काठमाडौँ, १८ फागुन।  सर्वोच्च अदालतले अवहेलनासम्बन्धी मुद्दामा कान्तिपुर मिडिया गु्रपको पेशी आइतबारका लागि तोकेको छ ।

Advertisement

प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले बयानका लागि आज पेशी तोकेको हो । कान्तिपुरको समूह बयान दिनका लागि उपस्थित भए पनि समयाभावका कारण बयान लिन नभ्याइएपछि यही फागुन २० गतेका लागि पेशी तोकिएको हो ।

फागुन १३ गते अदालतले कान्तिपुर मिडिया गु्रपलाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा ७२ घण्टाभित्र बयान दिनका लागि उपस्थित हुन आदेश दिएको थियो ।

प्रधानन्यायाधीश पराजुलीको जन्ममितिसम्बन्धी समाचारलाई लिएर अधिवक्ता तोयनाथ ढुंगानाले दायर गरेको अवहेलनाको मुद्दामा सुनुवाइपछि अदालतले सो आदेश दिएको हो ।

अदालतले बयानका लागि म्याद नगुज्रने गरी ७२ घण्टाभित्र गु्रपका अध्यक्ष कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधानसम्पादक सुधीर शर्मा र समाचारदाता कृष्ण ज्ञवालीलाई उपस्थित हुन भनेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!