धनकुटाका ‘मुरली वा’ को यस्तो छ मुरली मोह (भिडियोसहित)

धनकुटाका ‘मुरली वा’ को यस्तो छ मुरली मोह (भिडियोसहित)

धनकुटा, १८ फागुन । आधुनिक बाजाका कारण मुरली लोप हुँने अवस्थामा पुगेपनि धनकुटाका ‘मुरली वा’ को मुरली मोह अझै पनि उत्तिकै छ । धनकुटा–७ हुलाकटोलमा बस्दै आएका ८२ बर्षीय साहित्यकार पिताम्वर भट्टराई ‘मुरली वा’ कै नामले परिचित छन् । २५ बर्षअघि देखि बोक्दै आएको मुरली संगालोकर्मीलाई देखाउँदै भट्टराईले भने ‘यो मुरलीसँग मेरो साईनो छुट्नै नसक्ने गरी गासिएको छ ।’ दक्षिणा रहित पुरोहित, मुक्का मुक्की र रसामृत क...
सहकारीले गाउँमै बनाए बीउ बैंक

सहकारीले गाउँमै बनाए बीउ बैंक

तेह्रथुम, १८ फागुन । गाउँको माटोमा पर्याप्त उत्पादन हुने उन्नत जातका अन्न, तरकारी र मसला बालीको बीउ मासिँदै जान थालेपछि किसानले गाउँमै बीउ बैंक स्थापना गर्न थालेका छन् । गाउँमै त्यस्ता उन्नत जातका बीउको उपलब्धता वृद्धि गराउन किसानले सहकारी र कृषक समूहमार्फत बीउ बैंक स्थापना गरेका हुन् । प्रविधिको प्रयोग बढ्दै जाँदा रैथाने जातका बीउबिजन लोप हुन थालेको तथा आधुनिक उन्नत जातको बीउमा किसानको पह...
मिथिलाको पन्ध्र दिने धार्मिक यात्रा समापन

मिथिलाको पन्ध्र दिने धार्मिक यात्रा समापन

महेन्द्रनगर, १८फागुन । मिथिला परिक्रमा अर्थात १५ दिने धार्मिक यात्रा आज शुक्रबार बिहान जनकपुर नगरको परिक्रमा गरी सम्पन्न भएको छ । जनकपुरको सेरोफेरोमा घुमिने यस मध्यमा धार्मिक यात्रा सम्भवतः संसारकै सबैभन्दा लामो धार्मिक यात्रा हो । परिक्रमाका सहभागीले नेपालमा १०५ किमी तथा भारतको २८ किमी गरी कुल १३३ किलोमिटरको यात्रा गरेर धार्मिक यात्रा सम्पन्न गरेका हुन् । फागुन ३ गते धनुषाको कचुरीस्थित मिथि...
सलमानको ‘दबंग द टूर नेपाल’ वैशाखमा: ओडिसी इन्टरटेनमेन्ट

सलमानको ‘दबंग द टूर नेपाल’ वैशाखमा: ओडिसी इन्टरटेनमेन्ट

काठमाडौँ, १८ फागुन।  बलिउड अभिनेता सलमान खानको आज हुने भनिएको नेपाल भ्रमण स्थगित भएको छ। फागुन २६ गते टुँडिखेलमा आयोजना गर्न लागिएको ‘दबंग द टूर नेपाल’मा सहभागी हुन आउन लागेका सलमानको भ्रमण नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विरोधका कारण स्थगित भएको बताइएको छ। सलमान अब वैशाख पहिलो साता नेपाल आउनेछन्। ‘दबंग द टूर नेपाल’को आयोजक ओडिसी इन्टरटेनमेन्टले शुक्रबार एक विज्ञप्ति जारी गर्दै तत्क...
काँग्रेस संसदीय दलको नेतामा देउवा र सिंहबीच प्रतिष्पर्धा हुने

काँग्रेस संसदीय दलको नेतामा देउवा र सिंहबीच प्रतिष्पर्धा हुने

काठमाडौँ, १८ फागुन।  नेपाली काँग्रेस संसदीय दलको नेताका लागि निर्वाचन भएमा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिष्पर्धा हुने देखिएको छ । काँग्रेसले यही फागुन २१ गते संसदीय दलको नेता निर्वाचन गर्न तालिका सार्वजनिक गरेको छ । पार्टी महामन्त्री डा शशांक कोइरालाले फागुन १६ गते टोखास्थित आफ्नो निवासमा काँग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदका लागि आयोजना गर्नुभएको दिवा खाना ...
वार्षिक एक खर्बभन्दा बढी लगानी भएमात्रै जलविद्युत्मा सरकारी लक्ष्य पूरा हुने

वार्षिक एक खर्बभन्दा बढी लगानी भएमात्रै जलविद्युत्मा सरकारी लक्ष्य पूरा हुने

काठमाडौँ, १८ फागुन । मुलुकको ऊर्जाको माग र आपूर्तिबीच सन्तुलन ल्याउनका लागि वार्षिक रु एक खर्ब ३१ अर्ब ४० करोड लगानी गर्नुपर्ने देखिएको छ । दश वर्षसम्म निरन्तर रुपमा सोही परिमाणका लगानी गरिएमात्रै निर्धारित लक्ष्यको ५० प्रतिशतमात्रै विद्युत् उत्पादन गर्न सकिने अवस्था देखिएको हो । सरकारले अगाडि सारेको १० वर्षमा १० हजार मेगावाट क्षमताको आयोजना विकासका लागि भने करिब रु ३० खर्ब रकम आवश्यक पर्ने देखि...
प्रम ओलीद्वारा मनमोहन सेन्टर एनेक्स भवनको शिलान्यास

प्रम ओलीद्वारा मनमोहन सेन्टर एनेक्स भवनको शिलान्यास

काठमाडौँ, १८ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ‘मनमोहन सेन्टर एनेक्स’ भवनको आज शिलान्यास गर्नुभएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको सम्पूर्ण प्रयास देशको विकास र समृद्धिका लागि हुने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारका हरेक कदम सुधार र विकासका लागि र जनताका हितका लागि हुनेछन् । हामी कागजी रुपमा मात्र समृद्धिको कुरा गर्ने नभई जनताले अनु...
मन्त्रालयको पुनःसंरचना गर्दै सरकार

मन्त्रालयको पुनःसंरचना गर्दै सरकार

काठमाडौँ, १८ फागुन ।  सरकारले नयाँ कार्यविभाजन भएका मन्त्रालयको पुनःसंरचाना गर्ने कार्य थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अहिले नयाँ पुनर्गठित मन्त्रालयको नयाँ कार्यविभाजनअनुसार पुनःसंरचनाको काम गरिरहेको कार्यालयका प्रवक्ता डिल्लीराम शर्माले जानकारी दिनुुभयो । सरकारले ३१ वटा मन्त्रालयबाट घटाई १८ वटा मन्त्रालय राख्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को कार्यालयले ‘नेपाल सरक...
ओलीलाई बधाई दिन पाकिस्तानी प्रधानमन्त्री सोमबार नेपाल आउँदै

ओलीलाई बधाई दिन पाकिस्तानी प्रधानमन्त्री सोमबार नेपाल आउँदै

 काठमाडौं, १८ फागुन। पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकान अब्बासी फागुन २१ गते नेपाल आउने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन अब्बासी नेपाल आउन लागेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। अब्बासी २१ गते आउने र २२ गते फर्कने कार्यक्रम छ। अब्बासीको भ्रमणबारे परराष्ट्र मन्त्रालयमा भने जानकारी आइनसकेको परराष्ट्रका अधिकारीले बताए । अब्बासी भ्रमणका थप कार्यक्रमबारे खुलाइएको छै...
भाइबरद्वारा अहिलेसम्मकै ठूलो ग्रुप च्याट कम्युनिटी घोषणा

भाइबरद्वारा अहिलेसम्मकै ठूलो ग्रुप च्याट कम्युनिटी घोषणा

काठमाडौं, १८ फागुन । भाइबरले अहिलेसम्मकै ठूलो ग्रुप च्याट भाइबर कम्युनिटी घोषणा गरेको छ । भाइबर कम्युनिटी च्याट ग्रुपमा एक अर्ब जना सदस्य सीमा तोकिएको छ । यस ग्रुपका सदस्यहरु कमेन्ट र प्रतिक्रियामार्फत अन्तर्क्रिया गर्न सक्नेछन् । त्यस्तै ग्रुपको एडमिनले इकमर्स कम्पनी राकुटेनसँग मिलेर स्‍ट्रिमलाई मनिटाइज गर्नसमेत सक्नेछ । कुनै समय म्यासेजिङ मार्केटमा ह्वाट्सएपसँग रहेको राकुटेनले सन् १०१४ मा ९ ...
होली कार्यक्रममा सहभागी एक व्यक्तिको खुकुरी प्रहार गरी हत्या

होली कार्यक्रममा सहभागी एक व्यक्तिको खुकुरी प्रहार गरी हत्या

धनगढी, १८ फागुन । कैलालीको टीकापुरमा होली कार्यक्रममा सहभागी भएका एक व्यक्तिलाई खुकुरी प्रहार गरी गएराति हत्या गरिएकोे छ । सांस्कृतिक समाज टीकापुरको आयोजनामा स्थानीय खुलामञ्चमा होली कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा राति ११ः४५ बजेको समयमा अज्ञात समूहको खुकुरी प्रहारबाट टीकापुर नगरपालिका–२ का २१ वर्षीय करन थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता सागर बोहराले बताउनुभयो । खुकुर...
छाउपडी प्रथाले अझै प्रश्रय पाउँदै

छाउपडी प्रथाले अझै प्रश्रय पाउँदै

कञ्चनपुर, १८ फागुन।  परम्परागत सोचमा परिवर्तन आउन नसक्दा कञ्चनपुरमा अझै छाउपडी प्रथाले प्रश्रय पाउँदै आएको छ । रजस्वला भएका महिलालाई अलग्गै गोठमा राख्ने चलनले निरन्तता पाउँदै आएको छ । समाजमा महिलालाई हेर्ने सकारात्मक सोचको विकास नहुनु नै परम्परादेखि चल्दै आएको कुप्रथालाई महिलाले नै छाड्न सकेका छैनन् । महिनाबारी भएको समयमा घरपरिवारमा छोइहालेमा घरमा अनिष्ट हुने, देवीदेवता रिसाउँछन्, पाप लाग्छ ...
विप्लव माओवादीको कारण सलमान खानको नेपाल भ्रमण स्थगित

विप्लव माओवादीको कारण सलमान खानको नेपाल भ्रमण स्थगित

काठमाडौं, १८ फागुन । बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । विप्लव माओवादीको चेतावनीलाई कारण देखाउादै सलमानले नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरनेसनले शो रद्द गरेको हो । भारतीय अभिनेता सलमान खान ‘द ब्याङ्ग द टुर’का सिलसिलामा फागुन २६ गते नेपाल आउने कार्यक्रम तय भएको थियो । तर, हालै मात्र विप्लव माओवादी निकट एक संगठनले सलमानको शो रोक्न चेतावनी शैलीमा विज्ञप्तिले धे...
होलीकै दिन बिदा दिन झापाली जनताको आग्रह

होलीकै दिन बिदा दिन झापाली जनताको आग्रह

भद्रपुर, १८ फागुन । सरकारले अघिल्लो दिन नै होली पर्व मनाउन दिएको सार्वजनिक बिदाको विषयमा झापाली जनताले दुःख व्यक्त गरेका छन् । वर्षौंदेखि तराईमा फागू पूर्णिमाको प्रतिपदाका दिन अर्थात् पहाडमा अघिल्लो दिन र तराईमा दोस्रो दिन हाली पर्व मनाउँदै आएकामा गएको वर्षदेखि झापालाई पहाडकै जिल्लामा गाभेर पहिलो दिन नै सार्वजनिक बिदा दिन थालेको हो । बिहीबार होली भनिए पनि आमनागरिकले होली पर्व मनाउन उत्साहित दे...
दोलखामा ४.६ रेक्टरको परकम्प

दोलखामा ४.६ रेक्टरको परकम्प

काठमाडौँ, १८ फागुन । दोलखामा आज ४.६ रेक्टर स्केलको गोरखा भूकम्पको परकम्प गएको छ । जिरी नजिकको श्यामा भन्ने स्थानको आसपास केन्द्रबिन्दु भई बिहान १० बजेर ५१ मिनेट जाँदा परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गत मंगलबार सोही क्षेत्रलाई केन्द्रबिन्दु बनाई ४.३ रेक्टरको परकम्प गएको थियो । गत फागुन ९ गते बिहान काठमाडौँको डल्लु क्षेत्र आसपास केन्द्रबिन्दु भई ३.६ रे...
सनसाइनले दियो पत्रकार उपचार कोषलाई ५१ हजार

सनसाइनले दियो पत्रकार उपचार कोषलाई ५१ हजार

भद्रपुर, १८ फागुन । बिर्तामोडस्थित सनसाइन किन्डर हाउसले नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषका लागि रु ५१ हजार १११ प्रदान गरेको छ । विद्यालयका संस्थापक निर्देशक दीपक गिरी र संस्थापक प्रिन्सिपल पूजा गिरीले पत्रकार महासंघका उपाध्यक्ष एवं उपचार कोषका संयोजक एकराज गिरीलाई बिहीबार उक्त रकमको चेक प्रदान गर्नुभएको हो । नागरिकलाई सुसूचित गर्ने कार्यमा अहोरात्र खट्ने प...
काँग्रेसले परिवर्तन खोजेको छ: नेता सिटौला

काँग्रेसले परिवर्तन खोजेको छ: नेता सिटौला

काठमाडौँ, १८ फागुन । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले काँग्रेस पार्टीले परिवर्तन खोजेको बताउनुभएको छ । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज नेपालटारमा आयोजना गरेको ‘समसामयिक राजनीतिक परिस्थिति र नेपाली काँग्रेसको भूमिका’ विचार गोष्ठीमा उहाँले परिवर्तित समयसँगै काँग्रेसलाई लैजान नसके पार्टी नै समाप्त हुने बताउनुभयो । “काँग्रेसभित्र नयाँ ढंगले वैचारिक बहस चलाउनु आवश्यक छ”, उहाँले ...
पर्यटकीयस्थल कोशीको ‘गोलघर’ भत्किने अवस्थामा

पर्यटकीयस्थल कोशीको ‘गोलघर’ भत्किने अवस्थामा

राजविराज, १८ फागुन । पछिल्लो केही वर्षदेखि सप्तरीको हनुमानगर कंकालनी नगरपालिका–१ कोशी ब्यारेजस्थित पुराना भौतिक पूर्वाधारको जीर्णोद्धार तथा व्यवस्थापन हुन नसक्दा जोखिम बढ्नुका साथै यहा“ देखिएका पर्यटकीय स्थलहरू जीर्ण अवस्थामा पुगेको छ । कोशी ब्यारेजको पश्चिम तटबन्ध हु“दै जोडिएको ‘गोलघर’ र त्यहा“सम्म पुग्ने सडक पछिल्लो एक दशकदेखि जीर्ण र जर्जर अवस्थामा रहेको छ । समयमा आवश्यक मर्मत सम्भार नहुँदा ...
‘नयाँ कार्यकाल’ वातावरण संरक्षणका लागिः पुटिन

‘नयाँ कार्यकाल’ वातावरण संरक्षणका लागिः पुटिन

मस्को, रसिया, १८ फागुन । रसियाले आगामी केही बर्ष देशको वातावरण संरक्षणमा खर्चिने रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले बिहिबार बताउनुभएको छ । यही मार्चमा हुन गईरहेको रसियाली राष्ट्रपतिको निर्वाचनको शिलशिलामा देशबासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति पुटिनले भन्नुभयो, “मलाई रसियाली जनताले पुनः एक पटक राष्ट्रपतिका रूपमा निर्वाचित गरेमा मैले आगामी केही बर्ष देशको वातावरण संरक्षणका लागि काम गर्न ...
जाजरकोटमा प्रहरीद्वारा नौ थान हतियार बरामद

जाजरकोटमा प्रहरीद्वारा नौ थान हतियार बरामद

जाजरकोट, १८ फागुन ।  प्रहरीले जनीचाँदे गाउँपालिका–११ कोताङमा  नौ थान बन्दुक र ३१ राउन्ड गोली बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले दिएको जानकारीअनुसार बिहीबार जुनीचाँदे गाउँपालिका–११ कोर्तांग निवासी चन्द्रबहादुर शाही र उनका छोरा नेत्रबहादुर शाहीको घरमा लुकाइ राखेको अवस्थामा भरुवा बन्दुक एक नाले तीन थान, भरुवा बन्दुक दुई नाले एक थान, बाह्रबोर बन्दुक दुई थान र एयर गन सानो ठूलो गरी तीन ...
न्यायिक समितिलाई मेलमिलापसम्बन्धी तालीम

न्यायिक समितिलाई मेलमिलापसम्बन्धी तालीम

भोजपुर, १८ फागुन । भोजपुर जिल्लास्थित स्थानीय तहका न्यायिक समितिलाई सामुदायिक मेलमिलापसम्बन्धी तालीम दिइएको छ । स्थानीय तहका उप (प्रमुख) को संयोजकत्वमा गठित तीन सदस्य न्यायिक समितिलाई लक्षित गरी सामुदायिक मेलमिलापसम्बन्धी आठ दिनको तालीम दिइएको हो । तालीम न्यायिक सदस्यलाई मेलमिलापसम्बन्धी काम गर्नका लागि सहज गराउने उद्देश्यका साथ सञ्चालन गरिएको आयोजक प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र न...
शासन ब्यक्तिको होइन विधिको हुनुपर्छ : मुख्यमन्त्री राई

शासन ब्यक्तिको होइन विधिको हुनुपर्छ : मुख्यमन्त्री राई

इटहरी, १८ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शासन ब्यक्तिको होइन विधिको हुनुपर्छ भन्ने जेसीज युवाको उदाहरणीय सिद्धान्त एवं प्रजातान्त्रिक शैलीबाट राज्य बनाउने शिक्षा लिँदै देश निर्माणको पक्षमा लाग्ने बताउनुभएको छ । मुख्यमन्त्री राईले बिहीबार सुनसरी जिल्लाको रामधुनी नगरपालिकाको झुम्का जेसीजको १३ पदस्थापन तथा झुम्का जेसीजको नयाँ भवनको उद्घाटन समारोहपछि सो कुरा बताउनुभएको हो । उहाँले...
विष खुवाएर आफ्नै श्रीमानको हत्या

विष खुवाएर आफ्नै श्रीमानको हत्या

खजुरा, बाँके, १८ फागुन ।  बाँके जिल्लामा मादकपदार्थ सेवन गरी दिनहुँ कुटपिट गर्ने श्रीमानलाई आफ्नै श्रीमतीले विष खुवाएर हत्या गरेको घटना सार्वजनिक भएको छ । बाँके डुडुवागाउँपालिका–४ गडारियनपुरका ४० वर्षीया पतंगी गडरियाले आफ्नै ४५ वर्षीय श्रीमान् कुर्कुट गडरियालाई सर्वतमा सेल्फास नामक विष हालेर खुवाउँदा उनको मृत्यु भएको हो । बिहीबार विष खुवाएर मृत्यु भएपछि गाउँ नजिकै खेतमा शवलाई जलाउन लगेको बेल...
तराई र मधेसका जिल्लामा आज होली मनाइँदै

तराई र मधेसका जिल्लामा आज होली मनाइँदै

काठमाडौं, १८ फागुन । देशको तराई र मधेस क्षेत्रमा आज धुमधामका साथ फागु पूर्णिमा अर्थात् होली मनाइँदैछ । बिहीबार देशका पहाडी जिल्लाहरुमा होली पर्व मनाइएकोमा आज तराईका जिल्लाहरुमा मनाउन लागिएको हो । काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका बासिन्दाले पनि आपसमा रंग र अबिर लगाएर आज होली पर्व मनाउँदैछन् । परम्परागत रूपमा विभिन्न रङ खेली होली अर्थात फागु पर्व मनाउने चलन छ । होलीले आपसी सद्भाव, भातृत्व ...
ठूलो परिमाणमा गाँजा बरामद गरी नष्ट

ठूलो परिमाणमा गाँजा बरामद गरी नष्ट

रत्ननगर, चितवन, १८ फागुन। सशस्त्र प्रहरी बल गढीमाई गण भण्डारा चितवनले ठूलो परिमाणमा गाँजा बरामद गरी नष्ट गरेको छ । गणको गस्ती टोलीले बिहीबार मकवानपुरको राक्सीराङ गाउँपालिका–६ डाबराङ गाउँमा पुगेर गाँजा बरामद गरेको हो । स्थानीय गोठमा लुकाई राखेको अवस्थामा १४ वटा बोरामा २०३ किलो गाँजा बरामद गरेको गणका सशस्त्र प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । गणका सशस्त्र प्रहरी नायब निरीक्षक...
पौडी खेल्न जाँदा नदीमा बेपत्ता

पौडी खेल्न जाँदा नदीमा बेपत्ता

चितवन, १८ फागुन।  फागुका दिन पौडी खेल्न नारायणीमा गएका एक युवक नदीमा डुबेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रत्ननगर नगरपालिकाको जयमंगला घर भई भरतपुर महानगरपालिका–१० मा डेरा गरी बस्ने २३ वर्षीय सुशील पन्त बिहीबार दिउँसो पौडी खेल्न जाँदा बेपत्ता भएका हुन् । भरतपुर महानगरपालिका–१६ स्थित ठूलोगडी नजिक नारायणी नदीमा पौडी खेल्न गएका उनी बेपत्ता भएको प्रहरीले जना...
बक्यौता नतिर्ने सरकारी कार्यालयको लाइन काटियो

बक्यौता नतिर्ने सरकारी कार्यालयको लाइन काटियो

इलाम, १८ फागुन । नेपाल विद्युत् प्राधिकरण इलामले लामो समयदेखि विद्युत् महशुल नबुझाउने सरकारी कार्यालयको लाइन धमाधम काट्न थालेका छन् । तीन महिनाभन्दा लामो समयसम्म विद्युत् महशुल नतिर्ने मालपोत कार्यालय, आदर्श मावि, घरेलु तथा साना उद्योग विकास समिति, शीतभण्डारको लाइन काटिएको प्राधिकरणका इलेक्ट्रिक सुपरभाइजर तारा एक्तेनले जानकारी दिनुभयो । सबैभन्दा बढी इलाम नगरपालिकाको शीतभण्डारले रु सात लाख २८ हज...
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

उर्लाबारी, मोरङ, १८ फागुन । मोरङको धनपालथान गाँउपालिकास्थित रंगेली–विराटनगर सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गएराति पैदलयात्रीको मृत्यु भएको छ । को २३ प ६१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा धनपालथान गाउँपालिका–६ का ४५ वर्षीय विहारी रायको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । रायलाई राति ११ः३० बजेतिर धनपालथान गाउँपालिका–६ स्थित दादरबैरिया चोकमा ठक्कर दिएको थियो । ठक्कर दिने...
हुम्ला सदरमुकाममा हेलिकोप्टरबाट गाडी ल्याइयो

हुम्ला सदरमुकाममा हेलिकोप्टरबाट गाडी ल्याइयो

हुम्ला, १८ फागुन । राष्ट्रिय सडक सञ्जालले नजोडेको हुम्ला सदरमुकाम सिमिकोटमा हेलिकोप्टरबाट गाडी ल्याइएको छ । सुर्खेत विमानस्थलबाट सेनाको हेलिकोप्टर चार्टर गरेर सिमिकोट विमानस्थलमा गाडी ओरालिएको हो। व्यवसायी चिना रावतले सुर्खेतबाट सेनाको हेलिकोप्टरमा महिन्द्राको बोलेरो जिप ल्याएका हुन् । सदरमुकाममा सञ्चालनका लागि जिप ल्याएको व्यवसायी रावतले बताए । रावतका अनुसार सिमिकोट गाडी पुर्‍याउँदासम्म ३६ ला...
दुईबुँदे सहमति गर्दै फोरम सरकारमा जाने तयारी

दुईबुँदे सहमति गर्दै फोरम सरकारमा जाने तयारी

काठमाडौं, १८ फागुन । संघीय समाजवादी फोरम एमाले–माओवादीसँग दुईबुँदे राजनीतिक सहमति गरी सरकारमा जान तयार भएको छ । संविधान संशोधन गर्न सकिने विषय संयुक्त कार्यदलमार्फत गृहकार्य गर्दै जाने सहमति गर्दै फोरम सरकारमा सहभागी हुन तयार भएको नयाँ पत्रिका दैनिकमा समाचार छ । दुईतिहाइ मत पुर्याउने गृहकार्यसहित एमाले र माओवादी केन्द्रले एक सातादेखि लगातार छलफल गर्दै आएका छन् । प्याकेजमै विषय नटुंगिएकाले सरकार–फ...
चमेलिया जलविद्युत् आयोजनाले माग पूरा नगरेको भन्दै आमरण अनशन

चमेलिया जलविद्युत् आयोजनाले माग पूरा नगरेको भन्दै आमरण अनशन

दार्चुला, १८ फागुन ।  आफ्ना माग पूरा नभएको भन्दै शैल्यशिखर नगरपालिका–१ बारीलका स्थानीय चमेलिया जलविद्युत्को विद्युत् गृह नजिक बिहीबारबाट आमरण अनशनमा बसेका छन् । चमेलिया जलविद्युत् आयोजनाले निर्माण कार्य शुरु गरेदेखि नै आफूहरुसँग गरेका प्रतिबद्धता पूरा नगरेको भन्दै उनीहरु आमरण अनशनमा बसेका हुन् । सो ठाउँका स्थानीय खानेपानी मूल संर्घष समिति गठन गरेर आमरण अनशनमा बसेका हुन् । संघर्ष समितिले आयोजना...
error: Content is protected !!