काठमाडौं, १९ फागुन। काठमाडौँको टुँडिखेलमा शनिबार धम्मपद (बुद्ध वचन) वाचन कार्यक्रममा हजारौँको संख्या सर्वसाधारण सहभागी भएका छन् ।

Advertisement

बुद्धवचनलाई एकैपटक वाचन गरी विश्व कीर्तिमान कायम गराउन आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमबाट विश्व किर्तिमान बनाउनका साथै बौद्ध दर्शन अन्तर्राष्ट्रिय रुपमा फैलाउने उद्देश्यले ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने पहल शुरु गरिएको आयोजनकहरुले बताएका छन् ।

एउटा ठाउँमा धेरै मानिसहरु जम्मा भएर वाचन गरेको किर्तिमान यसअघि भारतको नाममा रहेको छ ।

यसअघि भारतमा आर्ट अफ लिभिङ फाउन्डेसनले ४६ हजार ६६० जनालाई राखेर कविता पढेर यो किर्तिमान बनाएको थियो ।

आयोजकहरुले आजको कार्यक्रममा ७० हजारभन्दा बढी सहभागी भएको दाबी गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!