काठमाडौँ, ८ कात्तिक । एक व्यवसायीकाे अश्लिल भिडियो खिची डर धम्की देखाई एक करोड रुपैयाँ असुल गर्न खाेज्ने दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोरखा पालुङटार–८ का ३१ वर्षीय वद्रीनाथ लामिछाने, पाँचथर हिलिहाङ–४ की हाल काठमाण्डौ सामाखुसी बस्दै आएकी २५ वर्षीया ईन्दिरा उप्रेती रहेका छन् ।
धम्की देखाईरहेको सूचनाका आधारमा वद्रीनाथलाई मंगलबार साँझ गौशालाबाट र ईन्दिरालाई बुधबार दिउँसो टेकुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी ईन्दिराले ललितपुर कुपण्डोलका व्यवसायीलाई सुरुमा फेसबुकमा निशा अधिकारी नामबाट साथी बनी उक्त व्यवसायीसंग कुरा गर्दै जाँदा काम छ भनी उनको नम्बर मागेकी थिईन् ।
उनी नम्बर पाउनासाथ गत असार ३ गते अफिसमा भेट्न गई आफ्नो घर झापा बुधवारे र नाम ईन्दु बताउदै व्यवसायीले थाहा नपाउने गरि मोबाईलको क्यामेरा खुल्ला राखी आफूले अंगालो मारी चुम्बन समेत गरेको रेकर्ड गरि फर्किएकी हुन् ।,अाजकाे नेपाल समाचारपत्रमा खबर छ ।
ईन्दिरा त्यहाँबाट गएपछि गणेश लामाको नाम बताउदै एक व्यक्तिले निज व्यवसायीलाई इमो मार्फत फोन गरि सो भिडियोको रेकर्ड आफूसँग रहेको भन्दै एक करोड रुपैया रकम माग गरेका थिए । यदि पैसा नदिए यूट्युब तथा फेसबुकमा राखिदने बताउँदै धम्काएका थिए ।