जिल्ला शिक्षा कार्यालयको बदलामा समन्वय एकाइ स्थापना

जिल्ला शिक्षा कार्यालयको बदलामा समन्वय एकाइ स्थापना

काठमाडौँ, २९ चैत।  सरकारले देशभरिका जिल्ला शिक्षा कार्यालय खारेज गरेको छ । माध्यमिक तहको शिक्षाको कामलाई स्थानीय तहलाई जिम्मा दिने भएपछि जिल्ला शिक्षा कार्यालयलाई आजदेखि ‘शिक्षा विकास तथा समन्वय एकाइ’ बनाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले जानकारी दिनुभयो । मन्त्रालयले बुधबार सबै जिल्ला शिक्षा कार्यालयलाई खारेज गर्दै एकाइ कार्यालयमा स्थापना गर्न जिल्ला शिक्...
मोदीको दलका एक सांसद विरुद्ध बलात्कारको आरोप, प्रहरीले सुरुगर्यो अनुसन्धान

मोदीको दलका एक सांसद विरुद्ध बलात्कारको आरोप, प्रहरीले सुरुगर्यो अनुसन्धान

नयाँ दिल्ली, २९ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक दल, भारतीय जनता पार्टीका एकजना सांसद विरुद्ध बलात्कारको आरोपमा अनुसन्धान सुरु भएको समाचार छ । उनी बिरुद्ध परेको उजुरीको छानबीन प्रहरीले बिहीबारबाट सुरु गरेको जनाएको छ । सो अनुसन्धानको समाचारले भारतीय मिडियामा ठूलो चर्चा पाएको पनि नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । भारतीय जनता पार्टीको उत्तर प्रदेशका राज्यसभा सांसद कुल...
तालिबानको आक्रमणमा गभर्नरसहित बाह्र सुरक्षाकर्मीको मृत्यु

तालिबानको आक्रमणमा गभर्नरसहित बाह्र सुरक्षाकर्मीको मृत्यु

गजनी, अफगानिस्तान, २९ चैत। अफगानिस्तानको पूर्वी प्रान्त गजनीको खब्जा ओमारी जिल्लामा अवस्थित जिल्ला प्रमुख कार्यालयमा भएको तालिबान आतङ्ककारी आक्रमणमा परी कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणमा परी जिल्ला गभर्नरसहित १२ भन्दा बढीको मृत्यु भएको स्थानीय अधिकारी रमाजान अलि मोहसिनीले जानकारी दिनुभएको छ । खब्जा ओमरी जिल्लामा रहेको सुरक्षा जाँच चौकीमा स्थानीय समयाअनुसार बिहीबार बिहान ३ बजे ...
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो रोक्न काम शुरु

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो रोक्न काम शुरु

चितवन, २९ चैत ।  नारायणगढ–मुग्लिन सडकको बाटो विस्तारका क्रममा भित्तो काटिएपछि पहिरोको उच्च जोखिम रहेका ठाउँमा काम थालिएको छ । सो सडकको ३३.२ किलोमिटर सडकमध्ये १७.१ किलोमिटरमा सडक विस्तारका लागि भित्तो काटिएको छ । ती ठाउँमा चट्टान, साना ढुंगा, माटोको ढिस्को, गेग्रान खस्न सक्ने उच्च जोखिम रहेको छ । त्यस्तो जोखिम कम गर्न दुई वटा ढुंगा जोड्ने रक बोल्टिङ, चट्टान झर्न नदिने संरचना निर्माणे, सिमेन्ट जो...
प्रतिबन्धित भारतीय रुपैँयासहित दुई पक्राउ

प्रतिबन्धित भारतीय रुपैँयासहित दुई पक्राउ

काठमाडौँ, २९ चैत । महानगरीय प्रहरी परिसरले प्रतिबन्धित ४९ लाख ३१ हजार ५०० भारतीय रुपैँयासहित दुईजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले प्रतिबन्धित गरिसकेको ५०० र एक हजार दरका पुराना भारतीय नोटसहित मोरङका सुनिलदेव वैश्य र नुवाकोटका चेतबहादुर नेपालीलाई बुधबार दिउँसो लाजिम्पाटबाट पक्राउ गरेको हो । परिसरले आज पत्रकार सम्मेलन गरी ५०० का पाँच हजार ४५१ र एक हजारका दुई हजार २०६ थान रकम बरामद गरेको जान...
अष्ट्रेलिया जानेहरु ठगिएको भन्दै दुतावासको यस्तो आग्रह

अष्ट्रेलिया जानेहरु ठगिएको भन्दै दुतावासको यस्तो आग्रह

काठमाडौं, २९ चैत । आकर्षक रोजगारीको नाममा भ्रामक रुपमा विज्ञापन तथा प्रचारप्रसार गरि ठगहरु सलबलाएपछि अस्ट्रेलियाको राजधानी क्यानवेरास्थित नेपाली राजदूतावासले सचेत गराएको छ । विज्ञापनको भर पर्दा कतिपय ठगिएको र ठगिने डर भएकोले यस्ता विज्ञापनको भर नपर्न दूतावासले विज्ञप्ती निकाल्दै सतर्क गराएको हो । यस्ता विज्ञापनहरु गठी गर्ने नियतले गरेको भन्दै विज्ञापनको भ्रममा नपर्न नेपालीहरुलाई आग्रह गरेको छ । ...
गाई काट्ने परम्परा पहिले देखिकै हो, काट्न पाउनुपर्छः अधिकारकर्मी शाह

गाई काट्ने परम्परा पहिले देखिकै हो, काट्न पाउनुपर्छः अधिकारकर्मी शाह

काठमाडौं, २९ चैत । महिला अधिकारकर्मी रीता साहले गाई काट्ने परम्परा धेरै पहिलादेखि चलिआएको भन्दै गाई काटेकै कारण पक्राउ गर्न नहुने बताएकी छिन् । साथै उनले परेकाहरूलाई छाड्न समेत माग गरेकी छिन् । नेपाल मधेस फाउण्डेसनमा समेत रहेकी साहले एक अन्तर्वार्ताका क्रममो हिन्दूधर्मले मान्ने कुरालाई अर्को धर्म समुदायले मान्नै पर्छ भन्ने नभ्एको बताइन् । उनले नेपालको राष्ट्रिय जनावर गाईलाई परिवर्तन गर्नुपर्ने ...
बीएड तेस्रो बर्षको परीक्षातालिका सार्वजनिक

बीएड तेस्रो बर्षको परीक्षातालिका सार्वजनिक

काठमाडौं, २९ चैत । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय,बल्खुले ३ वर्षिय ब्याचलर इन एजुकेशन (बीएड) तेस्रो वर्ष २०७५ को परीक्षा तालिका प्रकाशित गरेको छ । बीएड तेस्रो वर्षको परीक्षा २०७५ जेठ १० गतेदेखि सुरु भई असार १ गते सकिनेछ । परीक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्म छ ।
साढे आठ अर्ब खर्चिएपछि खुल्यो मेलम्चीको सुरुङ

साढे आठ अर्ब खर्चिएपछि खुल्यो मेलम्चीको सुरुङ

काठमाडौं, २९ चैत ।  मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम सकिएको छ । अन्तिम खण्ड सिन्धु-ग्यालथुङको औपचारिक ब्रेक थ्रु बिहीबार भएको छ । उपराष्ट्रपति नन्दकिशोर पुनले सुरुङको औपचारिक ब्रेक थ्रु गरे । उनी काउलेको सिन्धु अडिटबाट प्रवेश गरेर ब्रेक-थ्रु गर्न गएको टोली औपचारिक उद्घाटनपछि ग्यालथुङमा पुगेको थियो । ७.५ किलोमिटर लामो अन्तिम सुरुङको प्राविधिक ब्रेक-थ्रु भने सोमबार नै भएको थियो । अब साढे...
राती सुत्नुअघि दुईवटा अलैंची र तातो पानी खानुहोस्, त्यसपछि हेर्नुहोस् कमाल

राती सुत्नुअघि दुईवटा अलैंची र तातो पानी खानुहोस्, त्यसपछि हेर्नुहोस् कमाल

मानिसहरु अलैंचीको प्रयोग मसलामा र माउथ प्रेसनरको रुपमा गर्दछन् । चियामा राखिएको अलैंचीले यसको स्वादमा वृद्धि गर्दछ । अलैंचीको फाइदा यसमा मात्र सिमित छैन । यदि तपाईं अलैंची खाएर तातो पानी पिउनुहुन्छ भने तपाईंले यसको दोब्बर फाइदा प्राप्त गर्नुहुनेछ । भारतका आयुर्वेदिकका विज्ञ अबरार मुल्तानीले अलैंची स्वास्थ्यका लागि निकै फाइदाजनक भएको बताउँछन् । हेर्दा सानो हुने अलैंचीको काम भने ठूलो छ । यसले खोक...
अबको बैठकले पार्टी एकता टुङ्ग्याउँछ: अध्यक्ष दाहाल

अबको बैठकले पार्टी एकता टुङ्ग्याउँछ: अध्यक्ष दाहाल

चितवन, २९ चैत ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अबको बैठकले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने बताउनुभएको छ । भरतपुर महानगरपालिका वडा नं १४, पकौडीमा आज आयोजित शोकसभामा उहाँले आफू शुक्रबार काठमाडौँ फर्किएपछि दुई पार्टीका बीचमा हुने बैठकले पार्टी एकता घोषणाको अन्तिम रुप दिने दाबी गर्नुभयो । उहाँले दुई कार्यदलले तयार गरेको प्रतिवेदनमा खासै असहमति नभएको बताउनुभ...
पदयात्रामा गएका जर्मन नागरिकको मृत्यु

पदयात्रामा गएका जर्मन नागरिकको मृत्यु

रसुवा, २९ चैत ।  लाङटाङ क्षेत्रको पदयात्रामा निस्केका जर्मनीका नागरिक ४९ वर्षीय निल्स जाकलको आज मृत्यु भएको छ । लाङटाङको पदायात्रा गरी फर्किने क्रममा श्वासप्रश्वासमा गाह्रो भएपछि गोसाइँकुण्ड गाउँपालिका– ५ लामाहोटल क्षेत्रमा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी गत शनिबार लाङटाङको पदयात्रामा निस्केका थिए । अहिले प्रहरी नायब उपरीक्षक शरत् कुमार थापा क्षेत्री हेलिकप्टरमा प्...
छोरा जन्माउन छ वटी श्रीमती

छोरा जन्माउन छ वटी श्रीमती

रोल्पा, २९ चैत । “बाँचुञ्जेल पाल्न र मरेपछि चितासम्म पुर्याउन छोरा नै चाहिन्छ त्यसैले छोरा जन्माउनका लागि छवटी श्रीमती विवाह गरेँ”, ठूलोगाउँ थबाङ रोल्पाका ५९ वर्षिय हित पुनले गर्वका साथ भन्नुभयो । हाल पुन सदरमुकाम लिबाङ नजिक बस्दै आउनुभएको छ । ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका पुनले एकपछि अर्काे गर्दै छवटी श्रीमती भित्र्याएको बताउनुभयो । पुनको पहिलो विवाह आफू १६ वर्ष हुँदा १४ वर्षीया किशोर...
नास्टले ६० विरुवाको कोडिङ गर्यो

नास्टले ६० विरुवाको कोडिङ गर्यो

ललितपुर, २९ चैत । नेपाल विधि विज्ञान प्रतिष्ठान (नास्ट) ले नेपालमा पाइने ६० प्रजातिका बोटविरुवाको कोडिङ गरेको छ । कुनै पनि प्रजातिको विरुवाको सम्पूर्ण जानकारी व्यवस्थित रुपमा इन्टरनेटमा राख्ने काम कोडिङ हो । विश्वका अधिकांश मुलुकले आफ्नो देशमा पाइने विरुवा सबैले हेर्न र जानकारी पाउन सक्ने गरी इन्टरनेटमा राखिएका हुन्छन् । नास्टले सन् २०१२ देखि बिरुवाको कोडिङ शुरु गरेको हो । विरुवाको कोडिङ गर्द...
विद्यालय भवन पुनःनिर्माणका लागि सवा करोड सहयोग

विद्यालय भवन पुनःनिर्माणका लागि सवा करोड सहयोग

बाबियाचौर, म्याग्दी, २९ चैत ।  म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माविको भवन पुनःनिर्माणका लागि प्रवासमा रहेका पूर्व विद्यार्थीको पहलमा सवा करोड रुपैयाँ आर्थिक सहयोग जुटेको छ । विद्यालयको ५०औँ स्थापना दिवसका अवसरमा नेपाल, बेलायत, हङ्कङ, कोरिया, जापान, अमेरिकालगायत देशमा रहेका पूर्व विद्यार्थीले  एक करोड २५ लाख जुटाएका हुन् । बेगखोला कल्याणकारी समाजको पहलमा संकलन भएको उक्त रकम व...
श्रीमतीको सहमतिबिना राखिने यौनसम्पर्क वैवाहिक बलात्कार नहुने ठहर

श्रीमतीको सहमतिबिना राखिने यौनसम्पर्क वैवाहिक बलात्कार नहुने ठहर

काठमाडौं, २९ चैत्र । पतिले पत्नीको सहमतिविना यौनसम्पर्क राखेमा पतिले वैवाहिक बलात्कार गरेको नठहरिने भारतको एक अदालतले ठहर गरेको छ । गुजरातको उच्च न्यायालयले पत्नी १८ वर्षभन्दा माथिको उमेर भए उनको सहमतिबेगर गरिने यौनसम्पर्कलाई वैवाहिक बलात्कार मान्न नसकिने जनाएको हो । पतिले गर्ने बलात्कारको अपराध भारतको इन्डियन पेनल कोड (आइपिसी)को खण्ड ३७५ अन्तर्गतको अपराध नहुने न्यायाधीश जेबी पर्दिवालाले बताए ।...
नोबेलको निःशुल्क उपचारले बाच्यो छलमाँयाको ज्यान (भिडियो रिपोर्टसहित)

नोबेलको निःशुल्क उपचारले बाच्यो छलमाँयाको ज्यान (भिडियो रिपोर्टसहित)

विराटनगर, २९ चैत । उपचार गर्ने पैसा नहुँदा मोरङको सुन्दरहरैचा–१० की ६० बर्षीया छलमाँया श्रेष्ठलाई बाँच्ने आसा थिएन । मस्तिष्क भित्रको नसा फुटेकी छलमाँयाको अप्रेशन गर्ने पैसा अभाव हुँदा परिवारले पनि उनलाई माँया मारिसकेको थियो । तर, विराटनगर स्थित नोबेल शिक्षण अस्पतालले उनको निःशुल्क अप्रेशन गरेपछि श्रेष्ठ परिवारको यो पीडा खुशीमा बदलिएको छ । उपचार गर्ने पैसा नभएर मायाँ मारिसकेको मान्छेलाई नोबेलले न...
सुनसरीमा गैरकानुनी रुपमा स्वास्थ्य शिविर सञ्चालन गरेर पैसा असुल्ने तीन जना पक्राउ

सुनसरीमा गैरकानुनी रुपमा स्वास्थ्य शिविर सञ्चालन गरेर पैसा असुल्ने तीन जना पक्राउ

इटहरी, २९ चैत । गैरकानुनी रुपमा स्वास्थ्य शिविर सञ्चालन गरेर पैसा असुल गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी देवानगञ्ज गाउँपालिका–६ मा स्वास्थ्य शिविर सञ्चालन गरी स्थानीयवासीबाट गैर कानुनी रुपमा पैसा असुल गर्ने तीन जनालाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । हामी चिकित्सक हौँ, तपाईहरुको स्वास्थ्य जाँचका लागि हामी यहाँ आएका हौँ भनेर प्रतिव्यक्ति ...
मोरङमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

मोरङमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

विराटनगर, २९ चैत । सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मोरङको पथरी शनिश्चरे–१० मा बुधबार राति सडक दुर्घटना हुँदा मोटरसाइकल चालक पथरी–शनिश्चरे हसन्दहका ४८ वर्षीय हरिबहादुर केसीको उपचारका क्रममा आज मृत्यु भएको प्रहरी प्रदेश कार्यालय, विराटनगरले जनाएको छ । डाँस खोला पुलमा रोकीराखेको को२त २४५९ नम्बरको ट्याक्टरको पछाडिको भागमा को१३प ७७२९ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि सो दुर्घटना भएको थिय...
यस्ती छन् मिस नेपाल-२०१८ बिजेता श्रृंखला (१० तस्वीरसहित)

यस्ती छन् मिस नेपाल-२०१८ बिजेता श्रृंखला (१० तस्वीरसहित)

काठमाडौँ, २९ चैत । हेटौंडाकी श्रृंखला खतिवडाले मिस नेपाल–२०१८ को उपाधि पाएकी छन् । २४ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेपाल बनेकी खतिवाडा इन्जिनरिङकी विद्यार्थी हुन् । श्रृंखला बौद्धिक रुपमा निकै तेज छिन् । उनी सामाजिक काम र पर्यटनमा पनि उत्तिकै रुचि राख्छिन् । श्रृंखला राजनीतिक परिवारबाट आएकी हुन् । उनका बाबु विरोध खतिवडा मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा चुनिएका एमाले सासंद हुन्...
उदयपुरमा ५० हजार घुससहित नापीका हाकिम पक्राउ

उदयपुरमा ५० हजार घुससहित नापीका हाकिम पक्राउ

गाईघाट,उदयपुर, २९ चैत्र । गाईघाट नापी कार्यालय उदयपुरका प्रमुख बिहीबार ५० हजार घुससहित रङ्गे हात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले नापी प्रमुख श्यामबाबु प्रसाद साहलाई कार्यालयको क्वाटरबाट घुससहित पक्राउ गरेको हो । सदरमुकाम गाईघाटका एक सेवाग्राहीलाई नक्सासुधार र शंसोधन गरिदिने भन्दै साहले २ लाख रुपिँया घुस मागेको मध्ये ५० हजार पेश्की र बाँक...
महानिरीक्षकद्वयलाई दज्र्यानी चिह्न प्रदान

महानिरीक्षकद्वयलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ, २९ चैत । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ । गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले महानिरीक्षक खनालद्वयलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो । दुवै प्रहरी संगठनका नवनियुक्त महानिरीक्षकले आजबाटै आफ्नो कार्यभार सम्हाल्नुभएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठ...
अब कम्प्युटरले पढ्नेछ मान्छेको मनको कुरा

अब कम्प्युटरले पढ्नेछ मान्छेको मनको कुरा

काठमाडौं । वैज्ञानिकहरुले एउटा यस्तो कम्प्युटर तयार पार्दैछन् जसले मान्छेको मनको कुरा पढ्न सक्नेछ । तपाइँले नबोलेको वा मनमनै सोँचेको कुरा पनि कम्प्युटरले सुन्न सक्नेछ । अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीका शोधकर्ताहरुले आर्टिफिसियल इन्टेलिजेन्सको आधारमा एउटा यस्तो कम्प्युटर इन्टरफेस बनाएका छन् जसले मानिसको अनुहार पढेकै भरमा मानिसको मनले सोँचेका कुराहरु बताइदिन सक्दछ । यस कम्प्य...
सबै यातायात समिति खारेजीको तयारी, अब यसरी हुन्छ दर्ता

सबै यातायात समिति खारेजीको तयारी, अब यसरी हुन्छ दर्ता

काठमाडौं, २९ चैत । सरकारले यातायात सेवा समितिहरू खारेज गर्ने तयारी थालेको छ । संघसंस्था ऐन, २०३४ अन्तर्गत दर्ता भएका सेवा समितिहरू यातायातमा एकाधिकार (सिन्डिकेट) लाद्न सक्रिय रहेको निष्कर्षसहित सरकारले खारेज गर्न खोजेको हो । गृह मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको अन्त्यदेखि जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएका यातायातसम्बन्धी कुनै पनि सेवा समिति नवीकरण गरिनेछैन । सरकारको कदमबाट ३ सय ५ याता...
कर्णाली रारा पर्यटन वर्ष उद्घाटनका लागि ३९ लाख बजेट

कर्णाली रारा पर्यटन वर्ष उद्घाटनका लागि ३९ लाख बजेट

सुर्खेत, २९ चैत । कर्णाली प्रदेश सरकारले रारा कर्णाली पर्यटन वर्ष २०७५ को उद्घाटन कार्यक्रमका लागि ३९ लाख बजेट विनियोजन गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा बसेको कर्णाली प्रदेश सरकारको चौँथो मन्त्रिपरिषद् बैठकले रारा कर्णाली पर्यटन वर्ष २०७५ को उद्घाटन कार्यक्रमका लागि सो रकम विनियोजन गरेको हो । त्यसैगरी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष उपस्थितिमा मुगुको रारा तालमा बस्ने कर्णाली प्रद...
२०७४ चैत २९ गते बिहीबार/आजको राशिफल

२०७४ चैत २९ गते बिहीबार/आजको राशिफल

वि.सं. २०७४ साल चैत २९ गते। बिहीबार। इश्वी सन् २०१८ अप्रिल १२ तारिख। नेपाल संवत् ११३८ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– एकादशी, ६:३७ बजेउप्रान्त द्वादशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त...
मिस नेपाल टप सेभेनमा पुगेकी धनकुटाकी सायराले जितिन् ‘मिस फ्रेण्डसिप अवार्ड’ (भिडियोसहित)

मिस नेपाल टप सेभेनमा पुगेकी धनकुटाकी सायराले जितिन् ‘मिस फ्रेण्डसिप अवार्ड’ (भिडियोसहित)

काठमाण्डौं, २९ चैत । मिस नेपाल–२०१८ को टप सेभेनमा पुगेकी धनकुटा हिलेकी सायरा लामाले ‘मिस फ्रेण्डसिप अवार्ड’ पाएकी छन् ।हिडेन ट्रेजरको आयोजनामा राजधानीको अन्नपूर्ण होटलमा बुधबार राति सम्पन्न मिस नेपालको ग्रान्ड फिनालेमा लामा टप सेभेनमा पुगेकी हुन् । सोहि अवसरमा बिभिन्न १२ विधामा प्रदान गरिएको टाईटल अवार्ड मध्ये लामाले ‘मिस फ्रेण्डसिप अवार्ड’ जितेकी हुन् । प्रतियोगितामा २५ प्रतियोगि सहभागि थिए । ...
श्रृङ्खला खतिवडा भईन् मिस नेपाल-२०१८

श्रृङ्खला खतिवडा भईन् मिस नेपाल-२०१८

काठमाण्डौं, २८ चैत । श्रृङ्खला खतिवडाले ‘मिस नेपाल २०१८’ को उपाधि जितेकी छिन् । राजधानीको अन्नपूर्ण होटलमा बुधबार राति भएको ग्रान्ड फिनालेमा २४ प्रतिस्पर्धीलाई उछिन्दै हेटौंडाकी २२ बर्षीय खतिवडाले उपाधि जितेकी हुन् । खतिवडाले उपाधि जितेसँगै ‘मिस वल्र्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसरसमेत पाएकी छिन् । उनलाई ‘मिस नेपाल वल्र्ड’ निकिता चण्डकले क्राउन पहिराएकी छन् । ग्रान्ड फिनालेमा २० देखि २४ ब...
एनसेलले ल्यायो ‘सही’ डेटा प्याक

एनसेलले ल्यायो ‘सही’ डेटा प्याक

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले ‘फ्यूल योर फन’ योजना अन्तर्गत आफ्ना ग्राहकका लागि अल टाइम डेटा प्याकलाई थप सुलभ बनाउँदै ‘सही’ डटा प्याक ल्याएको छ । यस नयाँ ‘सही’डेटा प्याकमा ग्राहकले विद्यमान अल टाइम डेटा प्याकभन्दा १० गुणा बढि डेटा प्राप्त गरी थप सुलभ दरमा चौबिसै घण्टा ईन्टरनेटमा पहुँचका साथै बोनस स्वरुप दैनिक एक घण्टा निःशुल्क भिडियो स्ट्रिमिङको मजा पनि लिन सक्नेछन् । ‘सही’ डेटा प्याक यह...
तय गरियो राष्ट्रिय पत्रकारिता दिवसको नारा

तय गरियो राष्ट्रिय पत्रकारिता दिवसको नारा

काठमाडौँ, २८ चैत । राष्ट्रिय पत्रकारिता दिवसको यस वर्षको नारा ‘समृद्धि र सुशासनका लागि आमसञ्चारको अभियान’ तय गरिएको छ । ‘तेस्रो राष्ट्रिय पत्रकारिता दिवस’ मनाउने सन्दर्भमा गठित मूल समारोह समितिको सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज बसेको बैठकले सो नारा तय गरेको हो । आगामी वैशाख २४ गते पत्रकारिता दिवस मनाउन सञ्चार राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाको संयोजकत्वमा मूल समारोह सम...
पाँचथर गोल्डकप : विर्ता युनाइटेड झापा सेमिफाइनलमा

पाँचथर गोल्डकप : विर्ता युनाइटेड झापा सेमिफाइनलमा

पाँचथर, २८ चैत । पाँचथर सदरमुकाम फिदिममा जारी दोस्रो वाइवाइ पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन विर्ता युनाइटेड झापा विजयी बन्दै सेमिफाइलनमा प्रवेश गरेको छ । फिदिम माविको खेल मैदानमा आज सम्पन्न खेलमा ४–२ गोल अन्तरले हेटौँडालाई हराउँदै झापाले अन्तिम चारको यात्रा तय गरेको हो । झापाको जितमा पुष्प मादेनले खेलको २० औँ ६७ औँ र ७७ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । यस्तै नवय...
error: Content is protected !!