काठमाडौं, २० फागुन। भूकम्पपीडितका लागि घर पुनर्निर्माण गर्न सरकारले दिएको अनुदान रकम अर्कै खातामा राखी बैंकहरुले ब्याज कमाउने गरेको भेटिएको छ ।

Advertisement

कान्तिपुर दैनिकका अनुसार सीधै लाभग्राहीको खातामा राखेर वितरण गर्नुपर्नेमा केही बैंकहरुले ‘सन्ड्री खता’ मा राखेर अन्यत्र लगानी गरी ब्याज कमाउने र न्यूनतम तरलता व्यवस्थापनका लागि उक्त रकम प्रयोग गर्ने गरेको भेटिएको हो ।

भूकम्पपीडितको गुनासोका आधारमा स्थलगत अनुगमन गर्दा करिब एक दर्जन यस्तो समस्या भेटिएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!