उदयपुरमा बिष्फोट हुँदा बालक गंभीर घाईते

उदयपुरमा बिष्फोट हुँदा बालक गंभीर घाईते

गाईघाट, उदयपुर, २८ चैत । त्रियुगा नगरपालिका–१३ स्थित थरुहट रंगशाला क्षेत्रमा आज दिउँसो अज्ञात व्यक्तिले झोलामा छाडेको विष्फोटक पदार्थ पड्केर स्थानीयवासी १४ वर्षीय बालक पारस राई गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार घाइते बालकको जिल्ला अस्पताल उदयपुरमा उपचार हुन नसकेपछि सुनसरी धरानस्थित बिपी मेमोरियल अस्पताल पठाइएको छ । थरुहट रंगशाला नजिकै हवाई फिल्डको चौरमा भैँसीका पाडा ...
बसपार्कमा महिलाको शव फेला

बसपार्कमा महिलाको शव फेला

नेपालगन्ज, २८ चैत । बाँकेको कोहलपुर बसपार्कमा आज एक महिलाको शव फेला परेको छ । बर्दिया ठाकुरबाबा नगरपालिका–३ की २८ वर्षीया कल्पना शाही मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरी निरीक्षक निरन्जन घिमिरेका अनुसार मृतक शाही कोहलपुर बसपार्क वरपर बेलाबेलामा मदिराले मातिएको अवस्थामा भेटिने गरेकी थिइन् । मृतक शाहीका श्रीमान् नेपाली सेनामा कार्यरत रहेको र हाल शान...
घरायसी विवादमा गोली चल्दा एकै परिवारका  ६ जनाको मृत्यु

घरायसी विवादमा गोली चल्दा एकै परिवारका ६ जनाको मृत्यु

एजेन्सी। अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा लामो समयदेखि जारी घरायसी विवादको कारण भएको द्वन्द्वमा परी एकै परिवारका ६ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले आज जानकारी दिएका छन । बेहसुद जिल्लाको सराचा ए अली खान क्षेत्रमा एकै परिवारको काकाको घरमा तीन दाजुभाइबीच मङ्गलबार अबेर राति भएको गोलीकाण्डमा परी काका स्वयम्, उनको श्रीमती र चार जना बालबालिकाको मृत्यु प्रान्तीय गभर्नरद्वारा प्रकाशित विज्ञप...
रोगले कुखुरा मर्दा रु ६० लाखको क्षति

रोगले कुखुरा मर्दा रु ६० लाखको क्षति

रत्ननगर, चितवन, २८ चैत। रोगले कुखुरा मर्दा चितवनको दुई वटा खोर नै रित्तिएको छ । रोग लागेर पूर्वी चितवनको रत्ननगर र खैरहनी नगरपालिकामा सञ्चालित कुखुरा फार्मका दुई वटा खोर रित्तिएका हुन् । रत्ननगर–१५ स्थित लामिछाने पोल्ट्री फार्मका पाँच हजार १०० कुखुरा मरेका छन् । त्यहाँको कुखुरा एच ९ लो प्याथोजनिक संक्रमणले मरेको जिल्ला पशुसेवा कार्यालय चितवनका सूचना अधिकारी डा शिखा तिवारीले जानकारी दिनुभयो । ...
धनकुटामा टाटासुमो दुर्घटना हुँदा ७ घाईते

धनकुटामा टाटासुमो दुर्घटना हुँदा ७ घाईते

धनकुटा, २८ चैत । जिल्लाको साँगुरीगढी गाउँपालिका–६ फलामेटारमा टाटासुमो दुर्घटना हुँदा ७ जना घाईते भएका छन् । डाँडाबजारबाट छिन्ताङ जाँदै गरेको को.१ ज.२९८२ नम्बरको टाटासुमो जीप मंगलवारसाँझ दुर्घटना भएको हो । दुर्घटनामा परी साँगुरीगढी–५ डाँडाबजारका १३ वर्षीय ऋषी बराईली, १६ वर्षीय पुजन वि.क. र १७ वर्षीय पुकार वि.क. गंभीर घाईते भएका छन् । ४ जनाको अवस्था सामान्य रहेको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सु...
जिल्लास्तरका २ दर्जन सरकारी कार्यालय खारेज, शिक्षा कार्यालय असारसम्म रहने

जिल्लास्तरका २ दर्जन सरकारी कार्यालय खारेज, शिक्षा कार्यालय असारसम्म रहने

काठमाडौं, २८ चैत । जिल्लास्तरका करिब दुई दर्जन सरकारी कार्यालयहरु आजबाट खारेज भएका छन् । खारेज भएका सरकारी कार्यालयहरुका चलअचल सबै सम्पत्ति स्थानीय तह मातहत आएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता रुद्रसिंह तामाङका अनुसार खारेजीमा परेका कार्यालयहरुको चलअचल सम्पत्ति जिल्ला समन्वय समिति (जिसस) प्रमुखको संयोजकत्वमा गठित समितिमार्फत हस्तान्तरण हुनेछ । केही ‘हस्तान...
यी हुन् २०७४ का टप टेन गीत

यी हुन् २०७४ का टप टेन गीत

इतिहासदेखि नै गीतसंगीत नेपाली चलचित्रको हिस्सा रहँदै आएका छन् । गीतसंगीतकै कारण हिट भएका धेरै चलचित्रहरुको नाम लिन सकिन्छ । २०७४ सालका कुरा गर्दा फिल्मी संगीतको दृष्टिकोणले निकै सुखद रह्यो । एकपछि अर्को चलचित्रका गीतहरुले बजार पिटे । पार्टीदेखि पिकनिकसम्म बसदेखि विवाहसम्म नेपाली गीत नै बढि घन्किए । यीमध्ये धेरैजसो लोकलयमा आधारित गीतहरुको बोलबाला यो वर्ष रह्यो । संगीतकारको कुरा गर्दा राजनराज सि...
भेडेटारबाट लागूऔषधसहित एक जना पक्राउ

भेडेटारबाट लागूऔषधसहित एक जना पक्राउ

धनकुटा, २८ चैत । धनकुटाको भेडेटारबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा नगरपालिका–७ का २० बर्षीय सरद पाख्रीन छन् । को.१ ख ५६७३ नम्बरको बसमा सवार पाख्रीनको साथबाट चेकजाँचका क्रममा लागुऔषध फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनको साथबाट स्पाक्समो चपकाडोल कलोजेट ट्याबलेट–५२ एम्पुल र गाँजा ३० ग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ...
तराईका तीन जिल्ला डेंगुको जोखिममा

तराईका तीन जिल्ला डेंगुको जोखिममा

बनियानी, झापा, २८ चैत ।  झापासहित तराईका तीन जिल्लामा डेंगु रोगको संक्रमण उच्च देखिएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले झापा, रुपन्देही र महोत्तरीमा संक्रमण दर उच्च रहेको देखाएको छ । गत वर्ष रुपन्देहीमा सबैभन्दा बढी ६७७ जनामा डेंगुको संक्रमण भेटिएको थियो । उच्च जोखिममा देखिएकामध्ये झापा दोस्रो स्थानमा पर्छ । गत वर्ष झापामा ५३५ जनामा डेंगु भेटिएको जिल...
आइजिपीमा सर्वेन्द्रलाई नियुक्त गरेलगत्तै रमेश खरेलद्वारा राजीनामाको घोषणा

आइजिपीमा सर्वेन्द्रलाई नियुक्त गरेलगत्तै रमेश खरेलद्वारा राजीनामाको घोषणा

नेपाल प्रहरीको महानिरीक्षकमा तपाईंको पनि दाबेदारी थियो, सहब्याची सर्वेन्द्र खनालले यो जिम्मेवारी पाउनुभएको छ, तपाईंको प्रतिक्रिया के छ ? आइजिपीमा नियुक्त साथीलाई म बधाई दिन चाहन्छु । २९ वर्ष नेपाल प्रहरीको सेवा गरेँ । भोलि (बुधबार)देखि बिदा हुँदै छु । आफूले अवसर नपाउनासाथ सार्वजनिक रूपमा असन्तुष्ट व्यक्त गर्ने, अदालत जाने र राजीनामा पनि दिने प्रचलन आएको छ, यसले फौजमा कस्तो संस्कार बसाउला ? पद...
राष्ट्रपति रनिङ्ग शिल्डमा लगातार चौथो पटक पनि भानु मा.वि. कै कब्जा

राष्ट्रपति रनिङ्ग शिल्डमा लगातार चौथो पटक पनि भानु मा.वि. कै कब्जा

धनकुटा, २८ चैत । धनकुटामा सञ्चालित राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा १७ स्वर्ण पदकसहित ५ रजत जितेर भानु माध्यमिक विद्यालय जिल्ला प्रथम भएको छ । कपर्टी, एथ्लेटिक्स, महिला भलिवल, पुरुष भलिवल लगायत खेलमा प्रथम हुदै भानु मा.वि.डाँडाबजार प्रतियोगितामा बिजयी बनेको हो । भानु मा.वि.ले यो सँगै लगातार चौथो पटक राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि जितेको हो । त्यसैगरी ५ स्वर्ण, ७ रजत र ५ काश्य पदकसहित कुरुल...
इतिहास बिर्सिंदै कांग्रेस

इतिहास बिर्सिंदै कांग्रेस

काठमाडौं, २८ चैत । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार साँझ सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे, ‘नेपाली कांग्रेसलाई जन्मदिनको शुभकामना ।’ सभापति देउवाको स्टाटसले अधिकांश कांग्रेसका नेता-कार्यकर्ता अलमलमा परे । कारण थियो, धेरैलाई आफ्नै पार्टीको स्थापना दिवसको तिथि नै पत्तो भएन । पार्टीका साधारण कार्यकर्ता मात्र होइन, अधिकांश केन्द्रीय सदस्य नै यसबारे अनभिज्ञप्राय थिए । कांग्रेसका एक ...
नेपाली महिला बेलायती विश्वविद्यालयको पाठ्यक्रममा

नेपाली महिला बेलायती विश्वविद्यालयको पाठ्यक्रममा

काठमाडौं, २८ चैत। नेपाली महिलाका जीवनी बेलायतको लिभरपुलस्थित लिभरपुल जोन मुर्स विश्वविद्यालयले आफ्नो पाठ्यक्रममा समावेश गरेको छ । विभिन्न क्षेत्रमा सक्रिय २५ जना महिलाका प्रेरणादायी जीवनी विश्वविद्यालयको मानविकी र समाज विज्ञान विभागले स्नातकोत्तर तहको पाठ्यक्रममा राखी अध्यापन गराउन थालेको हो । १४ वर्षअघि सुरु सेलिब्रेटिङ वुमनहुड नवदेवी अवार्ड्सबाट सम्मानित नेपाली महिलाका जीवनीलाई पुस्तकको रूप दि...
२०७४ चैत २८ गते बुधबारको राशिफल

२०७४ चैत २८ गते बुधबारको राशिफल

वि.सं. २०७४ साल चैत २८ गते। बुधबार। इश्वी सन् २०१८ अप्रिल ११ तारिख। नेपाल संवत् ११३८ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– एकादशी, ३०:३७ बजेउप्रान्त एकादशी।  मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइ...
बारामा उखुको रसले पोलेर एक जनाको मृत्यु, नौ जना घाईते

बारामा उखुको रसले पोलेर एक जनाको मृत्यु, नौ जना घाईते

कलैया, २७ चैत । बाराको कलैया उपमहानगरपालिका–२४ श्रीपुरमा रहेको रिलाइन्स सुगरमिलमा उखुको तातो रस मोलासिसको ट्याङ्की फुट्दा तातो रस जीउमा खसेर एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । आज सो ट्यांकी अचानक फुट्दा ठेगाना नखुलेका भारतीय कामदार अन्दाजी ४५ वर्षीय रामस्नेहीको मृत्यु भएको बारा प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते भएका स्नेहीको कलैया अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भ...
घटनामा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शन

घटनामा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शन

काठमाडौँ, २७ चैत । धर्मगुरु आचार्य श्रीनिवासमाथि हत्या गर्ने उद्देश्यले गरिएको गोली प्रहार घटनामा संलग्नको खोजी गर्न माग गर्दै विभिन्न संघ संस्था तथा नागरिक समाजले आज साँझ माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । योगी नरहरिनाथ आध्यात्मिक परिषद्, नेपाल विश्व हिन्दू महासंघ, श्रीमद्भागवत तथा गौ–संरक्षण केन्द्र, हिन्दू जागरण नेपाललगायत संस्थाले गत शनिबार विराटनगरमा सुनियोजित रुपमा गुरुमाथि भएको घट...
नाबालिकालाई सामूहिक बलात्कार गर्ने पाँचजना जेल चलान

नाबालिकालाई सामूहिक बलात्कार गर्ने पाँचजना जेल चलान

काठमाडौँ, २७ चैत। नाबालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । यही फागुन १७ गते बल्खुबाट हराएकी १५ वर्षीया बालिकालाई १३ दिन बन्धक बनाई सामूहिक बलात्कार गर्ने सन्तोष घिमिरे, दिवस गड्तौला, सुदीप बजगाईं, भोला तामाङ र चन्द्र सापकोटालाई आज जेल चलान गरिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहनकुमार थापाले आजको काठमाडौँ जिल्ला अदालतको आदेशानुसार जेल...
बैशाखबाट जलमार्ग सम्भाव्यताबारे अध्ययन गरिने: मन्त्री महासेठ

बैशाखबाट जलमार्ग सम्भाव्यताबारे अध्ययन गरिने: मन्त्री महासेठ

काठमाडौँ, २७ चैत। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आगामी बैशाखबाट नै जलमार्ग निर्माणबारे सम्भाव्यता अध्ययन शुरु गर्ने बताउनुभएको छ । आज यहाँ टिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा विगतमा प्रधानमन्त्रीले पानीजहाजको कुरा गर्दा विभिन्न तरिकाबाट उडाउने काम भएको भन्दै मन्त्री महासेठले पानीजहाजको सपना साकार हुने स्पष्ट पार्नुभयो । बैशाखको पहिलो साताबाट नै सम्भाव्यत...
प्रहरी प्रमुखमा सर्वेन्द्र खनाल नियुक्त, सशस्त्रमा शैलेन्द्र

प्रहरी प्रमुखमा सर्वेन्द्र खनाल नियुक्त, सशस्त्रमा शैलेन्द्र

काठमाडौं, २७ चैत । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा सर्वेन्द्र खनाल नियुक्त भएका छन् । साथै शैलेन्द्र खनाल सशस्त्र प्रहरीको महानिरीक्षक बनेका छन् । मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले डीआईजी खनाललाई आईजीपीमा बढुवा गरेको हो । आईजीपीका लागि सर्वेन्द्र खनालसँगै रमेश खरेल र पुष्कर कार्की दौडमा थिए । डीआईजी बढुवाको बरियतामा खनाल पहिलो, खरेल दोस्रो र कार्की तेस्रो नम्बरमा थिए । डीआईजीम...
धनकुटा आइपुगेर प्रचण्डले भने ‘वैशाख ९ मै हुन्छ पार्टी एकता’ (भिडियोसहित)

धनकुटा आइपुगेर प्रचण्डले भने ‘वैशाख ९ मै हुन्छ पार्टी एकता’ (भिडियोसहित)

धनकुटा, २७ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैशाख ९ गते एमाले र माओवादी केन्द्रवीच पार्टी एकताको घोषणा हुँने दावी गरेका छन् । धनकुटाको पाख्रीबासमा मंगलबार कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्र्तरगत कृषि संकायको प्राकृतिक स्रोत व्यवस्थापन कलेज कक्षा उद्घाटन तथा भवन शिलान्यास गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । पार्टी एकताका लागि गठित दुई समितिले प्रतिवेदन ब...
डिपिएल : महेन्द्रनगर र काठमाडौँ फाइनलका लागि भिड्ने

डिपिएल : महेन्द्रनगर र काठमाडौँ फाइनलका लागि भिड्ने

धनगढी, २७ चैत । महेन्द्रनगर युनाइटेड र काठमाडौँ गोल्डेन्स यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि भिड्ने भएका छन् । प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा आज सिवाईसी अत्तरियालाई १५ रनले हराउँदै महेन्द्रनगर युनाइटेड प्रतियोगिताको दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो । सिवाईसी अत्तरियाले टस जित्दै फिल्डिङ रोजेपछि महेन्द्रनगर युनाइट...
नेपाली काँग्रेसको स्थापना दिवस, सभापतिको ट्वीटर शुभकामनामै सिमित

नेपाली काँग्रेसको स्थापना दिवस, सभापतिको ट्वीटर शुभकामनामै सिमित

काठमाडौँ, २७ चैत। नेपाली कांग्रेस स्थापना भएको आज ६८ वर्ष पुगेको छ । चैत २७ गतेकै दिन २००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकीकरण भएर नेपाली कांग्रेसको स्थापना भएको थियो । अहिलेसम्म कांग्रेसले २००७ सालको क्रान्ति, २०३६ सालको जनमतसंग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको प्रजातन्त्र बहालीका लागि आन्दोलन र २०६२/६३ सालको दोस्रो जनआन्दोलनको नेतृत्व गरेको छ । नेपालमा जत...
फेसबुकको घोषणा- अब डाटा लिकको जानकारी प्रयोगकर्ताले पाउने

फेसबुकको घोषणा- अब डाटा लिकको जानकारी प्रयोगकर्ताले पाउने

फेसबुक प्रयोगकर्ताले अब आफ्नो अकाउन्टको डाटा लिक भएमा त्यसको जानकारी प्राप्त गर्ने भएका छन् । फेसबुकले प्रयोगकर्तालाई उनीहरुको डाटा लिक भएको अवस्थामा जानकारी उपलब्ध गराउने घोषणा गरेको हो । क्याम्ब्रिज एनालिटिका काण्डपश्चात् फेसबुकले यस्तो कदम चालेको हो । करीब ८ करोड ७० लाख प्रयोगकर्ता, जसको डाटा सम्भवतः क्याम्ब्रिज एनालिटिकासँग शेयर भएको छ, उनीहरुलाई एक विस्तृत सन्देश तथा न्यूज फिड उपलब्ध गराइनेछ...
धार्मिक आवरणमा हिंसा गर्नेहरु कारवाहीको दायरामा आउने

धार्मिक आवरणमा हिंसा गर्नेहरु कारवाहीको दायरामा आउने

काठमाडौँ, २७ चैत । गृहमन्त्री रामबहादुर थापाले पछिल्ला दिनमा धार्मिक आवरणमा अस्थिरता निम्ताउन खोज्नेहरु सक्रिय भएकाले तिनलाई सरकारले कारवाहीको दायरामा ल्याउने स्पष्ट पार्नुभएको छ । गत आइतबार विराटनगरमा श्रीनिवास आचार्यमाथि भएको गोली प्रहारको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आज मन्त्रालयमा ४८ धार्मिक संघसंस्थाका तर्फबाट ज्ञापनपत्र बुझाउन आएको प्रतिनिधिमण्डलसँग गृहमन्त्री थापाले घटनामा संलग्न...
आजदेखि सिंहदरबारमा सौर्य बत्ती झलल

आजदेखि सिंहदरबारमा सौर्य बत्ती झलल

काठमाडौँ, २७ चैत ।  मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आजदेखि सौर्य ऊर्जा (सोलार) प्रणालीबाट बत्ती बालिएको छ । चीन सरकारको सहयोगमा बनेको एक मेगावाट क्षमताको उक्त प्रणालीको सिंहदरबारमा आज आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत यु होङले संयुक्तरुपमा उद्घाटन गर्नुभयो । सौर्य ऊर्जा उत्पादनका निम्ति प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय, ऊर्जा मन्त...
आगलागीबाट १५ लाखको क्षति

आगलागीबाट १५ लाखको क्षति

मंगलबारे, इलाम, २७ चैत ।  इलाम नगरपालिका– ९ गोलाखर्कमा आज भएको आगलागीबाट  १५ लाख बराबरको धनमाल क्षति भएको छ । स्थानीयवासी यामबहादुर भण्डारीको दुईतले घरमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो । दिउँसो घरमा कोही नभएको बेला आगलागी भएको बताइएको छ । विद्युत् चुहिएर आगलागी भएको अनुमान गरिएको छ । इलाम नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीद्वारा आगो लागी नियन्त्रणमा लिइएको थियो । आगलागीबाट ...
भरतपुर र चिनियाँ विश्वविद्यालयबीच सम्झौता

भरतपुर र चिनियाँ विश्वविद्यालयबीच सम्झौता

चितवन, २७ चैत । भरतपुर महानगरपालिका र चीनको केन्द्रीय दक्षिण विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौतासम्बन्धी पत्रमा आज हस्ताक्षर सम्पन्न भएको छ । स्नातकोत्तर र विद्यावारिधिमा २१७ शैक्षिक कार्यक्रम र स्नातक तहमा ९४ शैक्षिक कार्यक्रम सञ्चालन भएको विश्वविद्यालयले महानगरपालिकाका गरीब, असहाय तथा जेहेन्दार २० विद्यार्थीलाई पूर्ण र ५० विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गर्ने सहमति भएको छ । ...
प्रदेशसभा सदस्यलाई मासिक ४५ हजार तलब प्रस्ताव

प्रदेशसभा सदस्यलाई मासिक ४५ हजार तलब प्रस्ताव

काठमाडौँ, २७ चैत । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रदेश तहलाई आवश्यक थप दुई नमूना कानून पठाएको छ । मन्त्रालयका सहप्रवक्ता हुमबहादुर केसीले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेशसभाका सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सात वटै प्रदेशलाई पठाइएको जानकारी दिनुभयो । यसअघि मन्त्रालयले प्रदेशका सार्वजनिक लिखत प्रमाण...
श्वेतपत्र मार्फत प्रदेश नं ७ को अवस्था सार्वजनिक

श्वेतपत्र मार्फत प्रदेश नं ७ को अवस्था सार्वजनिक

धनगढी, २७ चैत । प्रदेश नं ७ को सरकारले भारत चीनसँग जोडिएका भन्सार नाकाको स्तरोन्नति गर्दै सहज एवं सरल रुपमा व्यापार व्यवसाय अभिवृद्धि गराउने उद्देश्यसहितको श्वेतपत्र जारी गरेको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले जारी गर्नुभएको श्वेतपत्रको आगामी कार्यदिशामा प्रदेशमा आधुनिक अस्पताल र मेडिकल कलेजको स्थापना गर्दै गुणस्तरीय सेवा प्रदान गर्...
शिक्षाबाट वञ्चित बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न आह्वान

शिक्षाबाट वञ्चित बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न आह्वान

काठमाडौँ, २७ चैत। सरकारले शिक्षाबाट वञ्चित गरीब, विपन्न, सीमान्तकृत, लोपोन्मुख समुदायलगायतका बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न सबैमा आह्वान गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले शिक्षाको अवसरबाट वञ्चित त्यस्ता समुदाय र वर्गका बालबालिकामध्ये एक एक बालक र बालिका खोजी गरी विद्यालयमा भर्ना गरिदिन र स्वेच्छिक अभिभावकत्व ग्रहण गदिदिन सबैमा आह्वान गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि ...
पाकिस्तानद्वारा छात्रवृत्ति दोब्बर गरिएको घोषणा

पाकिस्तानद्वारा छात्रवृत्ति दोब्बर गरिएको घोषणा

काठमाडौँ, २७ चैत । पाकिस्तान सरकारले नेपाललाई उपलब्ध गराउँदै आएको छात्रवृत्ति ‘सिट’ दोब्बरले वृद्धि गरिएको घोषणा गरेको छ । पाकिस्तानका प्रधानमन्त्रीले हालै सम्पन्न आफ्नो औपचारिक नेपाल भ्रमणका क्रममा गर्नुभएको उक्त घोषणाबमोजिम यहाँस्थित पाकिस्तानी दूतावासले पनि स्थानीय तहमा उपलब्ध गराउँदै आएको छात्रवृत्तिको संख्यामा समेत दोब्बरले बढोत्तरी गरेको छ । पाँच वर्षयता उक्त दूतावासले वर्षेनी प्राथमिक, म...
error: Content is protected !!