दार्चुला, १५ चैत । भारतले सीमा नदी महाकालीमा एकतर्फी रुपमा निर्माण गरेका ३ वटा काठेपुल स्थानीय बासिन्दाले भत्काइदिएका छन् ।

गत फागुनमा भारतले नेपालको अनुमतिविना व्यास गाउँपालिका २ दुम्लिङस्थित महाकालीमा अस्थायी प्रकृतिका काठे पुल निर्माण गरेको थियो ।

Advertisement

प्रहरीका अनुसार मंगलबार दुम्लिङका स्थानीयले पुल भत्काएर महाकालीमा फालेका हुन् ।

भारतले सडक निर्माण समाग्री ढुवानी गर्न घाटीबगडदेखि दोपख्यासम्म ४ वटा पुर र हेभी इक्विपमेन्ट गुड्ने करिब डेढ सय मिटर ट्रयाक बनाएको थियो ।

समाचारमा लेखिएको छ, उसले सोही क्षेत्रमा दुई किलोमिटर पैदल मार्गसमेत निर्माण गरेको थियो ।आजको कान्तिपुर दैनिकमा मा यो समाचार छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!