आज श्रीपञ्चमी मनाइँदै

आज श्रीपञ्चमी मनाइँदै

काठमाडौँ, ८ माघ। प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो...
२०७४ माघ ८ गते सोमबारको राशिफल

२०७४ माघ ८ गते सोमबारको राशिफल

वि.सं. २०७४ साल माघ ८ गते। सोमबार। इश्वी सन् २०१८ जनवरी २२ तारिख। नेपाल संवत् ११३८ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– पञ्चमी, १२:५७ बजेउप्रान्त षष्ठी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) खर्च बढ्नुका साथै अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला। तत्काल लाभ उठाउ...
धनकुटामा यसरी हुँदैछ निषेधाज्ञा उल्लंघन (भिडियोसहित)

धनकुटामा यसरी हुँदैछ निषेधाज्ञा उल्लंघन (भिडियोसहित)

धनकुटा, ८ माघ । धनकुटामा गत बिहीबारदेखि प्रशासनले अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको भएपनि पछिल्लो केहि दिनयता निषेधाज्ञा उल्लंघनको क्रम बढ्दै गएको छ । निषेधाज्ञा उल्लंघन गर्दै धनकुटा बजारका बिभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरिएको छ । सरकारी निर्णयको बिरोध गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासमेत जलाईएको छ । भिडियो हेर्नुहोस् ....    
वीपी प्रतिष्ठानमा औषधी बिचौलियाको बिगविगी

वीपी प्रतिष्ठानमा औषधी बिचौलियाको बिगविगी

धरान, ७ माघ । चारपाने झापाकी २६ वर्षीय करुणा वाग्ले (नाम परिवर्तन) लाई गत साता सुत्केरी व्यथाले च्यापेपछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइयो । साँझ ७ बजेतिर ल्याइएकी अनितालाई व्यथाले च्यापेपनि नर्मल डेलीभरी हुन सकिरहेको थिएन । प्रतिष्ठानको गाईनो वार्डका चिकित्सकले करुणाका श्रीमानलाई अप्रेसन गर्न सुझाए । करुणा पहिलो पटक गर्भवती भएकाले श्रीमानले रिक्स लिन चाहेनन् ।...
सूचनाको हक नागरिकमा पु¥याउनु जरुरी

सूचनाको हक नागरिकमा पु¥याउनु जरुरी

काठमाडौँ, ७ माघ। सार्वजनिक सरोकारका विषयमा सूचना पाउने नागरिकको अधिकारलाई जनस्तरसम्म पु¥याउनुपर्ने जरुरी देखिएको छ । नेपाल पत्रकार महासंघले आज आयोजना गरेको ‘सूचनाको हकमा महिला पत्रकारको पहँुच’ विषयक अन्तक्र्रियामा राष्ट्रिय सूचना आयोगका आयुक्त तथा प्रवक्ता यशोदा तिम्सिनाले सार्वजनिक सरोकारका विषयमा सूचना पाउने नागरिकको अधिकारलाई जनस्तरसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो । उहाँले समुन्नत र समृद्...
इरानी राष्ट्रपतिद्वारा इराकको अखण्डताको पक्षमा प्रतिवद्धता

इरानी राष्ट्रपतिद्वारा इराकको अखण्डताको पक्षमा प्रतिवद्धता

तेहरान, इरान, ७ माघ। इरानी राष्ट्रपति हसन रौहानीले आफ्नो मुलुक ‘एकिकृत तथा अखण्ड राज्यको पक्षमा’ रहेको बताउनुभएको इराकको राज्य सञ्चालित टेलिभिजनले आइतबार जनाएको छ । सवै क्षेत्रीय राज्य तथा जातिया समूहहरू आफ्नो दायित्वप्रति जिम्मेवार बन्दै इराकमा संघीय प्रशासनको पक्षमा रहेका र आन्तरिक सिमांकनमा सहयोग गर्ने रौहानीले आइतबार इराकी कुर्दिस्तान राज्यका प्रधानमन्त्री निचिर्वान बार्जानीसँगको कुराकानी...
धनकुटामा प्रधानमन्त्री देउवाको पुत्ला दहन

धनकुटामा प्रधानमन्त्री देउवाको पुत्ला दहन

धनकुटा, ७ माघ । सरकारले १ नम्बर प्रदेशको अस्थायी मुकाम बिराटनगर तोकेपछि आन्दोलन चर्काएका धनकुटाबासीले आईतबार प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् । हुलाकटोल स्थित चुवाको बोट चौक नजिक साँझ देउवाको पुत्ला दहन गरिएको हो । पुत्ला दहन गर्दै जिल्लाबासीले सरकार बिरुद्ध प्रदर्शन गरेका थिए । देउवा सरकारले धनकुटालाई उपेक्षा गर्दै भारतीय सिमा क्षेत्रमा अस्थायी मुकाम तोकेको बिरोधमा पुनः देउवा...
अमेरिकी उपराष्ट्रपति खर्च विधेयक विफल बनाइएकोमा आक्रोसित

अमेरिकी उपराष्ट्रपति खर्च विधेयक विफल बनाइएकोमा आक्रोसित

वासिङ्टन, संयुक्त राज्य अमेरिका, ६ माघ। अमेरिकी माथिल्लो सदन (सिनेट) सरकारको खर्चसम्बन्धी विधेयक विफल बनाएको भन्दै अमेरिकी सिनेटको आलोचना गर्नुभएको छ । खर्चसम्बन्धी कानून अभावका कारण सरकारी कामकाजमा समस्या आएको भन्दै विदेशमा लड्न पठाइएका सेनालाई तलब खुवाउनसमेत समस्या हुनेगरी अमेरिकी कङ्ग्रेसमा राजनीति भएको भन्दै उहाँ आक्रोशित बन्नुभएको छ । विधेयक पारित नभएपछि अब धेरै सरकारी सेवामा प्रभाव पर्न...
हाब्रेको छालासहित चारजना पक्राउ

हाब्रेको छालासहित चारजना पक्राउ

काठमाडौँ, ७ माघ। नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरोले संरक्षित वन्यजन्तु हाब्रेको छालासहित चारजनालाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले अवैधरुपमा हाब्रेको दुई थान छाला ओसारपसार गरी खरिद बिक्री गर्न लागेको अवस्थामा बूढानीलकण्ठबाट मकवानपुरका विनोदकुमार राना, स्याङ्जाका हर्कबहादुर आले, नुवाकोटका राजकुमार तामाङ र भोजपुरका ध्यानबहादुर राईलाई आज पक्राउ गरेको हो । पक्राउ परेकालाई राष्ट्...
शेयर खरिद गर्न उक्साउनेलाई कारबाही

शेयर खरिद गर्न उक्साउनेलाई कारबाही

काठमाडौँ, ७ माघ। नेपाल धितोपत्र बोर्डले गलत तवरले शेयर खरिद गर्न उक्साएको भन्दै प्रज्ञान सेक्युरेटिजलाई रु ७५ हजार जरिवाना गरेको छ । बोर्डले आज जारी गरेको विज्ञप्तिअनुसार भाइबरमा सन्देश पठाएर सो कम्पनीका विराटनगर शाखा प्रमुखले सिभिल बैंकको शेयर खरिद गर्न प्रोत्साहित गरेको पाइएकाले कारबाही गरिएको हो । सिभिल बैंकको साधारणसभा अगावै ४० प्रतिशत हकप्रद आउने, शेयर किन्दा राम्रो छ, फाइदा गराउने जि...
अध्यक्ष ओलीलाई प्रम मोदीद्वारा टेलिफोन

अध्यक्ष ओलीलाई प्रम मोदीद्वारा टेलिफोन

काठमाडौँ, ७ माघ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आज अपराह्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गर्नुभएको छ । अध्यक्ष ओली र प्रधानमन्त्री मोदीको फोन वार्तामा अंग्रेजी नयाँ वर्ष २०१८ को शुभकामना आदानप्रदान भएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । प्रधानमन्त्री मोदीले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिनुभएको बताइएको छ । मोदीले अध्य...
प्रदेशसभा सदस्यद्वारा शपथ

प्रदेशसभा सदस्यद्वारा शपथ

धनगढी, ७ माघ । प्रदेश नं ७ का प्रदेशसभा सदस्यले आइतबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रत्यक्ष र समानुपातिक गरी ५३ प्रदेशसभा सदस्य रहेको प्रदेश नं ७ का ५२ जनाले शपथ लिनुभएको छ । शपथ ग्रहणमा डोटीबाट निर्वाचित प्रदेशसभा सदस्य भरतबहादुर खड्का अनुपस्थित रहनुभयो । प्रदेश नं ७ का प्रमुख मोहनराज मल्लले ज्येष्ठ सदस्य ७४ वर्षीय दिव्यश्वरी शाहलाई शपथ खुवाउनुभयो । त्यसपछि ज्येष्ठ सदस्य शाहले अ...
अध्यक्ष ‘प्रचण्ड’–उत्तर कोरियाली राजदूत भेटवार्ता

अध्यक्ष ‘प्रचण्ड’–उत्तर कोरियाली राजदूत भेटवार्ता

काठमाडौँ, ७ माघ। नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उत्तर कोरियाका राजदूत किम योङ हकले भेटवार्ता गर्नुभएको छ । माओवादी केन्द्रको पार्टी कार्यालय, पेरिसडाँडामा आज भएको भेटमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि एमाले र माओवादी केन्द्रबीचको एकता छिट्टै टुंगोमा पुग्न लागेको बताउनुभएको उहाँका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । अध्यक्ष दाहालले कोरि...
धनकुटामा निषेधाज्ञा उल्लंघन गर्दै प्रदर्शन चर्कियो (फोटो फिचरसहित)

धनकुटामा निषेधाज्ञा उल्लंघन गर्दै प्रदर्शन चर्कियो (फोटो फिचरसहित)

धनकुटा, ७ माघ । प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्दै आन्दोलनकारी प्रदर्शनमा उत्रिएपछि आज धनकुटाको माहोल असान्त बनेको छ । आन्दोलनकारीले धनकुटा बजारका दर्जन बढी स्थानमा टायर बालेर सरकारी निर्णय बिरुद्ध प्रदर्शन गरेका छन् । बिराटनगरलाई १ नम्बर प्रदेशको अस्थायी मुकाम तोक्ने सरकारी निर्णय खारेज गरी धनकुटालाई प्रादेशिक राजधानी घोषणाको माग गर्दै प्रदर्शन गरिएको हो । हुलाकटोल, चुवाको बोट चौक, मद...
हेलिकोप्टर दुर्घटनामा दुई अमेरिकी सैन्य विमान चालकको मृत्यु

हेलिकोप्टर दुर्घटनामा दुई अमेरिकी सैन्य विमान चालकको मृत्यु

लस एन्जेलस, ७ माघ। अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ । शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा परेको फक्स न्युज च्यानलले समाचार प्रसारण गरेको छ । दुर्घटनामा परी एकजना विमान चालक र अर्का सहचालकको मृत्यु भएको सो समाचारमा जनाइएको छ । पेन्टागनका सैन्य प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जेसन एस ब्राउनल...
खुकुरी टि–ट्वान्टी क्रिकेट माघ १० देखि

खुकुरी टि–ट्वान्टी क्रिकेट माघ १० देखि

काठमाडौँ, ७ माघ। खुकुरी इएनटीको आयोजनामा दोस्रो खुकुरी च्यालेन्ज टि–ट्वान्टी कप क्रिकेट प्रतियोगिता यसै सातादेखि शुरु हुँदैछ । यही माघ १० देखि फागुन ५ गतेसम्म चल्ने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष अध्यक्ष विनयविक्रम थापाले जानकारी दिनुभयो । इएनटीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार कीर्तिपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदान र मूलपानी क्र...
कृषि विकास बैंकबाट आठ खर्ब ६९ अर्ब ऋण प्रवाह

कृषि विकास बैंकबाट आठ खर्ब ६९ अर्ब ऋण प्रवाह

काठमाडौँ, ७ माघ।  कृषि विकास बैंक लिमिटेडले आव २०७३/७४ मा रु दुई अर्ब ५७ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकले आज स्थापनाको ५१औँ वार्षिकोत्सवका अवसरमा आव २०७३/७४ मा ४ अर्ब २३ करोड सञ्चालन मुनाफा आर्जन भएको जानकारी दियो । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको कर्जा ११.२६ प्रतिशत, साँवा असुली १३.४२ प्रतिशत, ब्याज असुली १७.६६ प्रतिशत तथा निक्षेप संकलनमा १३.८४ प्रतिशतले वृद्धि भएको छ । आव २०७३/७४ क...
समन्वय नहुँदा सेजमा विद्युत् उपलब्ध गराउन समस्या

समन्वय नहुँदा सेजमा विद्युत् उपलब्ध गराउन समस्या

काठमाडौँ, ७ माघ। उद्योग मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणबीच काममा समन्वय हुन नसक्दा भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज)मा विद्युत् उपलब्ध गराउने कार्यतालिका पर धकेलिँदै गएको छ । प्राधिकरणले विशेष आर्थिक क्षेत्रमा आगामी चैतभित्रमा विद्युत् उपलब्ध गराउने वचन दिए पनि सेज आफँैले निर्माण गर्नुपर्ने सवस्टेशन निर्माणमा ध्यान दिन नसक्दा समस्या उत्पन्न भएको हो । उद्योग मन्त्रालयका सचिव या...
रानीपोखरी पुनःनिर्माणबारे विज्ञ समूहले बुझायो प्रतिवेदन

रानीपोखरी पुनःनिर्माणबारे विज्ञ समूहले बुझायो प्रतिवेदन

काठमाडौँ, ७ माघ। रानीपोखरीको पुनःनिर्माणका लागि गठिते विज्ञ समूहले आज काठमाडौँ महानगरपालिका प्रमुखलाई प्रतिवेदन बुझाएको छ । पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले कामपा प्रमुख विद्यासुन्दर शाक्यलाई बुझाएको प्रतिवेदनमा यसअघि रानीपोखरी मल्लकालीन शैलीमा निर्माण गरिएकाले सोहीअनुरुप नै निर्माण गर्न सुझाव दिइएको छ । यसअघि पुनःनिर्माणका सम्बन्धमा प्रयोग गरिएको कङ्क्रिट नष्ट गरी पुरानै ...
पिण्डदान गर्न भारत पुग्ने नेपाली ठगिन्छन्

पिण्डदान गर्न भारत पुग्ने नेपाली ठगिन्छन्

बनारस, भारत, ७ माघ।  प्रसिद्ध धार्मिकस्थल बनारस र गयामा नेपाली ठगिने गरेका छन् । धार्मिक आस्था र विश्वासका साथ तर्पण र श्राद्ध गर्न त्यहाँ पुगेका नेपाली धर्मका नाममा स्थानीय पुरोहितबाटै ठगिने गरेका हुन् । बनारसमा स्थानीय पुरोहितले नेपालीका लागि भनेर मुण्डन गर्ने स्थान छुट्याएर पैसा लिने गरेका छन् भने गयामा स्थानीय पुरोहितले पूजाआजा तथा श्राद्ध गर्ने स्थान पैसा तिरेर किन्नुपर्ने बाध्यतामा पार्...
घोषणापत्र जारी गर्दै काँग्रेस भेला सम्पन्न

घोषणापत्र जारी गर्दै काँग्रेस भेला सम्पन्न

भक्तपुर, ७ माघ। नेपाली काँग्रेसको शुद्धीकरण तथा सुदृढीकरण राष्ट्रिय अभियानअन्तर्गत यहाँबाट शुरु भएको पहिलो काँग्रेस भेला पार्टीलाई गुट उपगुटबाट मुक्त गर्नुपर्ने लगायत बुँदा राखिएको घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । ‘हाम्रो अभियान हाम्रो काँग्रेस’ भन्ने नाराका साथ नेपाली काँग्रेस शुद्धीकरण तथा सुदृढीकरणका लागि सात प्रदेशबाट सहभागी काँग्रेस नेताहरुको भेला घोषणापत्र जारी गर्दै सम्पन्न भएको न...
पैंतालिस अर्ब ऋण सहयोग

पैंतालिस अर्ब ऋण सहयोग

काठमाडौँ, ७ माघ।  विश्व बैंकले नेपालको सामाजिक– आर्थिक विकासका क्षेत्रमा दूरगामी प्रभाव पार्ने तीनवटा परियोजना कार्यान्वयन गर्न रु ४४ अर्ब ८२ करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । बैंकले व्यावसायिक शिक्षा तथा तालीम परियोजना ( दोस्रो चरण), पशुपालन नवप्रवर्तन परियोजना र भूकम्पेत्तर आवासीय भवन पुनःनिर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई ऋणस्वरूप उक्त रकम उपलब्ध गराउन लागेको हो ...
उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरियामा

उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरियामा

सोल, ७ माघ। उत्तर कोरियाली सरकारी अधिकारीहरु सम्मिलित एक प्रतिनिधिमण्डल आइतबार दक्षिण कोरिया पुगेको समाचार छ । अर्काे महिना दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलकूदमा उत्तर कोरियाको सहभागिता सुनिश्चित भएकोले सो खेलमा आफ्नो सहभागिताका लागि आवश्यक तयारीको अनुगमन र निरीक्षण गर्न सो प्रतिनिधिमण्डल सोल पुगेको हो । यो स्तरको उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरिया प्रवेश गर...
काबुलको पाँचतारे होटलमा आक्रमण, छ जनाको मृत्यु, होटलका पाहुनाको उद्वार गरिँदै

काबुलको पाँचतारे होटलमा आक्रमण, छ जनाको मृत्यु, होटलका पाहुनाको उद्वार गरिँदै

काबुल, ७ माघ। अफगानिस्तानको राजधानी काबुलमा रहेको एक पाँचतारे होटलमा ताबिानहरुले आत्मघाती आक्रमण गर्दा कम्तीमा छ जनाको ज्यान गएको समाचार छ । अफगान गृह मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार शनिबार राति गरिएको सो आक्रमणमा परी अरु छ जना घाइते भएका छन् भने १०० जनालाई भने उद्वार गरिएको छ । अफगानिस्तानको राजधानी काबुलमा रहेको इन्टर कन्टिनेन्टल नामको सो पाँचचारे होटलमा विस्फोटक पदार्थ जडित ज्या...
प्रदेश प्रणालीको अभ्यास शुरु

प्रदेश प्रणालीको अभ्यास शुरु

काठमाडौँ, ७ माघ।  मुलुकका सातै प्रदेशका प्रदेशसभा सदस्यले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेशसभाका सदस्यले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि शपथ लिनुपर्ने संवैधानिक व्यवस्थानुरुप उहाँहरुले शपथ लिएसँगै मुलुकमा संक्रमणको खाडल साँगुरो हुनाका साथै संघीयता कार्यान्वयनले एक चरण पार गरेको छ । यसअघि विकेन्द्रीकरणका नाममा मुलुकमा पाँच विकास क्षेत्र भए पनि ती निजामत...
प्रदेश नं १ का प्रदेशसभा सदस्यको शपथ

प्रदेश नं १ का प्रदेशसभा सदस्यको शपथ

विराटनगर, ७ माघ। प्रदेश नं १ का नवनिर्वाचित प्रदेशसभा सदस्यले आज विराटनगरस्थित वीरेन्द्रसभागृहमा शपथ लिनुभएको छ । प्रदेश नं १ का प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभाका ज्येष्ठ सदस्य ७४ वर्षीय ओमप्रकाश सरावगीलाई संविधान, राष्ट्र र जनताप्रति समर्पित रहन शपथ खुवाएपछि सरावगीले १ नं प्रदेशसभाका सदस्यलाई सामूहिक रुपमा शपथ खुवाउनुभयो । सो अवसरमा प्रदेशका ५६ प्रत्यक्ष र ३७ समानुपातिक प...
अन्नबाली छाडेर व्यावसायिक कफी खेतीतर्फ

अन्नबाली छाडेर व्यावसायिक कफी खेतीतर्फ

  फलेवास (पर्वत), ७ माघ।  यहाँको एक विकट गाउँका बासिन्दा व्यावसायिक कफी खेतीतर्फ आकर्षित भएका छन् । फलेवास नगरपालिका– ९ भङगाराका कृषकले विगत चार वर्षदेखि व्यावसायिक रूप दिन थालेका हुन् । खेतबारीमा अन्नबाली लगाउने जनशक्तिको अभाव र लगाएको अन्नबाली पनि बाँदरले खाइदिने समस्याले हैरान परेपछि यहाँका अधिकांश कृषक व्यावसायिक कफीखेती शुरुवात गरेका हुन् । गाउँका ११६ कृषकले खेतबारीमा अन्नबाली लग...
इसिजी र भिडियो एक्सरे सेवा सञ्चालनमा

इसिजी र भिडियो एक्सरे सेवा सञ्चालनमा

बैतडी, ७ माघ ।  पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा इसिजी र भिडियो एक्सरे सेवा सञ्चालनमा आएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति (स्वास्थ्य बीमा) ले पाटन प्राथमिक स्वास्थ्य केन्द्रलाई इसिजी र भिडियो एक्सरे यन्त्र उपलब्ध गराएपछि उक्त सेवा सञ्चालनमा आएको हो । ती सेवा पाटनमै सञ्चालनमा आएपछि बिरामीले बाहिर गएर उपचार गर्नुपर्ने समस्या हटेको केन्द्रका डा नवीन्द्र ढकालले बताउनुभयो । उहाँले भ...
दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्टर स्टिकर

दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्टर स्टिकर

इलाम, ७ माघ।  जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्यूनीकरण गर्न ट्याक्टरमा ‘रिफ्लेक्टर स्टिकर’ टाँस्न थालेको छ । हुस्सु र कुहिरोका कारण राजमार्गमा सवारी साधन एकआपसमा नदेखिएर एक्कासि ठोक्किने स्थिति आउन नदिन ट्राफिकले ट्याक्टरमा रिफ्लेक्टर स्टिकर टाँस्न थालेको हो । ट्राफिकले एक साताको बीचमा तीनसय भन्दा बढी ट्याक्टरमा रिफ्लेक्टर टाँसिसकेको ट्राफिक इञ्चार्ज पदमबहादुर राईले जानकारी दिनुभयो ...
प्रदेशसभाको पहिलो अधिवेशन माघ २१ मा

प्रदेशसभाको पहिलो अधिवेशन माघ २१ मा

जनकपुरधाम, ७ माघ।  प्रदेश नं २ का प्रदेशसभा सदस्यको शपथ ग्रहण कार्यक्रम आज यहाँ सम्पन्न भएको छ । जनकपुरधामको उद्योग वाणिज्य संघको राजर्षि सभागृहमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले ७६ वर्षीय ज्येष्ठ प्रदेशसभा सदस्य लगनलाल चौधरीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो भने चौधरीले अन्य प्रदेशसभा सदस्यलाई शपथ गराउनुभयो । प्रदेश प्रमुखबाट शपथ ग्रहण आआफ्नो मातृभाषा गर्ने तर लि...
शरीर दान गर्नेको संख्या बढ्दै

शरीर दान गर्नेको संख्या बढ्दै

दमक, ७ माघ। पछिल्लो समय शरीर दान गर्नेहरु बढ्न थालेका छन् । मृत्युपछि शरीरलाई चिकित्सा विज्ञानको प्रयोगमा ल्याउन शरीर दान गर्नेको संख्या बढ्दै गएको छ । झापाको दमकस्थित मेची सहकारी संस्थाले शुरु गरेको शरीर दान कार्यक्रम यतिबेला देशभरमै चर्चाको विषय बनेको छ । संस्थाले बचत तथा ऋण कार्यक्रमसँगै शरीर र आँखा दान कार्यक्रमलाई समेत एकैसाथ अघि बढाएको छ । जिल्लाकै पुरानो सो सहकारीले विसं २०६१ देखि शरीर दान...
error: Content is protected !!