- देवकला कार्की/संगालोखबर

धनकुटा, १५ चैत । धनकुटामा तराई, मधेश, पहाड र हिमाली भेगका मौलिक लोक नृत्यहरुको प्रस्तुति गरिएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नृत्य विभागको आयोजना तथा हाम्रो बहुमुखी पाठशाला धनकुटाको स्थानीय व्यवस्थापनमा तराईदेखि हिमालसम्मको लोक नृत्य प्रस्तुत गरिएको हो ।

लोकनृत्य प्रस्तुत गरिदै । तस्वीर: देवकला कार्की/संगालोखबर

नेपालका विभिन्न क्षेत्रमा बसोवास गर्ने आठ भन्दा बढि जातजातिका मौलिक लोक नृत्य प्रस्तुत गरिएको थियो ।

Advertisement

धनकुटाका विभिन्न नृत्यकारहरुले झ्याउरे, सेव्रु, झागड, धिमाल, झुमा, कौडा, तामाङ्ग सेलो, घुक्यौली र नेवारी नृत्य प्रस्तुत गरेको हाम्रो बहूमुखी पाठशाला धनकुटाका संयोजक सरोज भुजेलले संगालोखबरलाई जानकारी दिए ।

प्रमाणपत्र वितरण गरिदै । तस्वीर: देवकला कार्की/संगालोखबर

नृत्य प्रस्तुतिमा सहभागि कलाकारहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । पाठशालाका संरक्षक मिनकुमार श्रेष्ठ, पत्रकार रमेशचन्द्र अधिकारी, सन्तवीर लामा लगायतले सहभागिहरुलाई प्रमाणपत्र वितरण गरेका हुन् ।

हाम्रो बहूमुखी पाठशालाले आगामि दिनमा कला, संस्कृति जर्गेनाकालागि बहुमुखी रुपमा प्रशिक्षण गदै विभिन्न मौलिक नृत्यसमेत प्रस्तुत गर्ने संयोजक भुजेलले बताएका छन् । नृत्य प्रस्तुति अघि धनकुटामा सोहि बिषयमा कार्यशाला पनि गरिएको थियो ।

थप तस्वीरहरु…

तस्वीरहरु: देवकला कार्की/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!