चितवन, १५ चैत । एउटै कक्षामा पढ्ने साथीबाट पूर्वी चितवन खैरहनीका १० बर्षीया बालिका बलात्कृत भएकी छिन् ।

चैत ११ गते दिउँसो घरमा एक्ले सुतेको समयमा दुई साथी आएर एकले घाँटी समाएको र अर्काले जबर्जस्ती गरेको बालिकाले अभिभावकलाई बताएकी छिन् । छोरीलाई घरमा सुताएर अभिभावक नजिकैको खोलामा नुहाउन गएका बेला घटना भएको हो ।

Advertisement

अभिभावक नुहाएर फर्किदाँ सुतिरहेकी बालिकामा उठबस गर्न नसक्ने, ज्वरो आउने, उल्टी गर्ने, पखाला लाग्ने समस्या देखिएको थियो ।समाचारमा लेखिएको छ, घटनाको भोलिपल्ट उनी सिकिस्त भएकी थिइन् ।

सुताउन लाग्दा बालिकाको योनी असामान्य देखेपछि अभिभावकले उपचारका लागि अस्पताल ल्याएका छन् ।  बलात्कृत भएको चार दिनमा पनि बालिका राम्ररी होसमा आउन नसकेको अभिभावकले बताए ।

घटनामा संलग्न भनिएका बालकहरु ९ बर्ष पाँच महिना र ९ बर्ष सात महिनाका रहेको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!