको चौथो तत्लाबाट तल फ्याकेको खुलेको हो। परिसरले नियन्त्रणमा लिएका चारजनालाई ...
भाइरल भयाे स्तनपान गराउँदै गरेकी आमाको फोटो

भाइरल भयाे स्तनपान गराउँदै गरेकी आमाको फोटो

एउटा भारतीय पत्रिको कभर पृष्ठमा छापिएको मोडलको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । बच्चालाई निवस्त्र स्तनपान गराइरहेको एउटा भारतीय मोडलको फोटोले सामाजिक सञ्जालमा बहस सिर्जना गरेको छ । तस्वीरलाईको विषयलाई लिएर थुप्रै टिकाटिप्पणी उठिरहेका छन् । केरलाबाट प्रकाशित ‘घरलक्ष्मी’ पत्रिकाको कभरमा मोडेल गिलु जोसफले आफ्नो छातीमा बच्चालाई दूध चुसाएको देखाउँदै क्यामरामा हेरिएको तस्वीर छ । तस्वीर सैग लेखिएक...
धनकुटा महोत्सवको तयारी पुरा

धनकुटा महोत्सवको तयारी पुरा

धनकुटा, १९ फागुन । धनकुटामा आईतबारदेखि सुरु हुँने प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं चौथो धनकुटा महोत्सवको तयारी पुरा भएको छ । आयोजक धनकुटा उद्योग बाणिज्य संघले शनिवार महोत्सव स्थल तल्लो टुडिखेलमा पत्रकार सम्मेलन गरी महोत्सवको सम्पूर्ण तयारी सकिएको जानकारी दिएको हो । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आईतबार विहान साढे ११ बजे महोत्सव उद्घाटन गर्ने कार्यक्रम तय गरिएको...
गुटबन्दीका कारण महिलालाई नेतृत्वमा स्थापित गर्न सकिएन : नेता खनाल

गुटबन्दीका कारण महिलालाई नेतृत्वमा स्थापित गर्न सकिएन : नेता खनाल

काठमाडौं, १९ फागुन । मोतीदेवी स्मृति प्रतिष्ठानले समाजको विविध विधाको विकासमा योगदान गर्ने आठ महिलालाई आज सम्मान गरेको छ । सम्मानित हुनेमा राजनीतिकर्मी उतरा कोइराला, कलाकार निशा शर्मा, पत्रकार संगीता लामा, समाजसेवी सुवर्ण केशरी, खेलाडी निरा कायस्थ, अपांगता भएकी संगीता पन्त, दलित अधिकारकर्मी रामरति राम र आरोही चुनु श्रेष्ठ हुनुहुन्छ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले उहाँहरुलाई सम्मान गर्...
यसरी हुँदैछ संघीय संसदको पहिलो अधिवेशन

यसरी हुँदैछ संघीय संसदको पहिलो अधिवेशन

काठमाडौं, १९ फागुन । संघीय संसद्को प्रथम ऐतिहासिक अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । नेपालको संविधानअनुसार प्रतिनिधिसभाको निर्वाचनपछि गठन भएको संघीय संसद्को पहिलो बैठक आइतबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्न लागेको हो । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण अपराह्न १६ः०० बजे र राष्ट्रियसभाका सदस्यको शपथ ग्रहण १७ः०० बजेका लागि तय भएको छ । दोस्रो सं...
भारतले बनाएको किर्तिमान तोड्न टुँडिखेलमा उर्लियो मानवसागर

भारतले बनाएको किर्तिमान तोड्न टुँडिखेलमा उर्लियो मानवसागर

काठमाडौं, १९ फागुन। काठमाडौँको टुँडिखेलमा शनिबार धम्मपद (बुद्ध वचन) वाचन कार्यक्रममा हजारौँको संख्या सर्वसाधारण सहभागी भएका छन् । बुद्धवचनलाई एकैपटक वाचन गरी विश्व कीर्तिमान कायम गराउन आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमबाट विश्व किर्तिमान बनाउनका साथै बौद्ध दर्शन अन्तर्राष्ट्रिय रुपमा फैलाउने उद्देश्यले ‘बुद्ध ...
छिरिङ शेर्पाको हत्या आरोपी पक्राउ

छिरिङ शेर्पाको हत्या आरोपी पक्राउ

काठमाडौँ, १८ फागुन। महानगरीय प्रहरी परिसर काठमाडौँले सिन्धुपाल्चोक घर भई चुच्चेपाटी बस्दै आएका २५ वर्षीय छिरिङ शेर्पाको हत्याका अभियोग लागेका विकास तामाङलाई आज बिहान पक्राउ गरेको छ । परिसरबाट खटिएको टोलीले अभियुक्त सिन्धुपाल्चोक घर भई चुच्चेपाटी बस्ने १८ वर्षीय तामाङलाई बिहान ७ः३० बजे चाबहिलबाट पक्राउ गरेको हो । अभियुक्त तामाङले पुरानो रिसइबीका कारण विवाद भएपछि शेर्पालाई बिहीबार बेलुका ८ः४० बजे ध...
राष्ट्रिय वाणिज्य बैंकको एक्स्टेन्सन शाखा शुरु

राष्ट्रिय वाणिज्य बैंकको एक्स्टेन्सन शाखा शुरु

संखुवासभा, १९ फागुन। व्यापारिक बजार चैनपुर नगरपालिका–३ र ५ का बीचमा रहेको सुन्दर पोखरी बजारमा राष्ट्रिय वाणिज्य बैंकको एक्स्टेन्सन शाखा सञ्चालन गरिएको छ । प्रतिनिधिसभामा नवनिर्वाचित सांसद राजेन्द्रप्रसाद गौतमले बैंकिङ सेवाको शुक्रबार उद्घाटन गर्दै बैंक चाँडै शाखाका रुपमा स्थापित हुन सफल रहने विश्वास व्यक्त गर्नुभयो । प्रदेशसभाका सदस्य तुलसीप्रसाद न्यौपानेले उद्यमी, व्यापारी र किसानले व्यवसायी र...
कान्तिपुर दैनिकको पेशी आइतबार

कान्तिपुर दैनिकको पेशी आइतबार

काठमाडौँ, १८ फागुन।  सर्वोच्च अदालतले अवहेलनासम्बन्धी मुद्दामा कान्तिपुर मिडिया गु्रपको पेशी आइतबारका लागि तोकेको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले बयानका लागि आज पेशी तोकेको हो । कान्तिपुरको समूह बयान दिनका लागि उपस्थित भए पनि समयाभावका कारण बयान लिन नभ्याइएपछि यही फागुन २० गतेका लागि पेशी तोकिएको हो । फागुन १३ गते अदालतले कान्तिपुर मिडिया गु्रपलाई अदालतको अवहेलनासम्बन्धी मुद्...
क्रिकेटर सन्दीपको अर्को उपलब्धि

क्रिकेटर सन्दीपको अर्को उपलब्धि

काठमाडौं, १९ फागुन । नेपाली राष्ट्रिय क्रिकेटर सन्दिप लामिछाने क्रिकेट वेष्ट इण्डिजको आयोजनामा हुने क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा अनुबन्धित भएका छन् । सन्दिपलाई बिहीबार राति इंग्ल्याण्डमा भएको अक्सनमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले ५ हजार डलरमा खरिद गरेको हो । इन्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) मा अनुबन्धित भएर चर्चामा आएका सन्दिप क्यारेवियन प्रिमियर लिगमा समेत खेल्ने भएपछि उनक...
घूस बाँडफाँटमा कुरा नमिल्दा कर्मचारीबीच कुटाकुट !

घूस बाँडफाँटमा कुरा नमिल्दा कर्मचारीबीच कुटाकुट !

काठमाडौं, १९ फागुन । हाकाहाकी घूस लिने कैलाली मालपोत र नापी कार्यालयका केही कर्मचारीबीच रकम बाँडफाँटको विषयलाई लिएर कार्यालयभित्रै कुटाकुट भउको छ । प्रहरीले कुटपिटमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर छाडेको छ। कुटाकुटमा १ जना सख्त घाइते भएका छन् । कान्तिपुर दैनिकका अनुसार बिहीबार कार्यालय समयमै कर्मचारीबीच घूस रकम बाँडफाँटका विषयमा कुटपिट भएपछि प्रहरीले ६ कर्मचारीलाई पक्राउ गरेको थियो । ‘मालपोत का...
सत्ता बाँडफाँटको छलफलले आइतबारसम्म निकास पाउने

सत्ता बाँडफाँटको छलफलले आइतबारसम्म निकास पाउने

काठमाडौं, १९ फागुन। एमाले अध्यक्ष केपी ओली र संघीय फोरम अध्यक्ष उपेन्द्र यादवबीच मंसिर अन्तिम साताबाट सुरु भएको सत्ता बाँडफाँटको छलफलले आइतबारसम्म निकास पाउने भएको छ । प्रधानमन्त्री ओली दुई पार्टीबीच बाँडफाँटको टुंगो लागेपछि आइतबारै सरकारलाई पूर्णता दिने तयारीमा छन् । फोरमले मन्त्रिपरिषद्मा दोस्रो वरीयतासहित तीन मन्त्री र एक राज्यमन्त्री अथवा दुई मन्त्री, एक राज्यमन्त्री र उपसभामुख मागेपछि वार्ता...
प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३३४ सांसदमध्ये ४२ ले मातृभाषामा शपथ लिँदै

प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३३४ सांसदमध्ये ४२ ले मातृभाषामा शपथ लिँदै

काठमाडौं, १९ फागुन । प्रतिनिधिसभाका ३६ र राष्ट्रिय सभाका ६ गरी ४२ जना सांसदले नेपालीबाहेक विभिन्न मातृभाषामा शपथ लिने भएका छन् । संसद् सचिवालयले नेपालीबाहेकका भाषामा शपथ लिने सांसदलाई निवेदन दिन शुक्रबारसम्मको समय तोकेको थियो । नेपाली भाषामा शपथ लिनेले भने निवेदन दिनु नपर्ने व्यवस्था छ । तोकिएको समयभित्र ४२ निवेदन परेका छन् । आइतबार सांसदहरूको शपथ हुँदै छ । सचिवालयमा प्राप्त निवेदनअनुसार मैथली ...
कर्मचारी र व्यापारीको मिलेमतोमा लुटिन्छ दैनिक ३५ करोड

कर्मचारी र व्यापारीको मिलेमतोमा लुटिन्छ दैनिक ३५ करोड

काठमाडौं, १९ फागुन। भन्सारका कर्मचारी र आयातित व्यापारमा संलग्न उद्योगी–व्यापारीबीचको मिलेमतोमा राज्यले दैनिक करोडौं रुपैयाँ राजस्व गुमाउँदै आएको खलेको छ । चार दिनअघि अर्थमन्त्री बनेका युवराज खतिडवडाले विभिन्न स्थानमा रहेका भन्सार कार्यालयका प्रमुखहरूलाई काठमाडौंमा बोलाएर कडा निर्देशन दिएकै दिन (शुक्रबार) मुलुकभरका भन्सार नाकाबाट करिव ३५ करोड रुपैयाँ राजस्व बढी उठेकाले मिलेमतोमा दैनिक करोडौं रुपै...
मस्यौदा निर्माणमा ढिलाइ, एक वर्षभित्र संशोधन नभए पुराना ऐन स्वतः खारेज हुने

मस्यौदा निर्माणमा ढिलाइ, एक वर्षभित्र संशोधन नभए पुराना ऐन स्वतः खारेज हुने

काठमाडौं, १९ फागुन। नयाँ संविधानले निर्देश गरेका विभिन्न ऐनको मस्यौदा निर्माणमा ढिलाइ भएको छ । संविधानअनुसार संघीय संसद्ले २६, प्रदेशले २२ र स्थानीय तहले ६ वटा ऐन बनाउनुपर्नेछ । ११० कानुन बनाउनुपर्ने निर्देश संविधानले संघीय संसद्लाई गरेको भए पनि ८४ वटा विधेयक भने यसअघि नै व्यवस्थापिका–संसद्ले पारित गरिसकेको छ । केन्द्रीय सरकारले आवश्यक ऐनको मस्यौदा निर्माणमा ढिलाइ गर्दा २१ फागुनदेखि सुरु हुने स...
२०७४ फागुन १९ गते शनिबारको राशिफल

२०७४ फागुन १९ गते शनिबारको राशिफल

वि.सं. २०७४ साल फागुन १९ गते। शनिबार। इश्वी सन् २०१८ मार्च ३ तारिख।नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– द्वितीया, २७:५४ बजेउप्रान्त तृतीया।  मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) व्यापारलगायत आर्थिक लाभ हुने काममा जुट्ने समय छ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ। र्इर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। तर सोखले खर्च बढ...
धनकुटाको बडहरे सामुदायिक बनमा आगलागी, आगो अनियन्त्रित हुँदा बजारक्षेत्र जोखिममा

धनकुटाको बडहरे सामुदायिक बनमा आगलागी, आगो अनियन्त्रित हुँदा बजारक्षेत्र जोखिममा

धनकुटा, १८ फागुन । धनकुटा नगरपालिका–५ कोे बडहरे सामुदायिक बनमा आगलागी भएको छ । बालमन्दिर क्षेत्र भन्दा तल रहेको सो सामुदायिक बनमा अपरान्ह ४ बजेबाट आगलागी सुरु भएको हो । प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यो समाचार तयार पार्दा सम्म आगो नियन्त्रणबाहिर छ । आगो अनियन्त्रित भएकाले बालमन्दिर बजार क्षेत्र जोखिममा रहेको सामुदायिक बन उपभोक्ता ...
error: Content is protected !!