वडाध्यक्षबाट कम्बल वितरण

वडाध्यक्षबाट कम्बल वितरण

लहान, ७ माघ। सिरहा नगरपालिका–१ का वडाध्यक्ष महेशकुमार यादवले व्यक्तिगत लगानीमा सो वडाका चिसोबाट प्रभावित १०५ दलित तथा विपन्न परिवारलाई कम्बल वितरण गर्नुभएको छ । अत्यधिक चिसोका कारण मानवीय क्षति भइरहेको कुरालाई दृष्टिगत गरी वडाध्यक्ष यादवले अन्य निकायमा पहल थाले पनि प्रक्रियागत रुपमा आउन ढिला भइरहेकाले आफ्नै व्यक्तिगत लगानीमा विपन्न, गरिब, दलित, वृद्धवृद्धा तथा अपाङ्गतायुक्तलाई प्राथमिकतामा राखे...
कुन सुत्ने तरिका स्वास्थ्यको लागि राम्रो हुन्छ,जानी राखौँ

कुन सुत्ने तरिका स्वास्थ्यको लागि राम्रो हुन्छ,जानी राखौँ

सुत्ने तरिका : सुत्ने तरिका स्वास्थ्यको लागि निकै महत्वपूर्ण हुन्छ । सुत्ने अवस्थाले प्रत्यक्ष रुपमा हाम्रो पिठ्यु र गर्दनलाई असर गर्छ । राम्रोसँग नसुत्दा पेट दुख्नेदेखि उमेर नपुगी अनुहारमा चाउरी पर्ने जस्ता समस्या आउँछन् । उत्तानो सुत्नेः यो सुताईलाई तटस्थ पोजिसन पनि भनिन्छ । उत्तानो सुत्दा पछाडिको भाग, गर्धन र स्पाइनलाई भार पर्छ । अर्कोतर्फ हाम्रो शिर पेटमाथि सिधा ठाडो हुँदा एसिडको मात्रा घटा...
जनअधिकार संस्थागत गर्नेतर्फ सबैको ध्यान जानु जरुरी’

जनअधिकार संस्थागत गर्नेतर्फ सबैको ध्यान जानु जरुरी’

बुटवल, ७ माघ। प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले आज यहाँ पदबहाली गर्नुभएको छ । उहाँले रुपन्देही व्यापार संघको सचिवालयमा स्थापित प्रदेश प्रमुखको कार्यालयमा प्रमुख झालाई रुपन्देहीका सहायक प्रजिअ शम्भुप्रसाद रेग्मीले पदबहाली गराउनुभयो । रुपन्देहीलाई ५ नं प्रदेशको अस्थायी केन्द्र तोकिएपछि आफ्नो जिम्मेवारी सम्हाल्न र आज हुने प्रदेशसभाका सांसदलाई शपथ गराउन उहाँ शनिबार मात्र यहाँ आइपुग्नुभएको...
मृतक परिवारलाई बिमावापतको रकम

मृतक परिवारलाई बिमावापतको रकम

खोटाङ, ७ माघ। खोटाङमा एसियन लाइफ इन्स्योरेन्स कम्पनीका एक बिमित मृतक परिवारले बिमावापतको रकम प्राप्त गरेका छन्। १५ वर्षे सुखी जीवन बिमा गरेका रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल माटिकोरेका निरबहादुर कार्कीको परिवारलाई एसियन लाइफ इन्स्योरेन्स कम्पनी उपशाखा दिक्तेलले तीन लाख ३९ हजार सात सय ७० रुपैयाँ प्रदान गरेको हो। बिमा गरेको दुई वर्षपछि मृत्यु भएका कार्की परिवारलाई शनिबार दिक्तेलको समिक्षालय...
बंगुरबाट राम्रो आम्दानी

बंगुरबाट राम्रो आम्दानी

काठमाडौं, ७ माघ। पछिल्लो समय युवा वर्ग कृषि पेशा व्यवसायप्रति आर्कषित हुन थालेकाछन् । विदेश भन्दा स्वादेशमै क्यै गर्नु पर्छ भन्ने जनचेतना युवा वर्गमा देखा पर्न थालेका छन् । ईलाम सूर्योदय नगरपालिका-३ का राकेस लिम्बु आप्नै गाउँमा बंगुरपालन व्यवसाय गर्दै आउनु भएको छ । बंगुरपालनबाट राम्रो आम्दानी गर्न सकेको लिम्बुको भनाई छ । सुरुमा अनुभावको लागि ४ वाट बंगुरको पाठा पाल्न सुरु गर्नु भएको लिम्बुले ८ म...
पाटन सङ्ग्रहालयमा अस्थायी प्रदर्शनी

पाटन सङ्ग्रहालयमा अस्थायी प्रदर्शनी

ललितपुर, ७ माघ।  पाटन सङ्ग्रहालयले लक्षित दर्शकका लागि अस्थायी प्रदर्शनी शुरु गर्ने भएको छ । आगन्तुकलाई दोहो¥याएर आउने वातावरण बनाउनका लागि अस्थायी प्रदर्शनी शुरु गर्न लागिएको सङ्ग्रहालयका प्रमुख सुरेशमान लाखेले बताउनुभयो । सुन्दरीचोकमा अस्थायी प्रदर्शनी शुरु हुनेछ । नियमित सङ्ग्रहालयसँगै समय समयमा अस्थायी सङ्ग्रहालय सञ्चालन हुन लागेको हो । अस्थायी सङ्ग्रहालयमा एउटा एउटा विषयवस्तुमा केन्द्रित...
राष्ट्रियसभा चुनावको मतदाता नामावली प्रकाशन आज

राष्ट्रियसभा चुनावको मतदाता नामावली प्रकाशन आज

काठमाडौं, ७ माघ। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताहरुको नामावली आज प्रकाशित गर्ने भएको छ । माघ २४ का लागि राष्ट्रियसभा सदस्य चुनावको मिति तय गरेको आयोगले प्रदेश सांसद्को शपथपछि मतदाता नामावली सार्वजनिक गर्न लागेको हो । आइतबार सातवटै प्रदेशका प्रदेश सांसदहरुले शपथ लिँदैछन् । शपथ ग्रहणसकिएपछि नामावली प्रकाशित हुने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । राष्ट्रियस...
ब्लड क्यान्सर पीडित बालकको उपचारमा सहयोग

ब्लड क्यान्सर पीडित बालकको उपचारमा सहयोग

पोखरा, ७ माघ।  ब्लड क्यान्सर रोगबाट पीडित पोखराको रामबजार निवासी ईश्वर गर्वुजाका छोरा मिगिन गर्वुजाको उपचारका लागि शनिबार रु छ लाख १४ हजार ५०० सहयोग प्राप्त भएको छ । पोखराको फुलबारीस्थित मनकामना बोर्डिङ स्कुलका पूर्वविद्यार्थीको संस्था (मेसा)का अध्यक्ष शिव पुनले शनिबार आठ वर्षीय पीडित बालक मिगिनका पिता ईश्वरलाई उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो । हाल उनको ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा ...
रैथाने बीउ तथा बाली लोप हुँदै

रैथाने बीउ तथा बाली लोप हुँदै

बैतडी, ७ माघ। बैतडीमा तरकारी तथा अन्नबालीका रैथाने तथा स्थानीय बीउ लोप हुँदै गएका छन् । उन्नत जातको बीउको प्रयोगसँगै रैथाने बीउ लोप हुने अवस्थामा पुगेका हुन् । रैथाने बीउ लोप हुँदै गएपछि उन्नत जातको बीउले उत्पादन बढी दिने भए पनि विभिन्न खालका रोगकीराले संक्रमण गर्ने, समयमा नपाक्ने लगायतका समस्या आइरहेका श्रीकोटका किसान हेमराज गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलापहिला गाउँघरमा पाइने बीउ आज...
सातै प्रदेशका सांसदको सपथ आज

सातै प्रदेशका सांसदको सपथ आज

काठमाडौं, ७ माघ। सातवटै प्रदेशसभाका ५५० सांसदहरुको शपथ ग्रहण सम्बन्धित प्रदेशको अस्थायी मुकाममा आज हुँदैछ । संघीयतामा गइसकेपछि नेपालको इतिहासमा आज हुन लागेको यो एउटा नयाँ र पहिलो प्रयोग हो । आजका दिनदेखि प्रदेशहरुको गठन र कार्य औपचारिकरुपमा सुरु हुनेछ । प्रदेशका सांसदहरुले सपथ प्रहण गरिसकेपछि अब प्रदेशसभाको बैठक बस्ने, प्रदेशका सभामुख चयन गर्ने मुख्यमन्त्री र मन्त्रीहरुको चयन हुने, विभिन्न विधे...
पर्यटकलाई समेत लक्षित गर्दै अत्याधुनिक मन्दिर

पर्यटकलाई समेत लक्षित गर्दै अत्याधुनिक मन्दिर

चितवन, ७ माघ। नेपालका धार्मिक तीर्थस्थलहरुले स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गरिरहेको बेला जिल्लाको पर्यटकीय नगरी सौराहा नजिकै पर्यटक तान्ने गरी एक मन्दिरको जिर्णोद्धार गरिएको छ । रत्ननगर नगरपालिका–११ जिरौनामा ५० वर्ष पुरानो मन्दिरलाई स्तरोन्नति गरी अत्याधुनिक बनाइएको हो । देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहाबाट ६ किलोमिटर दूरीमा रहेको सो स्थलमा अत्याधुनिक भव्य मन्दिरसँगै यज्ञ मण्डप, विवाह म...
जोखिम बस्तीका २७ परिवारलाई घर बनाउन जग्गा उपलब्ध

जोखिम बस्तीका २७ परिवारलाई घर बनाउन जग्गा उपलब्ध

नुवाकोट, ७ माघ। भूकम्पसँगै गएको सुख्खा पहिरोले बस्ती छाडेर विस्थापित भएका तादी गाउँपालिका–१ उर्लेनीका २७ परिवारका लागि खरानीटारको बुदुनेमा जग्गा खरिद गरिएको छ । भूकम्प र पहिरोले बस्ती नै बगाएपछि विस्थापित भएकालाई तादी–३ खरानीटारको बुदुनेमा जग्गा उपलब्ध गराएको गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डेले जानकारी दिनुभयो । उर्लेनीबाट विस्थापित भएका २४ परिवारलाई पुस अन्तिम साता बुदुनेमा नै जग्गा उपलब्...
खुकुरी प्रहार गरी श्रीमतीको हत्या

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

सुरुङ्गा, झापा, ७ माघ।  झापाको अर्जुनधारा नगरपालिका–१ निवासी एक व्यक्तिले श्रीमतीको गए राति हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टका अनुसार २३ वर्षीय दिनेश गहतराजले १७ वर्षीया श्रीमती लेनिषा लिम्बूको खुकुरी प्रहरा गरी हत्या गरेका हुन् । लेनिषा १५ दिनकी सुत्केरी रहेको बताइएको छ । श्रीमतीको हत्यामा संलग्न गहतराजलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गुल्मीको रिडी मेलामा ३७ करोडभन्दा बढीको कारोबार

गुल्मीको रिडी मेलामा ३७ करोडभन्दा बढीको कारोबार

गुल्मी, ७ माघ।  गुल्मीको रिडीमा सञ्चालन भएको रिडी मेलामा यस पटक रु ३७ करोडको कारोवार भएकोे छ । मकर सङ्क्रान्तिदेखि पाँच दिनसम्म सञ्चालन भएको उक्त मेलामा राखिएका ५०० भन्दा बढी स्टलबाट उक्त कारोबार भएको रुरु फ्रेण्ड क्लबका अध्यक्ष रामलाल विकले बताउनुभयो । यस पटकको रिडी मेलामा बजारका सामग्रीभन्दा घरेलु सामग्रीको व्यापारप्रति मानिसको आकर्षण बढेको थियो । घरेलु सामग्रीमा आकर्षण सँगै त्यसको बिक्री पनि...
बजेटभन्दा २ खर्ब १८ अर्ब कम खर्च, तैपनि ४८ अर्ब घाटा

बजेटभन्दा २ खर्ब १८ अर्ब कम खर्च, तैपनि ४८ अर्ब घाटा

काठमाडौं, ७ माघ। गत आर्थिक वर्ष ०७३-७४ मा सरकारले १० खर्ब ४९ अर्बको बजेट प्रस्तुत गरे पनि वास्तविक खर्च भने जम्मा ८ खर्ब ३१ अर्ब मात्रै भएको छ । सरकारले विनियोजन गरेभन्दा २ खर्ब १८ खर्ब रुपैयाँ कम खर्च हुँदा पनि सरकारले खर्चको स्रोत भने जुटाउन सकेन । गत वर्ष सरकारको ४८ अर्ब रुपैयाँ बजेट घाटा भएको महालेखा नियन्त्रकको कार्यालयका उपमहालेखा नियन्त्रक यदुनाथ भट्टराईले बताए । ‘पुस मसान्तमा अघिल्लो वर्...
लमजुङमा पुनःनिर्माणले गति लिँदै

लमजुङमा पुनःनिर्माणले गति लिँदै

बेसीशहर, लमजुङ, ७ माघ।  सरकारी राहत पाएसँगै जिल्लामा पुनःनिर्माणले गति लिएको छ । राहतको लामो प्रतीक्षामा बसेका भूकम्पपीडितले राहत रकमको पहिलो किस्ता पाउनासाथ पुनःनिर्माण कार्यलाई तीव्रता दिएका हुन् । पहिलो किस्ता पाएसँगै प्राविधिक खटाइएपछि अधिकांश भूकम्प पीडितले घर निर्माण शुरु गरेका छन् । भूकम्प प्रभावितलाई अनुदान वितरण निर्देशिकाबमोजिम पहिलो किस्ता रकम रु ५० हजार वितरण गरिएको छ । भूकम्पबाट पू...
‘महाकाली सन्धि कार्यान्वयन गर्न तयार’

‘महाकाली सन्धि कार्यान्वयन गर्न तयार’

कञ्चनपुर,७ माघ। सिँचाइ मन्त्री सञ्जयकुमार गौतमले महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत टनकपुर बाँधदेखि नेपालको सीमानासम्मको एक हजार २०० मिटर नहर बनाउन भारतीय पक्षलाई आग्रह गरिएको बताउनुभएको छ । टनकपुर बाँधको निरीक्षण गर्दै मन्त्री गौतमले २२ वर्ष अगाडि भएको महाकाली सन्धिअनुसार गरिएका सम्झौता कार्यान्वयन गराउन पहल गर्ने बताउनुभयो । महाकाली सन्धिको धारा २ अनुसार टनकपुरमा पूर्वी एफलक्स बाँध निर्म...
चार सयभन्दा बढी कोरियाली बौद्धमार्गीद्वारा विश्व शान्तिको प्रार्थना

चार सयभन्दा बढी कोरियाली बौद्धमार्गीद्वारा विश्व शान्तिको प्रार्थना

जितपुर, कपिलवस्तु, ७ माघ। दक्षिण कोरियाबाट आएका ४३० भन्दा बढी बौद्धमार्गीले प्राचीन कपिलवस्तुको बुद्धस्थलमा पुगेर विश्व शान्तिका लागि सामूहिक प्रार्थना गरेका छन् । उनीहरुले शुक्रबार तिलौराकोट, भमनिया जोडी स्तुप र निग्रोधराम (कुदान)मा पुगी सामूहिक प्रार्थना गरेका हुन् । कोरियाको सियोलबाट लुम्बिनी हुँदै उनीहरु यहाँ आएका हुन् । निग्रोधराममा सामूहिक प्रार्थना सकेर लुम्बिनी फर्कने क्रममा कोरियाको ...
चार करोडको लागतमा फिटनेस सेन्टर सञ्चालन

चार करोडको लागतमा फिटनेस सेन्टर सञ्चालन

पथरी, मोरङ, ७ माघ। गोल्छा अर्गनाइजेशनले विराटनगरको मेनरोडमा रु चार करोडको लागतमा हुलास वेल्नेस फिटनेस सेन्टर सञ्चालन गरेको छ । फिटनेस सेन्टरप्रति विराटनगरका उद्योगी र युवायुवतीको जमात बढ्दै गएपछि आधुनिक स्तरको सो सेन्टर सञ्चालनमा ल्याइएको हो । सेन्टरका सञ्चालक मनोज बोथराका अनुसार योग, जिमखाना, जुम्बा, स्पा, स्टिमबाथ, सोनाबाथ, पावर क्याफेमार्फत विभिन्न किसिमको शारीरिक ब्यायाम गराइन्छ । फिटनेस ...
अब ‘स्मार्ट’ लालपुर्जा

अब ‘स्मार्ट’ लालपुर्जा

काठमाडौं, ७ माघ। सरकारले जग्गा र जग्गाधनीको विवरण समेटिएको पुरानो लालपुर्जा विस्थापित गरी ‘स्मार्ट लालपुर्जा’ कार्ड वितरण गर्ने गृहकार्य अघि बढाएको छ । पहिलेका लालपुर्जाको कागज गुणस्तरीय नभएको, मसी खुइलिने र जग्गाधनीको तस्बिर प्रस्ट नभएको जस्ता आम गुनासा ‘स्मार्ट लालपुर्जा’ ले सम्बोधन गर्ने अपेक्षा मन्त्रालयले गरेको छ । यसका लागि भूमिसुधार मन्त्रालयले प्रारम्भिक सम्भाव्यता अध्ययन पूरा गरिसकेक...
‘वाम एकता बैंक मर्जरजस्तै’

‘वाम एकता बैंक मर्जरजस्तै’

काठमाडौं, ७ माघ। संयोगै भन्नुपर्छ, चुनावी जितलाई पार्टी एकतामा अनुवाद गर्न कस्सिएका दुई ठूला वाम पार्टीले एकीकृत हुने दलको वैचारिक कार्यदिशामा सहमति जुटाएकै दिन नयाँ शक्ति पार्टी संयोजक डा. बाबुराम भट्टराईले त्यसलाई भनिदिए- बैंक मर्जरजस्तो । यी पूर्वप्रधानमन्त्रीको शब्दमा त्यस्तो ‘मर्जर’, जहाँ कुनै विचारधारात्मक एकता छैन, बरु ‘सीईओ र अध्यक्ष को बन्ने’ भागबन्डा चलिरहेको छ । यसै कारण एमाले र माओवा...
स्थानीय तहमा करारमा १५ हजार कर्मचारी भर्ना गर्ने तयारी

स्थानीय तहमा करारमा १५ हजार कर्मचारी भर्ना गर्ने तयारी

काठमाडौं, ७ माघ। सरकारले स्थानीय तहलाई करिब १५ हजार प्राविधिक कर्मचारी करारमा भर्ना गर्न अनुमति दिने तयारी गरेको छ । कर्मचारी नहुँदा स्थानीय तहले पुँजीगत खर्च गर्न नसकेपछि सरकारले तत्कालका लागि करारमा भर्ना गर्न अनुमति दिन लागेको हो । सरकारले स्थानीय तहलाई अहिलेसम्म प्राविधिक र अन्य समूहका आवश्यक कर्मचारी दिन सकेको छैन । कानुनको अभावमा स्थानीय तहले कर्मचारी भर्ना गर्न पाएका छैनन् । स्थानीय विका...
२०७४ माघ ७ गते आइतबारको राशिफल

२०७४ माघ ७ गते आइतबारको राशिफल

वि.सं. २०७४ साल माघ ७ गते। आइतबार। इश्वी सन् २०१८ जनवरी २१ तारिख। नेपाल संवत् ११३८ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– चतुर्थी, १२:४७ बजेउप्रान्त पञ्चमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो प्रतिफल अरूलाई सुम्पनुपर्ने परिस्थिति आउन सक्छ। आम्दानी रोकिनाले योजना स्थ...
मध्यमाञ्चललाई छैठौ राष्ट्रिय तेक्वान्दोकोे उपाधि

मध्यमाञ्चललाई छैठौ राष्ट्रिय तेक्वान्दोकोे उपाधि

धनकुटा, ६ माघ । मध्यमाञ्चलले राखेप च्याम्पियनसीप अन्तरगतको छैटौ राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पहिलो स्थान हात पारेको छ । धनकुटाको हिलेमा शनिवार सम्पन्न प्रतियोगितामा मध्यमाञ्चलले १२ स्वर्ण, ३ रजत र ४ काश्य पदक हात पा¥यो । यसैगरी दोश्रो भएको पश्चिमाञ्चलले ५ स्वर्ण, ४ रजत र ६ काश्य पदक हात पारेको छ । तेश्रो भएको पूर्वाञ्चलले तीन स्वर्ण, ८ रजत तथा ६ काश्य पदक हात पा¥यो । दोश्रो दिन भएको क्योरोग...
निषेधाज्ञा उल्लंघन गर्दै ठाउँ-ठाउँमा प्रदर्शन

निषेधाज्ञा उल्लंघन गर्दै ठाउँ-ठाउँमा प्रदर्शन

धनकुटा, ६ माघ । धनकुटामा निषेधाज्ञा उल्लंघन गर्दै आन्दोलनकारीले शनिवार बिभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । धनकुटामा प्रदेशको अस्थायी मुकाम नतोकेको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेपछि प्रशासनले बिहीबार बिहानबाट धनकुटा बजार क्षेत्रमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा अवधिमा प्रदर्शन गर्न नपाईने भएपनि आक्रोसित आन्दोलनकारीले प्रदर्शनलाई जारी राखेका हुन् । त्रिवेणी चौकमा अपरान्ह सर...
मिचिएको सीमा क्षेत्रमा अखिलको टोली

मिचिएको सीमा क्षेत्रमा अखिलको टोली

काठमाडौँ, ६ माघ। अनेरास्ववियुको एक टोली भारतबाट मिचिएको भनिएको सीमाक्षेत्र वीरगञ्ज महानगरपालिका–१ छप्कैयातर्फ गएको छ । अनेरास्ववियुका अध्यक्ष नवीना लामाको नेतृत्वमा टोली भारतीय पक्षले सीमा मिचिएको उक्त क्षेत्रमा गएको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी दिनुभयो । टोलीले स्थानीयवासीसँग भेट गरी वास्तविक कति सीमाक्षेत्र भारतीय पक्षबाट मिचिएको छ भन्ने पत्ता लगाई सोही ठाउँमा विरोध प्रदर्शनसमेत...
दाङमा जारी आमहडताल आज राति ११ बजेपछि फिर्ता हुने

दाङमा जारी आमहडताल आज राति ११ बजेपछि फिर्ता हुने

तुलसीपुर, दाङ, ६ माघ। प्रदेश नं ५ को अस्थायी राजधानीको माग गर्दै विगत पाँच दिनदेखि दाङमा जारी आमहडताल आज राति ११ बजेपछि फिर्ता हुने भएको छ । संघर्ष समितिको लमहीमा केहीबेर अगाडि बसेको बैठकले आन्दोलनका अन्य कार्यक्रम भने जारी रहने संघर्ष समितिका सचिव एवं माओवादी केन्द्र दाङका नेता निर्मल आचार्यले जानकारी दिनुभयो । आइतबार बिहानदेखि यहाँका शिक्षण संस्था, यातायातका साधन, उद्योग तथा कलकारखाना, ब...
रेडक्रसले विपद्मा स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने

रेडक्रसले विपद्मा स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने

काठमाडौँ, ६ माघ। विपद् वा संकटको परिस्थितिमा पानीजन्य रोगको उपचारलाई अझ सहज बनाउन आपत्कालीन स्वास्थ्य क्लिनिक सञ्चालनमा आउने भएको छ । विपद्का समयमा जुनसुकै स्थानमा देखापर्नसक्ने त्यसप्रकारका रोगलाई नियन्त्रणमा लिई स्वास्थ्य सेवा पु¥याउन नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा पहिलो पटक स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याउने तयारी पूरा गरेको छ । यसका लागि आपतकालीन अस्पताल एवं...
सीमा विवाद छानबिन गर्न नापी विभागको टोली वीरगञ्जमा

सीमा विवाद छानबिन गर्न नापी विभागको टोली वीरगञ्जमा

पर्सा, ६ माघ। वीरगञ्ज महानगरपालिका– १ छपकैयामा देखिएको सीमा विवादबारे छानबिन गर्न नापी विभागको टोली आज वीरगञ्ज आएको छ । छपकैयाको भकुवामा रहेको पिलर नं ३९२ को सहायक पिलर ठीक ठाउँमा नलगाएका कारण ५० बिगाहाभन्दा बढी नेपाली जग्गा भारततर्फ जान लागेको भन्दै स्थानीयवासीले सीमास्तम्भ निर्माण कार्यको विरोध गरेपछि यथार्थ बुझ्न नापी विभागका निर्देशकको नेतृत्वमा टोली वीरगञ्ज आएको हो । नापी विभागका निर्दे...
थ्री स्टार सेमिफाइनलमा

थ्री स्टार सेमिफाइनलमा

इटहरी, ६ माघ। इटहरी रङ्गशालामा भएको मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलअन्तर्गत आज भएको खेलमा रुस्लान थ्री स्टार क्लब काठमाडौँ विजयी भएको छ । थ्री स्टारले सशस्त्र प्रहरीको एपिएफलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । थ्री स्टारका लागि दुवै गोल अजयी मार्टिनले गरेका थिए । थ्री स्टारकै पिटर सेमनले आत्माघाती गोल गरेका थिए । आत्माघाती गोल गरेपछ...
राष्ट्रपति भण्डारीद्वारा फुटबल खेल उद्घाटन

राष्ट्रपति भण्डारीद्वारा फुटबल खेल उद्घाटन

इटहरी, ६ माघ। राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वभर देशको छवि र समृद्धिको शिखर उचाइमा पु¥याउनका लागि खेल जगत्ले महत्वपूर्ण योगदान पु¥याउने भएकाले यस क्षेत्रप्रति राज्य अतिसंवेदनशील भएर अघि बढ्न जरुरी रहेको कुरामा सवैको ध्यानाकर्षण गराउनु भएको छ । राष्ट्रपति भण्डारीले इटहरीको सबैभन्दा पुरानो राष्ट्रिय जागृति क्लबको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद्को संयोजन र मदन भण्डारी प्रतिष्ठानको सहयोगमा ...
error: Content is protected !!