गुगलले यौन उत्पीडनको आरोपमा ४८ जनालाई जागिरबाट निकाल्यो
काठमाडौँ, ९ कात्तिक । गुगल कम्पनीले आफ्नो १३ वरिष्ठ म्यानेजरसहित कूल ४८ जनालाई जागिरबाट निकालेको छ । यी सबैमाथि पछिल्लो दुई वर्षमा यौन उत्पीडन गरेको आरोप लागेको थियो ।
गुगलका मुख्य कार्यकारी अधिकारी सुन्दर पिचईले आफ्ना कर्मचारीको नाम जारी गरिएको एक पत्रमा उनको कम्पनीले दुर्व्यवहारको आरोप लागेका कर्मचारीमाथि यस्तो कडा निर्णय लिएको बताएका छन् ।
वास्तवमा, यो पत्र न्यूयोर्क टाइम्सको त्यो रिपोर्टको...






























