काठमाडौँ, १८ फागुन। महानगरीय प्रहरी परिसर काठमाडौँले सिन्धुपाल्चोक घर भई चुच्चेपाटी बस्दै आएका २५ वर्षीय छिरिङ शेर्पाको हत्याका अभियोग लागेका विकास तामाङलाई आज बिहान पक्राउ गरेको छ ।

परिसरबाट खटिएको टोलीले अभियुक्त सिन्धुपाल्चोक घर भई चुच्चेपाटी बस्ने १८ वर्षीय तामाङलाई बिहान ७ः३० बजे चाबहिलबाट पक्राउ गरेको हो । अभियुक्त तामाङले पुरानो रिसइबीका कारण विवाद भएपछि शेर्पालाई बिहीबार बेलुका ८ः४० बजे धारिलो चक्कुले छातीमा प्रहार गरी घाइते बनाएकामा चाबहिलको मेडिकेयर अस्पतालमा उपचारका क्रममा राति १०ः३० बजे मृत्यु भएको थियो ।
नक्कली कागजात तयार गर्ने पक्राउ

Advertisement

महानगरीय अपराध महाशाखाले विभिन्न संघसंस्था तथा सरकारी कार्यालयको छाप, दस्तखत कीर्ते गरी नक्कली कागजात तयार गर्ने अभियुक्त कोटेश्वरनजिक डाक्टर हेल्थकेयर मेडिकल पसलका सञ्चालक मकवानपुरका कवीर भनिने उदय थिङलाई यही फागुन १५ गते पक्राउ गरेको छ ।

अभियुक्त थिङसँग प्रहरीले समाजकल्याण परिषद् लैनचौर काठमाडौँ लेखिएको लेटर प्याडमा विभिन्न व्यक्तिको नाममा तयार पारिएको कागजात १५ पाना र उदय सिंह नामको युनाइटेड नेशन लेखिएको आइडी कार्ड एक थान बरामद गरेको छ ।

यस्तै नेपाल फार्मेसी परिषद् लेखिएको स्ट्याम्प, जेभियर पब्लिक स्कूल लेखिएको स्ट्याम्प, ल्यापटप एक र कन्ट्रोलर अफ इक्जामिनेशन लेखिएको स्ट्याम्प एक एक थान बरामद गरिएको छ । थिङलाई आज कीर्ते मुद्दामा आवश्यक अनुसन्धान एवं कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ । मुलुकी ऐन कीर्ते कागज महलमासरकारी कार्यालयको छाप कीर्ते गर्ने व्यक्तिलाई एक वर्ष कैदको व्यवस्था छ ।
बसको ठक्करबाट मृत्यु

दक्षिणकाली नगरपालिका–९ दडीवन लामागाउँमा बसले ठक्कर दिँदा त्रिभुवन आदर्श आवासीय विद्यालयको ठक्कर दिँदा दक्षिणकाली नगरपालिका–९ का दुई वर्षीय रिजन बलामीको आज अपराह्न मृत्यु भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले तीव्र गतिमा हिँडेको बा२ख ९८०२ नंको बसले ठक्कर दिँदा सो दुर्घटना भएको र प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!