नाम ‘संघीय गणतन्त्र’, मुद्दा छिन्ने शैली ‘पञ्चायती’
लहान, ८ कात्तिक । नरहा गाउँपालिकाको न्यायिक समितिमा ५० वटा मुद्दा छन् जसमध्ये १० वटा मद्दा छिनोफानो भइसकेको छ। न्याय निरूपण गर्ने यो संरचना नयाँ भए पनि शैली भने पुरानै छ।
गाउँघरमा वर्षौंदेखि हुँदै आएको ‘पञ्चायती’ पारामै मुद्दा छिनोफानो गरिँदै आएको छ। गाउँका अगुवा, पक्षविपक्ष र न्यायिक समितिका पदाधिकारी बसेर दुवै पक्षका कुरा सुनेर सहमतिमा मुद्दा टुंग्याउने गरिएको छ।
न्यायिक समितिलाई बजेट नछुट्याइ...






























