काठमाडौं, १९ फागुन । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरका सुरक्षा गार्ड रविन भुजेलको हत्या भएको पुष्टि भएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा मृतक भुजेलको अाफ्नै साथिबाट हत्या भएकाे खुलेकाे हाे। महानगरीय प्रहरी परिसर काठमाडौं र वृत्त कमलपोखरीको संयुक्त टोलीले गरेको अनुसन्धानमा मृतक भुजेललाई अत्यधिक मदिरा सेवन गराई मलको चौथो तत्लाबाट तल फ्याकेको खुलेको हो।

परिसरले नियन्त्रणमा लिएका चारजनालाई आईतबार अदालतबाट म्याद लिएपछि घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ। प्रहरीकाअनुसार शुक्रबार बिहान करिब चारबजे मलको चौंथो तलाबाट खसेर सुरक्षागार्ड रविन भुजेलको घटनास्थलमै मृत्यु भएको थियो। घटना लगत्तै प्रहरीले भुजेलसँगै कार्यरत सुरक्षा गार्ड रुद्र बस्नेत र हाउस क्लिनर तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको हो।
परिसर स्रोतका अनुसार घटना महिला, मदिरा र मनमुटावका कारण भएको देखिएकाे छ। तर यी तीन बिषयमा संलग्न ब्यक्तिहरुको सम्बन्ध प्रहरीले आईतरबारसम्मका लागि गोप्य राखेको छ।


















