नेपालगन्ज, १५ चैत। कोहलपुर क्षेत्रमा बालिका दुर्व्यवहारका घटना बढेका छन् । गत शनिबार एक १० बर्षीया बालिका बलात्कृत भइन् । प्रहरीले बलात्कार आरोपमा स्थानीय ३० बर्षीय थमबहादुर बुढाथोकीलाई पक्राउ गरेको छ ।

कोहलपुरस्थित दुर्गा खाजा घरनजिकै खेलिरहेकी बालिकालाई प्रलोभनमा पारेर उनले स्कुटरमा राखी गनापुरस्थित खेतमा पुर्याएर करणी गरेको प्रहरीले जनाएको छ ।

Advertisement

अर्की ६ बर्षीया बालिकालाई पानी तान्ने मोटर बिगारेको भन्दै भैंसीको गोबर खुवाएर दुर्व्यवहार गरिएको छ । कोहलपुर नगरपालिका ४ की ५० बर्षीया गीता परियारले गोबर खुवाएको प्रहरीले जनाएको छ ।

प्रहरीले बालिकालाई गोबर खुवाएको आरोपमा गीतालाई पक्राउ गरेको छ ।  गीताको घर आँगनमा खेलिरहेकी ती बालिकालाई मोटर बिगारेको आक्रोशमा उनले दुर्व्यवहार गरेकी थिइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!