यस्तो छ विश्वकै लामो समुद्री पुल, के छ पुलको विशेषता ?
काठमाडौ, ७ कात्तिक । विश्वकै सबैभन्दा लामो समुद्री पुल औपचारिक रूपमा बुधबारबाट प्रयोगमा आउने भएको छ । चीनका राष्ट्रपति सी जिनपिङले मंगलबार उद्घाटन गरेसँगै त्यसको औपचारिक रूपमा प्रयोगमा आउने भएको हो । पुल निर्माण सुरु गरेको नौ वर्षपछि सञ्चालन हुने भएको हो ।
सडकको पहुचसँगै सो पुल ५५ किलोमिटर फैलिएको छ । पुलले हङकङदेखि मकाउ र चीनको झाउहाई सहरलाई जोड्छ । पुल निर्माण गर्न २० अर्ब डलर खर्च ...































